• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • September 18th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

२८ प्रतिशत बालबालिका र १८ प्रतिशत किशोरीमा  सुक्ष्मपोषण तत्व आइरनको कमी

August 29th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
२८ प्रतिशत बालबालिका र १८ प्रतिशत किशोरीमा  सुक्ष्मपोषण तत्व आइरनको कमी

हेल्थ टुडे,

 काठमाडौं, १३ भदौ : नेपालका २१ प्रतिशत बालबालिकामा जिन्क नामक पोषण तत्वको कमी देखिएको छ । स्वास्थ्य मन्त्रालयको नेतृत्वमा युनिसेफ, युएसआइडी, सिडिसी, युरोपियन युनियन र न्यु एराले गरेको ‘नेपाल राष्ट्रिय सुक्ष्म पोषण तत्व सर्वेक्षण’ सर्वेक्षणले यस्तो देखाएको हो ।  ७३ जिल्लाका १८० का ४ हजार ३ सय २० घरधुरीका १२ हजार ५ सय १२ महिला, किशोरकिशोरी तथा बालबालिकामा सर्वेक्षण गरिएको हो । पोषण तत्वको कमिले बालबालिकामा पुड्कोपन र विभिन्न रोग लाग्ने सम्भावना बढी रहने गरेको छ । यसैगरी एक चौथाई प्रजनन उमेरका महिलामा पनि यही समस्या देखिएकोे  यस्तो देखाएको छ ।

बुधबार राजधानीमा सार्वजनिक गरिएको सर्वेक्षणमा २० प्रतिशत बालबालिका र ४० प्रतिशत प्रजनन उमेरका महिलामा हेलिब्याक्टर पाइलरी भाइरस देखिएको छ । यो भाइरसका कारण पेट दुख्ने, वाकवाकी आउला जस्तो महशुस हुने र ग्यास्ट्राइटिस हुने समस्या आउछन् ।  हरेक ५ मा १ बालबालिका, किशोरी र प्रौढ महिलाहरुमा रक्त अल्पताको समस्या रहेको सर्वेक्षणले देखाएको छ । २७ प्रतिशत गर्भवती महिलामा रक्तअल्पताको समस्या रहेको छ भने २८ प्रतिशत बालबालिका, १८ प्रतिशत किशोरी र १९ प्रतिशत प्रजनन् उमेरका महिलाहरुमा सुक्ष्मपोषण तत्व आइरनको कमी रहेको पाइएको छ । 

 नेपालमै पहिलोपटक १० देखि १९ वर्षका किशोरहरुमा रक्तअल्पताको जाँच गरिएको छ । जसअनुसार ११ प्रतिसत किशोरीहरुमा रक्तअल्पता, ५ प्रतिशतमा आइरनको कमी तथा एक प्रतिशतमा आइरनको कमीले हुने रक्तअल्पता देखिएको छ ।  सर्वेक्षणको नतिजालाई गहन ढंगले विश्लेषण गरेर नीति बनाइने परिवार कल्याण महाशाखा प्रमुख डा आरपी विच्छाले बताए । यो नतिजाले  जनस्वास्थ्यका क्षेत्रमा अगाडि बढ्ने स्पष्ट बाटो देखाएको त्यही अनुसार अगाडि बढ्ने उनले जानकारी दिए ।

 

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article बढ्दो उमेरसँगै उच्च रक्तचापको समस्या
Next article अस्पताललाई डायलाइसिस उपकरण प्रदान

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Sep 17th 12:22 PM
समाचार

चाया किन हुन्छ ? र यसको उपचार के ?

Sep 17th 11:38 AM
समाचार

नेपाल मेडिसिटीमा अर्को सफल कलेजो प्रत्यारोपण

Sep 17th 4:45 AM
लेखविचार

मधुमेहबाट बच्ने पाँचवटा सूत्रहरू

Sep 16th 1:15 PM
समाचार

यो वर्ष दसैंमा अग्रिम टिकट बुकिङ नखुल्ने

Sep 16th 10:06 AM
स्वास्थ्य विशेष

जनस्वास्थ्यमाथि धनस्वास्थ्यको दबदबा

Sep 16th 8:59 AM
समाचार

मन्त्री बनाउन होइन, आँखा जाँचका लागि प्रधानमन्त्री कार्की तिलगंगा

Sep 14th 3:09 PM
समाचार

औषधि व्यवस्था विभागको सेवा आईतबारदेखि सुचारु

Sep 14th 5:45 AM
समाचार

जलेर खरानी भएपछि ‘एनएचआरसी ’ मा शरणार्थी बन्यो स्वास्थ्य मन्त्रालय

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131850
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

21
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

24
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

17
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web