• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • July 7th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

चौथो ‘पिपुल्स हेल्थ एसेम्ली’ बंगालादेशको साभरमा सुरु

November 16th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
चौथो ‘पिपुल्स हेल्थ एसेम्ली’ बंगालादेशको साभरमा सुरु

हेल्थ टुडे,

ढाका, बंगालादेश, ३० कात्तिक :  चौथो ‘पिपुल्स हेल्थ एसेम्ली’ बंगालादेशको साभरस्थित ब्राक सेन्टरमा शुक्रबारदेखि सुरु भएको छ । पिपुल्स हेल्थ मुभमेन्टको आयोजनामा सुरु भएको सम्मेलनमा नेपाल लगायत युरोप, उत्तर अमेरिका, दक्षिण अमेरिका, अफ्रिका र एशियाका विभिन्न देशका करिव १४ सय स्वास्थ्यका अगुवा अधिकारकर्मि र जनस्वास्थ्य विज्ञहरुको सहभागिता छ । सम्मेलन सोमबारसम्म चल्ने छ ।

नेशनल हार्ट फाउण्डेसन अफ बंगालदेशका अध्यक्ष अब्दुल मल्लिकले सम्मेलनको उद्घाटन गरेका हुन । उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रमुख अतिथि समेत रहेका मल्लिकले सबैलाई सर्वसुलभ स्वास्थ्य सेवा उपलब्ध हुनु पर्ने अवधारणाका साथ सुरु भएको ‘पिपुल्स हेल्थ एसेम्ली ’ को दोश्रो पटक बंगालादेशले आयोजना गर्न पाउनु खुशीको कुरा भएको स्मरण गर्दै पछिल्ला वर्ष महंगो उपचार हुने नसर्ने रोगहरुको संक्रमण बढ्दै जानु चिन्ताको बिषय भएको बताए । बंगालादेशका कुल मृत्युको ६७ प्रतिसत नसर्ने रोगका कारण हुने गरेको तथ्यांक प्रस्तुत गर्दै विकसित देशहरुको तुलनामा विकाशोन्मुख देशहरुले नसर्ने रोगको उपचारमा ठूलो धनरासी खर्च गर्न सक्ने अवस्था नभएकाले स्वास्थ्यका बिषयमा अझै जनचेतना जगाउनमा बिशेष जोड दिनु पर्ने अहिलेको आवश्यकता रहेको बताए । मल्लिकले  हेल्थ एसेम्लीले पारित गर्ने घोषणापत्रलाई विभिन्न देशका सरकार, गैरसरकारी संस्था, विश्व स्वास्थ्य संगठन, संयुक्त राष्ट्रसंघ समेतले लागु गर्ने विश्वास व्यक्त गरे । 

उद्घाटन समारोहका अध्यक्ष एवं ब्राक सेन्टरका संस्थापक सर फ्रज्ले हसन अबेडले पिपुल्स हेल्थ मुभमेन्टकै कारण विश्वका विभिन्न देशमा स्वास्थ्यको अवस्था सुधार हुदै गइरहेको तथ्यमाथि प्रकाश पार्दै सबैलाई स्वास्थ्य भन्ने नारालाई व्यवहारमा परिवर्तन गर्न सबैको संयुक्त प्रयास आवश्यक रहेको बताए । पिपुल्स हेल्थ मुभमेन्ट बंगालादेशका अध्यक्ष जकिर हुसैनले सर्वसुलभ स्वास्थ्य सेवा पाउनु हरेक नागरिकको मानव अधिकार भएकाले यसको प्राप्तिका लागि संयुक्त अभियान आवश्यक रहेको बताए । कार्यक्रममा बंगालदेशकी प्रधानमन्त्री सेख हसिनाले सम्मेलन सफलताको कामना गर्दै पठाएको लिखित सन्देश बाचन गरिएको थियो । सम्मेलनमा स्वास्थ्यका विविद् बिषयमा विभिन्न देशका विज्ञहरुले चार दर्जनभन्दा बढी कार्यपत्र प्रस्ुतुत गर्ने छन् । नेपाली पिपुल्स हेल्थ मुभमेन्ट नेपालका राष्ट्रिय अध्यक्ष डा.शरदराज वन्तले स्वास्थ्य अधिकार प्राप्तिको अभियानमा सम्मेलन कोशेढुंगा सावित हुने बताए ।

पिपुल्स हेल्थ एसेम्ली पहिलो पटक सन् २००० मा बंगालदेशको साभारमै आयोजना भएको थियो भने दोश्रो पटक इक्युडरमा सन् २००५ मा र तेश्रो पटक दक्षिण अफ्रिकाको केपटाउनमा २०१२ मा भएको थियो ।

 

 

 

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article धेरै तिर्खा र पिसाव लाग्ने भए मधुमेहको शंका गरौ : डा. पोखरेल
Next article नर्भिकलाई अन्तर्राष्ट्रिय सम्मान

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jul 5th 8:43 AM
समाचार

चिकित्सक संघले सोमबार आकस्मिक बाहेकका सबै सेवा बन्द गर्ने

Jul 5th 8:15 AM
समाचार

नेपाल आयुर्वेद चिकित्सक संघले मनायो २८ औं बार्षिकोत्सब

Jul 1st 12:16 PM
समाचार

अब देशका ७५३ वटै पालिकामा पुग्ने भयो आयुर्वेद सेवा

Jun 30th 10:11 AM
समाचार

सुर्तीजन्य पदार्थ नियन्त्रणका सबैको सहकार्य आवश्यक

Jun 29th 9:37 AM
समाचार

स्वास्थ्य मन्त्री पौडेलको वीर अस्पतालमा उपचार हुँदै

Jun 27th 3:11 AM
समाचार

स्वास्थ्य अनुसन्धान र खोज पत्रकारिता सम्बन्धी कार्यशाला सम्पन्न

Jun 23rd 5:02 PM
समाचार

वर्षौंपछि स्वास्थ्य क्षेत्रमा ५ वर्षमा १२ हजार जनशक्ति थप्ने प्रक्रिया थालेका छौं : स्वास्थ्य मन्त्री पौडेल

Jun 23rd 4:55 PM
समाचार

सुदर्शन देवकोटा स्मृति स्वास्थ्य पत्रकारिता पुरस्कार गोराखपत्रका स्वास्थ्य पत्रकार ढुङ्गेललाई

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131649
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

18
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

19
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

24
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
नमराज भट्ट
सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315, 9848851122

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web