• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • September 11th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
बिशेषज्ञ लेख

बढ्दो उमेरसँगै उच्च रक्तचापको समस्या

August 28th, 2018 बिशेषज्ञ लेख 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
बढ्दो उमेरसँगै उच्च रक्तचापको समस्या

डा. हिक्मत रावल, 

उच्च रक्तचाप भनेको यस्तो अवस्था हो जसमा रगत प्रवाह हुने रक्तनलीहरूमा चाप बढी हुने गर्दछ । यसले गर्दा रक्तनलीहरूमा क्षति पुग्दछ र ती रक्तनलीहरू बन्द हुने सम्भावना बढाउँछ । अधिकांश बिरामीहरूलाई बढ्दो उमेरसँगै उच्च रक्तचापको समस्या हुने गर्दछ । केही अन्य समस्या जसमा उच्च रक्तचाप कम उमेरमै देखिन थाल्छ । यसको कारण अरू नै हुन सक्दछ, जस्तैः मिर्गाैलासम्बन्धी रोग, हर्मोनको गडबडी वा लामो समयसम्म स्टोरराइडजस्ता औषधिको सेवन हुन सक्छन् । कम उमेरमै हुने उच्च रक्तचापको कारणलाई सुधार्न सकिन्छ ।

उच्च रक्तचापका लक्षणहरू निम्न प्रकारका छन् : 

१. अधिकांश बिरामीहरूमा उच्च रक्तचापको कुनै पनि लक्षण नदेखिन सक्छ । यसै कारण यो रोगलाई थाहा नहुने मृत्युको कारक  पनि भन्ने गरिन्छ ।

२. जब रक्तचाप धेरै बढेको हुन्छ, तब टाउको दुख्ने, नाकबाट रगत बग्ने वा चक्कर लाग्ने हुन सक्छ ।

३. लामो समयदेखि उच्च रक्तचापको बिरामीमा रक्तचापका कारण विभिन्न जटिलताहरू जस्तै :  मुटुरोग वा मिर्गौलासम्बन्धी रोग वा पक्षघात पनि हुन सक्छ ।

४. तपाईंको परिवारमा यदि कोही उच्च रक्तचापबाट ग्रसित छन् भने तपाईंलाई पनि यो समस्या हुन सक्ने प्रबल सम्भावना हुन्छ । यसका साथै कम शारीरिक क्रियाकलाप, बढ्दो तौल, रगतमा बढ्दो चिल्लोपना, धूमपान गर्नाले वा मधुमेह रोगले उच्च रक्तचाप हुने जोखिम बढाउँछ ।

५. उच्च रक्तचापलाई नियन्त्रण गर्ने विभिन्न औषधिहरू उपलब्ध छन् । त्यसमध्ये चिकित्सकले तपाईंको आवश्यकताअनुसार कुनै औषधि छनोट गर्न सक्नु हुनेछ ।

रक्तचापको दीर्घकालीन नकारात्मक असरहरूबाट बच्न यी औषधिहरू नियमित रूपमा सेवन गर्न जरुरी हुन्छ ।

 उच्च रक्तचापको रोकथाम र व्यवस्थापन 

(क) आफ्नो जीवनशैलीलाई परिवर्तन गर्नुपर्दछः

१. सन्तुलित आहारमा बढी जोड दिनुका साथै आफ्नो स्वस्थ तौललाई कायम राख्नु पर्दछ ।

२. खानामा नुनको प्रयोग कम गरी फलफूल, सागसब्जी र दूधबाट उत्पादित चिल्लो कम भएका सामग्रीहरूको उपभोग प्रशस्त मात्रामा गर्नु पर्दछ ।

३. नियमित शारीरिक व्यायाम गर्नु पर्दछ (हप्ताको कम्तीमा पाँच दिनसम्म हरेक दिन छिटो हिँड्ने, कमसे कम ३० मिनेट पौडी खेल्नु राम्रो हुन्छ ।)

४. धूमपान गर्नु हुँदैन ।

(ख) समयमै चिकित्सकसँग परामर्श लिनु पर्दछ । पूर्ण शारीरिक जाँच र उचित परीक्षण गराउनुपर्दछ । प्रायःजसो उच्च रक्तचापबाहेक अन्य असामान्यताको पहिचान हुँदैन ।

(ग) नियमित रूपमा दिनहुँ औषधि सेवन गर्नु पर्दछ । अन्यथा ती औषधिहरू लाभदायी हुने छैनन् ।

(घ) उच्च रक्तचापका बिरामीले आफ्नो रक्तचापको नियमित जाँच गराइराख्नु पर्दछ र साथै चिकित्सकको निर्देशनअनुसार समयसमयमा स्वास्थ्य जाँच गराउनु पर्दछ । यसो गर्नाले तपाईंको रक्तचाप कतिको घटेको वा बढेको छ भन्ने कुरा जान्न सकिन्छ र सोही अनुरूप चिकित्सकले औषधिको मात्रा समायोजन गर्नेछन् ।

(ड) चिकित्सकको सल्लाह बिना तपाईं औषधि सेवन गर्न नछोड्नुहोस् ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article २८ प्रतिशत बालबालिका र १८ प्रतिशत किशोरीमा  सुक्ष्मपोषण तत्व आइरनको कमी
Next article प्रजनन स्वास्थ्यको कमजोरी देखाएर सम्बन्ध विच्छेद गर्न नपाइने

Health Today Nepal

Related Posts

समान्य नहुनसक्छ रुघाखोकी

समान्य नहुनसक्छ रुघाखोकी

के हो प्रजनन अङ्गको सङ्क्रमण

के हो प्रजनन अङ्गको सङ्क्रमण

मधुमेहबाट बच्न सानो थाल

मधुमेहबाट बच्न सानो थाल

Leave a Reply Cancel reply

Timeline
Sep 10th 4:36 PM
समाचार

डा. झाको नेतृत्वमा वीरमा दुर्लभ न्यूरोसर्जरी, एउटै बिरामीका ६ वटा एन्युरिज्म सफल क्लिपिङ

Sep 10th 1:47 PM
समाचार

बाढी प्रभावितकालागि युएसभी फर्मास्युटिकल्सको चिकित्सक संघ मार्फत डेढ करोड रुपैया सहयोग

Sep 6th 4:02 AM
समाचार

बाढी प्रभावित क्षेत्रका क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार

Sep 3rd 12:31 PM
समाचार

स्वास्थ्य प्राथमिकतामा छलफल गर्न दक्षिण–पूर्वी एसियाका स्वास्थ्यमन्त्री भेला हुँदै

Sep 3rd 12:04 PM
समाचार

बाढीप्रभावितलाई डा.राजीव झा नेतृत्वको न्यूरोसर्जन समाजको रु.५ लाख सहयोग

Sep 3rd 11:30 AM
समाचार

भोटेकोशी बाढीका ४६ घाइते काठमाडौंका तीन अस्पतालमा उपचाररत

Sep 1st 3:25 PM
समाचार

औषधिका ‘प्रभु’को मानवीय सेवा, बाढीपिडितलाई यतिकेम ग्रुपबाट रु. ५५ लाख सहयोग

Sep 1st 9:43 AM
बिशेषज्ञ लेख

२५ वर्षपछि पनि यहीँ छ मेरो मन

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134328
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

20
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

20
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

21
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web