• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • July 7th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

१२९ औं वर्षमा वीर अस्पताल, सेवा सुविधा थपिदै

July 28th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
१२९ औं वर्षमा वीर अस्पताल, सेवा सुविधा थपिदै

हेल्थ टुडे,

काठमाडौं, १२ साउन : वीर अस्पताल आजबाट १२९ औं वर्षमा प्रवेश गरेको छ । देशकै ठूलो र पुरानो यो सरकारी अस्पतालले कयौं आरोव अवरोह पारगर्दै अहिलेको अवस्थामा आईपुगेको हो । सर्वसाधारण जनताका लागि भनेर  श्री ३ वीर शमशेरले १९४६ साल साउन १२ गते सर्वसाधारणका लागि वीर अस्पतालको स्थापना गरेका थिए । देशका सबै जिल्लाबाट उपचारका लागि आउने विरामीलाई सक्दो सेवा दिइरहेको वीर अस्पतालले पछिल्ला वर्ष सेवा सुविधा बढाउदै गइरहेको छ । ६ सय बेडको अत्याधुनिक अस्पताल भवन निर्माणसमेत शुरु भएको अस्पतालका निर्देशक डा. भुपेन्द्र बस्नेतले बताए । आफु निर्देशक भएपछि अत्याधुनिक प्रविधि  विस्तार तथा सेवा पनि विस्तार भएको र वीरमा छाती, बाथ रोग र हेमाटोलोजीसम्बन्धी विशेषज्ञ सेवा शुरु भएको उनले बताए ।

उनका अनुसार इमर्जेन्सी विस्तार कार्य भइरहेको छ भने इमजेन्सीलाई पेपरलेस बनाउने प्रक्रिया पनि अगाडि बढेको छ । रक्तक्यान्सर सेवा, क्यान्सर स्क्यानिङ सेवा, २४ घण्टा नै हेमोडाइलाइसिस सेवा र एचाईभी तथा हेपाटाइटिस पोजेटिभ बिरामीको पनि डाइलोसिस सेवा शुरु भएको बस्नेतले जानकारी दिए । पछिल्लो समय वीर अस्पतालको टिकट काउन्टरलाई डिजिटलाइज गराइएको छ भने रिफर भएर आउने बिरामीको लागि छुट्टै विशेषज्ञ टिकटको व्यवस्था पनि गरिएको छ । दुईवटा सिटीस्क्यान मेसिन जडान भइसकेको छ । त्यस्तै एमआरआई सेवा सञ्चालनमा आएको छ । एबीजी सेवा, इमर्जेन्सीमा अत्याधुनिक मेसिन जडान भएको  अस्पतालले जनाएको छ । नेपालमा नै नभएको ग्याँस्टो.मेडिसिनको एलास्ट्रोग्राफी, आन्द्रा तथा खाना नलीको रोग पत्ता लगाउने म्यामोम्याट्री, कलेजोको कडापन पत्ता लगाउने फाइब्रोस्क्यान, फोक्सोमा मेसिन घुसाएर भिडियो एक्सरे गर्ने इबस सेवा पनि वीरमा शुरु भएका छन् ।

 

त्यसैगरी वीरले क्यान्सर रेडियसन थेरापीका लागि अत्याधुनिक कोबाल्ट मेसिन खरिद प्रक्रिया अगाडि बढाएको अस्पतालले जनाएको छ । मुलुकभर स्वास्थ्य बीमा लागू भएसँगै वीरले पनि स्वस्थ्य वीमा सेवा लागू गरेको छ । वीरले आफ्नै अत्याधुनिक २४ घण्टे औषधि पसल पनि शुरु गरेको छ । वीर अस्पतालको इमर्जेन्सी कक्षको अगाडि पुरानो नर्सिङ क्याम्पस भएको स्थानमा १७ रोपनी जग्गामा ६५० शैयाको अन्तराष्टिय मापदण्डको भवन निर्माण शुरु भइसकेको छ भने भक्तपुरको दुवाकोटमा रहेको ५७० रोपनी जग्गामा १००० शैयाको अस्पताल निर्माणका लागि प्रक्रिया अगाडि बढेको छ ।

जापान सरकारको सहयोगमा पुरानो आईसीयू पछाडि अत्याधुनिक सेवा प्रदान गर्नका लागि १०० शैयाको छ्ट्टै भवन निर्माण भइरहेको छ । उक्त निर्माण कार्यको ४० प्रतिशत काम समाप्त भएको छ । उक्त भवनमा ३०–४० वेडको आईसीयू निर्माण हुने हुँदा आईसीयूको समस्या केही हदसम्म भए पनि कम हुने देखिन्छ ।

आर्थिक वर्ष ०७२÷०७३ मा तीन लाख १० हजार एक सय छ विरामीले वीरबाट उपचार सेवा पाएकोमा ०७३÷०७४ तीन लाख ८३ हजार छ सय ८३ विरामीले सेवा पाएका थिए । त्यसैगरी गएको आर्थिक वर्ष २०७४÷०७५ मा भने वीरबाट चार लाख एक हजार दुई सय नौ जनाले उपचार सेवा पाएको अस्पतालले जानकारी दिएको छ ।

 

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article चिकित्सा शिक्षा विधेयक, २०७५ संसदमा प्रस्तुत
Next article नेपालमा पहिलोपटक भित्रियो गुणस्तर मापन प्रविधि

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jul 5th 8:43 AM
समाचार

चिकित्सक संघले सोमबार आकस्मिक बाहेकका सबै सेवा बन्द गर्ने

Jul 5th 8:15 AM
समाचार

नेपाल आयुर्वेद चिकित्सक संघले मनायो २८ औं बार्षिकोत्सब

Jul 1st 12:16 PM
समाचार

अब देशका ७५३ वटै पालिकामा पुग्ने भयो आयुर्वेद सेवा

Jun 30th 10:11 AM
समाचार

सुर्तीजन्य पदार्थ नियन्त्रणका सबैको सहकार्य आवश्यक

Jun 29th 9:37 AM
समाचार

स्वास्थ्य मन्त्री पौडेलको वीर अस्पतालमा उपचार हुँदै

Jun 27th 3:11 AM
समाचार

स्वास्थ्य अनुसन्धान र खोज पत्रकारिता सम्बन्धी कार्यशाला सम्पन्न

Jun 23rd 5:02 PM
समाचार

वर्षौंपछि स्वास्थ्य क्षेत्रमा ५ वर्षमा १२ हजार जनशक्ति थप्ने प्रक्रिया थालेका छौं : स्वास्थ्य मन्त्री पौडेल

Jun 23rd 4:55 PM
समाचार

सुदर्शन देवकोटा स्मृति स्वास्थ्य पत्रकारिता पुरस्कार गोराखपत्रका स्वास्थ्य पत्रकार ढुङ्गेललाई

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131649
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

18
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

19
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

24
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
नमराज भट्ट
सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315, 9848851122

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web