• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • February 1st, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

स्वास्थ्य चौकीको सामान्य देखि जटिल पक्षमा सुधार गर्नुपर्ने

June 14th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
स्वास्थ्य चौकीको सामान्य देखि जटिल पक्षमा सुधार गर्नुपर्ने

रामहरि न्यौपाने,
नुवाकोट, ३१ जेठः नुवाकोटका धेरै स्वास्थ्य चौकीले प्रवाह गर्ने सेवामा निकै सुधार गर्नुपर्ने देखिएको । जिल्ला जनस्वास्थ्य कार्यालयको सहयोगमा सामुदायिक विकास केन्द्रले गरेको विभिन्न ३५ वटा स्वास्थ्य चौकीको सामाजिक परीक्षण प्रतिवेदन अनुसार ती स्वास्थ्य चौकीका धेरै पक्षमा सुधार गर्नुपर्ने सुझाव सहितको प्रतिवेदन सार्वजनिक भएको हो ।
गत आर्थिक वर्षमा अध्ययन गरिएका ३० वटा र यो आर्थिक वर्षमा थप भएका पाँच स्वास्थ्य संस्थामा अध्ययन भएकामा तलाखु स्वास्थ्य चौकी बाहेक बाँकी स्वास्थ्य चौकीको सेवामा व्यापक सुधार गर्नुपर्ने पाइएको सामाजिक परीक्षक अमित गजुरेलले बताउनुभएको छ ।
स्थलगत अध्ययन, प्रश्नावली, सामूहिक छलफल लगायतका आधारमा तयार गरेको प्रतिवेदनमा गत वर्षको परीक्षणमा देखिएका त्रुटि सुधार गर्न दिएको सुझाव समेत अझै कार्यान्वयन नभएको गजुरेलले बताउदै यस वर्षको अध्ययनमा स्वास्थ्य चौकीको अवस्था पनि सामान्य देखि जटिलसम्मका पक्षमा समेत सुधार गर्नुपर्ने देखिएको जानकारी दिनुभयो ।
उहाँका अनुसार परीक्षणका क्रममा गत वर्षका प्रतिबद्धता जनाएका स्वास्थ्य संस्थाले यस वर्षसम्म पनि पूरा नगरेको, नागरिक वडापत्र नभएको, खानेपानीको अभाव, बर्थिङ सेन्टर सञ्चालन भए पनि प्रभावकारी नभएको, सुझाव पेटिका नराखिएको, व्यवस्थापन समितिको बैठक नियमित नबसेको, निःशुल्क वितरण हुने ३८ प्रकारका औषधिमा आधा पनि नभएको, स्वास्थ्य संस्था भित्रै बधशाला सञ्चालन हुने गरेको, बिहान १० देखि ५ बजेसम्म सञ्चालन हुनुपर्नेमा २ बजे नै बन्द गर्ने गरिएको लगायतका त्रुटि पाइएको छ । उक्त प्रतिवेदन कार्यान्वयनका लागि स्वास्थ्य सम्बन्धी सामाजिक परीक्षण समितिका संयोजक एवम् जिल्ला समन्वय समितिका प्रमुख सन्तमान तामाङ समक्ष बुझाइएको थियो ।

प्रतिवेदन निर्माणका क्रममा गरिएको अध्ययनले सामरी स्वास्थ्य चौकी १० देखि ५ बजेसम्म सञ्चालनमा आएको, तुप्चे स्वास्थ्य चौकीमा अहेब रिक्त र समुन्द्रटार स्वास्थ्य चौकीमा अनमी स्थानीय तहले नियुक्ति गरेको, ककनी स्वास्थ्य चौकीमा विद्युतीय हाजिर शुरु भएको उल्लेख छ । प्रतिवेदनमा औँल्याइएका पक्षलाई सुधार गर्न समन्वय गर्ने समितिका संयोजक एवं जिसस प्रमुख तामाङले बताउनुभयो ।
प्रतिवेदनमा तलाखु स्वास्थ्य चौकीको सेवा भने उत्कृष्ट रहेको उल्लेख छ । जिल्लाको दुर्गम क्षेत्रमा पर्ने स्वास्थ्य चौकी भएर पनि त्यहाँबाट १० देखि ५ बजेसम्म सेवा प्रवाह भएको, पुनः निर्माण हुन बाँकी भएकाले जस्ताको भवनमा सञ्चालन भए पनि बिरामी तथा सुत्केरी जाँच गर्ने छुट्टै कोठा रहेको, टेलिफोनबाट समेत सेवा दिने गरेको र सुत्केरीलाई घरमै भेट्न स्वास्थ्यकर्मी पुग्ने गरेको उल्लेख छ । नुवाकोटमा ६४ वटा स्वास्थ्य चौकीमध्ये ‘नमूनाको आधार’मा यो आवमा ३५ वटाको सामाजिक परीक्षण गरिएको जनस्वास्थ्य अधिकृत वसन्त अधिकारीले जानकारी दिनुभयो ।
रासस

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article गाउँपालिकामा १५ शय्याको अस्पताल निमार्ण गरिने
Next article दाङमा घुम्ती शिविर–एक हजार बढीले पाए सेवा

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jan 15th 2:35 PM
अन्तर्वार्ता

सुस्वास्थ्य अस्पतालले स्थापनाको एक दशक १८ हजारलाई दियो सेवा

Jan 15th 3:53 AM
स्वास्थ्य विशेष

एन्टिमाइक्रोबियल रेसिस्टेन्स: नेपालका लागि बढ्दो स्वास्थ्य चुनौती

Dec 25th 3:43 PM
समाचार

चिकित्सक संघको नेतृत्वका लागि डा. बद्री रिजालको टीमद्वारा ६ बुदे प्रतिवद्धता सार्वजनिक

Dec 21st 4:22 PM
समाचार

५० हजारको ध्यान अभ्याससँगै आर्ट अफ लिभिङ नेपालले मनायो विश्व ध्यान दिवस

Dec 13th 2:27 PM
अन्तर्वार्ता

सुर्तीजन्य पदार्थ नियन्त्रणमा सरकारी संयन्त्रबीच समन्वय अभाव रहेको सरोकारवालाको जोड

Nov 23rd 5:10 AM
अन्तर्वार्ता

डा. कल्पनाकुमारी श्रेष्ठले सम्हालिन् शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको निर्देशक पद

Nov 23rd 4:58 AM
अन्तर्वार्ता

नेपालमा विश्व अकुपंचर दिवस मनाइयो

Nov 21st 11:14 AM
अन्तर्वार्ता

नेपाल मेडिकल काउन्सिलमा डा. बुढाथोकी र डा. झाको नियुक्ति

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132383
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

34
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

42
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

35
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web