• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • May 25th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
अन्तर्वार्ता

धेरै तिर्खा र पिसाव लाग्ने भए मधुमेहको शंका गरौ : डा. पोखरेल

November 15th, 2018 अन्तर्वार्ता 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
धेरै तिर्खा  र पिसाव लाग्ने भए मधुमेहको शंका गरौ : डा. पोखरेल

 

पछिल्ला वर्षमा मधुमेहका विरामीको संख्या ह्रवात्तै बढेको छ । अस्वस्थकर खानपान, बदलिदो जिवनशैली र सतर्कता नअपनाउदा मधुमेहको समस्या विकराल हुदै गइरहेको छ । विरामीको बढ्दो संख्यासँगै यसको उपचार सेवा पनि बिस्तारै हुदैछ । मधुमेहका बिषयमा जनचेतना जगाउने उद्देश्यले बुधबार विश्व मधुमेह दिवस मनाइएको छ । यसै सेरोफेरोमा मधुमेह, थाइरोइड तथा हर्मोन विशेषज्ञ डा. सुनिल पोखरेलसँग हेल्थ टुडेले गरेको संक्षिप्त कुराकानी

मधुमेह कसरी हुन्छ ?

हामीले खाएको कुनै पनि कुरा हाम्रा पाचन नलीमा पु¥याएपछि यसबाट गुल्कोज  निस्किन्छ । यही गुल्कोज रगतको माध्यमबाट शरीरको विभिन्न कोसिकाहरुमा पुग्छ र शरीरका कोसिकाहरुले यही गुल्कोजबाट शक्ति प्राप्त गर्छ । तर हाम्रो रगतमा भएको गुल्कोज विभिन्न कोसिकाहरुमा पुग्न इन्सुलिन भन्ने हर्मोनको जरुरत पर्दछ । यदि कुनै कारणले हाम्रो शरीरमा इन्सुलिन भन्ने हर्मोनको कमी भएमा वा इन्सुलिन हर्मोनले राम्रोसँग काम नगरेमा हाम्रो रगतमा भएको गुल्कोज कोसिकाभित्र पस्न पाउँदैन र रगतमा गुल्कोजको मात्रा बढ्न गई मधुमेह हुन्छ ।

मधुमेह कति प्रकारको हुन्छ ?

मधुमेह प्रमुख गरी तीन प्रकारका हुन्छन् । एक मधुमेह विशेष गरी शरीरमा इन्सुलिनको मात्र एकदमै न्युन भएमा वा बिल्कुलै नभएमा हुन्छ । त्यसैले यो प्रकारको मधुमेहको उपचार इन्सुलिनबाट नै गर्नुपर्छ । यो विशेषतः सानो उमेरका बालबालिकामा हुन्छ । मधुमेह भएका विरामीहरुमा यो प्रकार एकको मधुमेह धेरै कममा देखिन्छ । दोश्रो प्रकारको मधुमेह विशेष गरी हाम्रो शरीरमा भएको इन्सुलिनले राम्रोसँग काम नगरेमा वा शरीरमा इन्सुलिनको कमी भएमा हुन्छ । त्यसैले यो प्रकारको मधुमेहको उपचार मुखबाट खाने औषधिबाट पनि गर्न सकिन्छ । मधुमेह भएका विरामीहरुमा ९० प्रतिशतभन्दा बढीमा यो प्रकारको मधुमेह देखिन्छ ।

त्यसैले साधारणतया मधुमेह भन्नाले यही प्रकार दुई भन्ने बुझिन्छ । मधुमेह  भएका वंशजका छोराछोरीमा र धेरै तौल भएका बयस्कहरुमा प्रायः यो प्रकार दुईको मधुमेह देखिन्छ । अर्को विशेष प्रकारको मधुमेह गर्भावस्थामा मात्र देखिन्छ र यसलाई गर्भावस्थाको मधुमेह भनिन्छ । सबै प्रकारको मधुमेहमा हुने एउटै विशेषता के हो भने सबैमा रगतमा गुल्कोज वा चिनीको मात्रा बढी हुन्छ ।

मधुमेहको समस्या बढ्दै जानुको कारण के हो ?

मधुमेहको समस्या बढ्दै जानुको प्रमुख कारण हाम्रो खानपानमा परिवर्तन र बदँलिदो जीवन शैली नै हो । खानपानमा परिवर्तन भन्नाले दैनिक जीवनमा सन्तुलित आहारको सट्टा जंकफुड (गुल्कोजको मात्रा बढी भएको) जस्तै, कोक, प्mयान्टा, चाउचाउ, बिस्कुट, चिप्स, पिज्जा, मिठाई आदिको अत्याधिक प्रयोग गर्नु हो । त्यसैगरी बदलिँदो जीवनशैली भन्नाले शारीरिक ब्यायामको कमि, हिड्ने बानी छोड्दै जानु लगायत हुन । अफिसमा काम गर्ने दैनिक जीवनमा अत्याधिक मेटरगाडीको प्रयोग गर्नुले पनि यो समस्या बढाउदै लगेको छ ।

मधेमेह भएनभएको कसरी पत्ता लगाउन सकिन्छ ? 

मधुमेह भएका बिरामीलाई धेरै तिर्खा लाग्ने, पिसाब धेरै लाग्ने, दुब्लाउँदै जाने, थकाई धेरै लाग्ने हुन्छ । तर यी लक्षण सबैमा देखिन्छ भन्ने पनि छैन । त्यसैले मधुमेह भएनभएको भन्ने थाहा पाउन रगतमा गुल्कोज वा चिनीको जाँच गराउनु पर्दछ । यदि कसैलाई खाली पेटमा गुल्कोजको मात्रा १२६ एमजी । डिएल  वा सोभन्दा बढी छ भने वा ७५ ग्रााम गुल्कोज पानीमा घोलेर खुवाएपछि २ घण्टामा २०० एमडी । डिएल वा सोभन्दा बढी छ भएमा वा दिनको कुनै पनि समय रगत जँचाउँदा गुल्कोजको मात्रा २०० एमजी । डिएल वा सोभन्दा बढी भएमा त्यस व्यक्तिमा मधुमेह  भएको मानिन्छ । खाली पेट, भन्नाले कम्तिमा पनि ८ घण्टासम्म केही नखाएकोलाई भनिन्छ । तर, यस बीचमा थोरै पानी भने खान सकिन्छ । मधुमेहको जाँच गराउँदा खाली पेट हुँदा मात्र गराउँदा मधुमेह भएका धेरै विरामी छुट्न सक्ने हुनाले मधुमेह छ वा छैन भनेर जाँच गराउँदा खाली पेट हु्रदाँका अवस्थामा साथसाथै ७५ ग्राम गुल्कोज खाएर २ घण्टाको रगतमा गुल्कोजको मात्राको पनि जाँच गराउनुपर्दछ । किन भने मधुमेह भएका धेरै विरामीहरुमा खाली पेटको गुल्कोजको जाँच गर्नुपहिला खानापछिको बढीसकेको हुन्छ । विदेशमा गरिएको अध्धयनले के देखाएको छ भने खाना पछिको हाई ब्लड गुल्कोज पनि शरीरको लागि हानिकारक छ ।

यसको उपचार कसरी गर्न गरिन्छ ?

मधुमेहको उपचारमा पाँचवटा कुरामा ध्यान दिनुपर्छ । पहिलो कुरा हो, सन्तुलित आहार, सन्तुलित आहार भन्नाले कर्बोहाइटेड, प्रोटिन, थोरै चिल्लो, धेरै हरियो सागपात र फलफुल भएको आहार हो । यदि कोही मधुमेह भएको बिरामीले गुल्कोजको मात्रा धेरै बढ्यो भनेर भोकै बस्छ वा दैनिक आहारमा भात वा रोटी (कार्बोहाइटेड) को मात्रा कम गर्दछ भने त्यस्ता बिरामीहरुको शरीरमा  भएको मांशपेसीहरुबाट प्रोटिन, टुक्रन थाल्छ जो झन् बढी हानिकारक हुन्छ । त्यसैले मधुमेह भएका बिरामीले भोको बसेर गुल्कोजको नियन्त्रण गर्नुहुँदैन । बरु कार्बोहाइडेड, प्रोटिन र थोरै चिल्लो भएको सन्तुलित भोजन गर्नुपर्छ । दोस्रो भनेको नियमित ब्यायम गर्नुपर्छ । नियमित भन्नाले प्रत्येक दिन कम्तिमा ३० मिनेट र साताको कम्तिमा ५ दिन भन्ने बुझ्नुपर्छ । मधुमेह भएका बिरामी खाली पेटमा ब्यायम गर्दा कहिलेकाही गुल्कोज धेरै नै घट्न सक्छ जुन स्वास्थ्यको लागि हानिकारक हुन्छ । साधारण तया खाना खाएपछि ३० देखि ४५ मिनट जति आराम गरेपछि ब्यायम गर्नुपछ । तेस्रोे मधुमेहको औषधिहरुको नियमित प्रयोग । बिरामीहरुले चिकित्सकको सल्लाहअनुसार नियमित रुपमा औषधिको सेवन गर्नुपर्छ । चौथो कुरा हो, नियमित जाँच । विरामीले खाली पेटको र खानापछिको २ घण्टाको गुल्कोजको जाँच गराउनुपर्दछ । प्रत्येक तीन देखि छ महिनामा स्वास्थ्य जाँच गराउनुपर्छ । यसको साथसाथै प्रत्येक महिना तौल लिन, ब्लड प्रेसर जाच्ने गर्नुपर्दछ भने प्रत्येक वर्ष कम्तिमा एक पल्ट रगतमा बोसोको जाँच, मिर्गौला र कलेजोको जाँच, आँखाको जाँच र खुट्टाको जाँच गर्नुपर्छ । पाँचौं कुरा भनेको मधेमेह रोग सम्बन्धि जानकारी हो । बिरामीले मधेमेह रोग भनेको के हो ? रगतमा गुल्कोज कसरी जाँच गर्न सकिन्छ र यदि गुल्कोज धेरै बढी भएमा वा धेरै कम भएमा के गर्ने भन्ने कुरको ज्ञान हुन अत्यन्त जरुरी छ ।

नेपालमा मधुमेहका बिरामीको तुलनामा विशेषज्ञको संख्या न्युन छ भनिन्छ नि हो ?

नेपालमा कुल जनसंख्याको कति प्रतिशतमा मधुमेह छ भनेर नेपाल सरकारको कुनै तथ्यांक त छैन । तर एक अध्ययनअनुसार शहरी जनसंख्याको करिब आठ प्रतिशतमा मधुमेह देखिएको छ भने गाउँघरमा केवल एक प्रतिशतमा मात्र यो रोग देखिएको छ । सन् २०१८ मा एक अंग्रेजी दैनिकमा प्रकाशित लेख अनुसार नेपाल मेडिकल काउन्सिलमा सन् २०१७ सम्ममा दर्ता भएकाहरुमा जम्मा १७ जना मधुमेह हर्मोन रोग विशेषज्ञ नेपालमा हुनुहुन्छ । यसबाट नै अनुमान लगाउन नेपालमा मधुमेह विशषज्ञको अभाव छ भन्ने कुरा थापा पाउन सकिन्छ ।

मधुमेहबाट बच्न के के सावधानी अपनाउनुपर्छ ?

मधुमेहबाट बच्न सन्तुलित आहारको साथसाथै नियमित ब्यायम गरेर शरीरको वजन सन्तुलनमा राख्नुपर्दछ । यसका सथौ रक्सी, चुरोट जस्ता पदार्थबाट टाढै रहनुपर्दछ । बेला बेलामा स्वास्थ्य जाच गराउनु पर्छ । औषधि सेवन गरिरहेका व्यक्तिले नियमित औषधि सेवन गर्नु पर्छ ।

मधुमेहका विरामीलाई तपाईको सल्लाह के छ ? 

मधुमेह एक दीर्घ रोग हो । त्यसैले यदी बेलैमा रोगीहरुले रगतमा गुल्कोजको मात्रा नियन्त्रण गर्नुपर्छ । नसकेमा यसले दीर्घकालीन समस्या सिर्जना गर्छ र यी समस्या देखिसकेपछि चिकित्सकहरुले चाहेर पनि केही गर्न सक्दैनन् । मधुमेहको दीर्घकालीन समस्या भन्नाले यसके कारणले आँखाको रेटिनामा रगतको नलीबाट रगत बग्न गई आँखाको ज्योति पनि गुम्न सक्छ । अहिलेको विश्वमा आँखाको ज्योति गुम्नुको प्रमुख कारण भनेकै मधेमेह हो । मधुमेहले मिर्गौलाबाट प्रोटिन लिक गराई मिर्गोला विगार्न सक्छ । अहिलेको विश्वमा मिर्गौला विग्रेर डायालासिस गर्न पर्ने प्रमुख कारणहरु भएका छन् । त्यसैगरी मधुमेह भएका विरामीमा हृदयघात,  पक्षघात, खुटाको घाउ निको नभएर खुट्टा नै गुमाउनु पर्ने सम्भावना पनि समस्या भएकाछन् । यदि हामीले रगतको गुल्कोजको मात्रालाई नियन्त्रणमा राख्न सकियो भने यी माथि उल्लेखित मधुमेहबाट हुने दीर्घ समस्याबाट मुक्ति पाउन सकिन्छ । त्यसैले मधुमेह भएका बिरामीहरुले बेलैमा चिकित्सकको सल्लाह लिनुपर्छ ।

 

 

 

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article मधुमेह सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर र प्रभातफेरी सम्पन्न
Next article चौथो ‘पिपुल्स हेल्थ एसेम्ली’ बंगालादेशको साभरमा सुरु

Health Today Nepal

Related Posts

सामाजिक  स्वास्थ्य सुरक्षा

सामाजिक स्वास्थ्य सुरक्षा

शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरको – सूचना

शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरको – सूचना

पत्रकार उपचारका लागि प्रेस युनियनले खडा गर्यो एक करोडको कोष

पत्रकार उपचारका लागि प्रेस युनियनले खडा गर्यो एक करोडको कोष

Leave a Reply Cancel reply

Timeline
May 25th 10:13 AM
समाचार

नेपालमा पहिलोपटक नेपाली चिकित्सकद्वारा मस्तिष्कमृत व्यक्तिको मिर्गौला र कलेजो एकै व्यक्तिमा प्रत्यारोपण

May 24th 4:14 PM
समाचार

पाँच चिकित्सकको अभिनयमा डा. रिजालको अंगदान सम्बन्धि गीत ‘ मेरो मृत्यु पछि… ’ सार्वजनिक

May 21st 4:19 PM
स्वास्थ्य विशेष

सुर्तीजन्य पदार्थ सेवन न्युनिकरणमा जाग्दैछन् स्थानिय सरकार

May 21st 4:04 PM
समाचार

विश्व स्वास्थ्य सम्मेलनमा स्वास्थ्यमन्त्रीले भने, स्वास्थ्यमा विश्वव्यापी सहकार्य आवश्यक

May 20th 7:50 AM
समाचार

सुर्ती नियन्त्रणमा उल्लेखनिय कार्य गरेवाफत डब्लूएचओद्वारा स्वास्थ्य मन्त्री पौडेल पुरस्कृत

May 19th 6:30 AM
समाचार

सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय ऐन पास भएपछि सुदूरपश्चिमवासी खुशी

May 17th 3:56 AM
समाचार

अन्धोपन निवारणको क्षेत्रमा स्वास्थ्य मन्त्रालय र नेत्रज्योति संघबिच समझदारी

May 17th 3:28 AM
समाचार

फुड सप्लिमेन्ट खाद्य प्रविधि विभागले हेर्छ, कसैको हस्तक्षेप स्विकार्य छैन : कृषि मन्त्री

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131533
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

23
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

19
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

22
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
नमराज भट्ट
सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315, 9848851122

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web