• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • June 23rd, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

३०० ले लिए योग र स्वस्थ जीवनका बारेमा तीन दिने प्रशिक्षण

June 20th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
३०० ले लिए योग र स्वस्थ जीवनका बारेमा तीन दिने प्रशिक्षण

बुटवल, ६ असारः रुपन्देहीको ग्रामीण क्षेत्र मर्चवारमा योग तथा स्वस्थ जीवन कार्यक्रम सम्पन्न गरिएको छ ।
कोटहीमाई गाउँपालिका–५ मर्चवारमा गरिएको कार्यक्रममा स्वस्थ जीवनका लागि योग तथा आयुर्वेदको महत्वको बारेमा जानकारी गराइएको थियो । कार्यक्रममा स्थानीय बासिन्दा, विद्यालयका शिक्षक विद्यार्थी गरी ३०० जनालाई योग र स्वस्थ जीवन र नसर्ने रोगबाट बच्ने उपायका बारेमा तीन दिनसम्म प्रशिक्षण दिइएको थियो ।
लुम्बिनी अञ्चल आयुर्वेद योग शाखा संयोजक तथा पतञ्जली योग समिति, लुम्बिनीका वरिष्ठ योग प्रशिक्षक विष्णुहरि आचार्यले बढ्दो शहरीकरण र अव्यवस्थित जीवनशैलीका कारण उच्च रक्तचाप, मधुमेह, दम, क्यान्सर जस्ता नसर्ने रोग अहिले चुनौतीका रुपमा रहेकाले ती रोगबाट बच्नका लागि अपनाउनुपर्ने जीवनशैलीका बारेमा कार्यक्रममा जानकारी गराउनुभयो । जीवनशैली व्यवस्थापन गर्नुपर्ने भन्दै त्यसका लागि उचित आहार विहार, व्यवहार र विचारले नसर्ने रोगलाई न्यूनीकरण गर्न सकिने समेत उहाँले बताउनुभयो ।
आयुर्वेद शाखा प्रमुख रवीन्द्रप्रसाद मिश्रले ग्रामीण क्षेत्रमा पनि स्वास्थ्य क्षेत्रका समस्या बढ्दो रहेको भन्दै स्वस्थ जीवनका लागि सरसफाइदेखि योग, जीवनशैलीको महत्व बढी हुने धारणा राख्नुभएको थियो ।
तीनदिने कार्यक्रमको मंगलबार समापन समारोहमा बोल्दै गाउँपालिकाका अध्यक्ष चन्द्रभूषण यादवले स्वास्थ्य क्षेत्रलाई आफूले महत्व दिने उल्लेख गर्दै वार्षिकरुपमा तीनपटक यस किसिमका कार्यक्रम सञ्चालन गरी चेतना विस्तार गरिने बताउनुभयो ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद घिमिरेले स्वस्थ जीवनका लागि योगको महत्व बढी हुने भन्दै अनुशासनमा ध्यान दिनुपर्ने बताउनुभयो । शुद्धोधन गाउँपालिका आयुर्वेद शाखाका प्रमुख प्राम्सु ढकालले योगका बारेमा सहजीकरण गर्नुभएको थियो । योग प्रशिक्षणमा गाउँपालिकाका पदाधिकारी लगायतका जनप्रतिनिधि, दलका स्थानीय नेता कार्यकर्ता तथा सुरक्षाकर्मीको समेत सहभागिता रहेको थियो ।
रासस

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article ‘स्वस्थ नगरवासीःस्वस्थ नगर’–नीति तथा कार्यक्रम
Next article ६ गाउँपालिकामा आइरन चक्की निरन्तर खुवाइने

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jun 22nd 12:14 PM
समाचार

स्वास्थ्य बीमा बोर्डद्वारा ३६४ अस्पताललाई २ अर्ब रुपैयाँ भुक्तानी

Jun 18th 12:50 PM
समाचार

देशभर रेबिज खोपको अभाव, अस्पतालमा बढे बिरामी

Jun 13th 3:23 PM
स्वास्थ्य विशेष

मधुमेहको समस्या भएकाहरुले के गर्ने, के नगर्ने ?

Jun 13th 3:15 PM
समाचार

नेपाल आँखा अस्पतालमा आइतबार पनि सेवा

May 28th 2:25 AM
समाचार

सुर्तीजन्य पदार्थमा उच्च दरमा कर बढाउन एक्सन नेपालको माग

May 15th 7:41 AM
समाचार

इलाममा बर्ड फ्लु नियन्त्रणका लागि लगाइएको प्रतिबन्ध हट्यो

Apr 24th 1:08 PM
समाचार

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको १४ औं वार्षिक उत्सव सम्पन्न

Apr 24th 11:03 AM
लेखविचार

सहरिकरणले बढायो मधुमेह

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133133
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

41
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

25
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

31
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web