• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • February 13th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

वर्षायाम लागेसंगै विरामी चाप बढ्यो

August 17th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
वर्षायाम लागेसंगै विरामी चाप बढ्यो

उदयपुर, १ भदौः केहीदिनयता उदयपुर अस्पतालमा विरामीको चाप अत्याधिक बढेको छ । पछिल्लो समय वर्षायाम लागेपछि स्थानीयमा रुघाखोकी, झाडापखाला र भाईरल ज्वरोका विरामी बढेर अस्पताल बिरामीको चाप बढेको हो ।
विरामीको चापले अस्पतालमा शैयाको समेत अभाव भएको छ । ५० शैयाका क्षमता रहेको अस्पतालमा विरामीहरुलाई भुईमा सुताएर उपचार गराउनु परिरहेको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. पवनकुमार शाहले बताउनुभयो । विरामीको चाप बढ्दा अस्पतालमा जनशक्तिको समेत अभाव भएको छ ।
डा.शाहका अनुसार उपचार गर्न आउनेमा खासगरी बालबालिका र बृद्धबृद्धाहरु बढी संख्यामा रहेका छन् । बालबालिकालाई निमोनिया, भाईरल ज्वरो र वयस्कहरुलाई भाईरल, पेट दुख्ने, आउँ पर्ने, ज्वरो आउने र झाडापखाला जस्ता समस्याहर देखा परेको बताउनुभयो । दैनिक १ सय ५० जनाको हाराहारी विरामी आउने गरेको अस्पताल श्रोतले बताएको छ ।
५० शैयाको जिल्ला अस्पताल दक्ष जनशक्ति अभावमा विगत १ वर्षयता ‘रेफर सेन्टर’ को रुपमा परिणत भईसकेको थियो । सरकारले राम्रा डा. नपठाउने र पठाइएकाहरु पनि बस्न नमानेर अन्यत्र सरुवा लिएर जाने गरेका कारण जिल्ला अस्पताल उपस्वास्थ्य चौकीसरह भएको जनगुनासो बढिरहेको अस्पतालले ३ महिनायता सेवामा सुधार गर्न थालेको हो ।
प्रभावकारी सेवा दिन नसकेको व्यापक जनगुनासो आईरहेका बेला डा. शाह निमित्त मेडिकल सुपरिटेन्डेनका रुपमा सरुवा भएर आएपछि जिल्ला अस्पतालमा पनि उपचार पाउने जनविश्वास बढ्दै गएको बताउनुहुन्छ ।
१ वर्षअघिका निमित्त मेसु डा. फणिन्द्रमणि बरालले अञ्चल अस्पतालजत्तिको सेवा दिन थालेपछि विरामीको चाप बढेको थियो । हाईड्रोसिल, हर्निया र एपेन्डीसाईटिस सम्मको सल्यक्रिया आफै गर्ने डा. बराललाई केही स्वास्थ्य माफियाले खेदो लगाएपछि जिल्ला अस्पताल उपस्वास्थ्य चौकीभन्दा गएगुज्रेको अवस्थामा पुगेको थियो । करिब ६ महिना विरामी विहीन बन्न पुगेको अस्पतालमा डा. साहको आगमनपछि अस्पताल तङ्ग्रिन थालेको हो। मरिसकेको अस्पताल डा. साह आएपछि ‘पिकअप’ लिदै गएको अस्पतालकै स्वास्थ्यकर्मी बताउँछन् । अस्पतालबाट प्रभावकारी सेवा दिन चाहे पनि धेरै अप्ठ्याराहरु रहेको डा. साह बताउँछन् ।
५० शैयाको स्वीकृत अस्पतालमा इमरजेन्सीमा ७, प्रसुति १० र जेनेरल वार्ड २४ वटा गरी जम्माजम्मी ४१ वटा मात्र बेड रहेकाले आवश्यक बेडकै अभाव रहेको उनले बताए। त्यस्तै १० जना विशेषज्ञ डा. को स्वीकृत दरबन्दी भएपनि जनशक्ति अभावले सीमित एमबिबिएसको सहयोगमा सेवा सुचारु गर्नुपर्ने बाध्यता रहेको साहको भनाइ छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article मुलुकी अपराध (संहिता) ऐन २०७४ लागू–यस्तो छ गर्भपतन सम्बन्धी ब्यवस्था
Next article संसदमा राष्ट्रिय चिकित्सा शिक्षा विधेयकका सम्बन्धमा डा केसीसँग छलफल गर्ने

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Feb 12th 9:40 AM
समाचार

पुर्व महासचिव मुडभरीले बुझाए नेपाली कांग्रेसले घोषणापत्रमा समेटनु पर्ने स्वास्थ्य क्षेत्रका ४१ बुदे सुझाव

Feb 11th 4:28 PM
समाचार

दशौं नेपाल फर्मा एक्स्पो फागुन २८ देखि ३० सम्म काठमाडौंमा हुने

Feb 9th 9:36 AM
समाचार

मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयबाट पहिलो ब्याचका स्नातक दीक्षित

Jan 15th 2:35 PM
अन्तर्वार्ता

सुस्वास्थ्य अस्पतालले स्थापनाको एक दशक १८ हजारलाई दियो सेवा

Jan 15th 3:53 AM
स्वास्थ्य विशेष

एन्टिमाइक्रोबियल रेसिस्टेन्स: नेपालका लागि बढ्दो स्वास्थ्य चुनौती

Dec 25th 3:43 PM
समाचार

चिकित्सक संघको नेतृत्वका लागि डा. बद्री रिजालको टीमद्वारा ६ बुदे प्रतिवद्धता सार्वजनिक

Dec 21st 4:22 PM
समाचार

५० हजारको ध्यान अभ्याससँगै आर्ट अफ लिभिङ नेपालले मनायो विश्व ध्यान दिवस

Dec 13th 2:27 PM
अन्तर्वार्ता

सुर्तीजन्य पदार्थ नियन्त्रणमा सरकारी संयन्त्रबीच समन्वय अभाव रहेको सरोकारवालाको जोड

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132453
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

33
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

27
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

24
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web