• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • July 13th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
स्वास्थ्य सुझाब

गर्मीमा छालाको चिन्ता छ? यसो गर्नुस्

May 2nd, 2018 स्वास्थ्य सुझाब 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
गर्मीमा छालाको चिन्ता छ? यसो गर्नुस्

काठमाडौ, १९ बैशाखः गर्मी बढेसँगै तपाईंलाई आफ्नो स्वास्थ्यको मात्र नभएर अनुहारको चिन्ताले पनि सताउन थाल्छ । गर्मीमा विभिन्न समस्याहरु देखिने हुदा अनुहारसँग सम्बन्धित चिन्तित हुनु स्वभाविक नै हो । छाला चिल्लो हुने, विमिरा आउने, डन्डिफोर आउने, चाया पर्ने जस्ता समस्या गर्मी मौसमका कमन समस्या हुन । गर्मी मौसममा अनुहार चम्किलो बनाइ राख्न र छालालाई मुलायम बनाइ राख्नका लागि छालालाई पोषणको बढी आवश्यक्ता हुन्छ । घरमै बनाइएको काक्रोको फेश प्याक, गोलभेँडाको रस, बेसार, बेसन, दही र कागतीको रसले बनाइएको फेस प्याक तपाईँको छालाको लागि सबैभन्दा उत्तम हुन्छ ।
यसले तपाईँको छालामा निखार आउनुका साथै चम्किलो पनि बनाइ राख्नमा मद्दत गर्छ । तरभुज, काक्रो, स्ट्रोबेरी र आलूको प्रयोगले घर बसेरै फेशियल गर्न सकिन्छ । यि सबै सामानलको प्रयोगले तपाईँको अनुहारमा ताजगीको अनुभव हुनुका साथै छालालाई स्वस्थ राख्ने काम गर्छ । गोलभेँडा फेश प्याक गोलभेँडाको रस छालामा भएको सनवर्नलाई हटाउनमा धेरै नै मद्दत गर्छ । यसले छालालाई कोमल, चम्किलो बनाउनुका साथै रंग पनि सफा गर्छ । गोलभेँडालाई कपालमा पनि प्रयोग गर्न सकिन्छ । यसले कपालमा चमक ल्याउनुका साथै घामबाट पनि सुरक्षा प्रदान गर्छ । छालालाई हानिकारक पाराबैगनी किरणबाट जोगाइ राख्नका लागि गर्मीको समयमा विशेष ध्यान दिनुपर्छ ।
कागती फेश प्याक एउटा कागतीलाई दुई टुक्रा बनाएर काट्ने । आधा टुक्रालाई अनुहारमा गोलकार रुपले घुमाउँदै मल्ने । कम्तिमा पाँच मिनेट सम्म यो अभ्यास गर्नुपर्छ, त्यसपछि चिसो पानीले अनुहार धुने । कागतीको रस भिटामिन सी ले भरपूर हुन्छ । जसले छालाको कालो रंगलाई गोरो बनाउँछ ।
साथै दही र बेसारको पेस्ट पनि प्रयोग गर्न सकिन्छ । काक्रोको ओभरनाइट फेश प्याक काक्रोको फेस प्याक बनाउनका लागि सबैभन्दा पहिले मिक्सरमा काक्रोको रस निकाल्ने । त्यसपछि काक्रोको रसमा गुलाब जल र ग्लिसिरीन समान मात्रामा मिसाउने । पेस्टलाई धेरै पतलाो नबनाई बाक्लो नै रहन दिने । अब उक्त पेस्टलाईँ राति सुत्नु भन्दा पहिले अनुहारमा लगाउने र रातभरि रहन दिने । बिहान उठेर सफा पानीले अनुहार धुने र हातले थपथपाएर सुकाउने । केही दिन मै तपाईँले आफ्नो अनुहारको रंगमा धेरै नै परिवर्तन भएको अनुभव गर्न सक्नु हुने छ । घ्यूकुमारी, काक्रो र चन्दनले बनेको फेस प्याक प्रयोग गर्नाले छालमा भएको कालोपना हटाई चम्किलो बनाउँछ ।
एजेन्सी

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article सन् २०३० भित्र संसारबाटै रेबिज उन्मूलन गर्ने प्रतिबद्धता
Next article डब्लूएचओद्वारा नेपालसँगको पाँच वर्षे रणनीति सार्वजनिक

Health Today Nepal

Related Posts

हातखुट्टा मर्किए के गर्ने ?

हातखुट्टा मर्किए के गर्ने ?

हाँस्दा स्वास्थ्यलाई फाइदा

हाँस्दा स्वास्थ्यलाई फाइदा

चिसोबाट यसरी जोगाउनुस् छाला

चिसोबाट यसरी जोगाउनुस् छाला

Leave a Reply Cancel reply

Timeline
Jul 12th 11:22 AM
समाचार

भक्तपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

Jul 12th 8:13 AM
समाचार

नेपाली हेल्थका प्रधान सम्पादक न्यौपानेलाई ब्लोदानको सम्मान

Jul 8th 9:00 AM
समाचार

मंगलबार पनि आकस्मिक बाहेकको उपचार ठप्प, चिकित्सक सडकमा

Jul 5th 8:43 AM
समाचार

चिकित्सक संघले सोमबार आकस्मिक बाहेकका सबै सेवा बन्द गर्ने

Jul 5th 8:15 AM
समाचार

नेपाल आयुर्वेद चिकित्सक संघले मनायो २८ औं बार्षिकोत्सब

Jul 1st 12:16 PM
समाचार

अब देशका ७५३ वटै पालिकामा पुग्ने भयो आयुर्वेद सेवा

Jun 30th 10:11 AM
समाचार

सुर्तीजन्य पदार्थ नियन्त्रणका सबैको सहकार्य आवश्यक

Jun 29th 9:37 AM
समाचार

स्वास्थ्य मन्त्री पौडेलको वीर अस्पतालमा उपचार हुँदै

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131672
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

27
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

28
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

30
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
नमराज भट्ट
सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315, 9848851122

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web