• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • March 3rd, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

केदारबहादुर अधिकारीलाई स्वास्थ्य सचिवबाट फिर्ता गर्न चिकित्सक संघको माग

December 10th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
केदारबहादुर अधिकारीलाई स्वास्थ्य सचिवबाट फिर्ता गर्न चिकित्सक संघको माग

हेल्थ टुडे,

काठमाडौं, २४ मंसिर : आज मात्रै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिवमा पद बहाली गरेका केदारबहादुर अधिकारीलाई तत्काल फिर्ता बोलाउन नेपाल चिकित्सक संघले सरकारसँग माग गरेको छ । देश भरिका चिकित्सकहरुको छाता संगठन नेपाल चिकित्सक संघले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा गैर स्वास्थ्यकर्मीलाई सचिवको जिम्मेवारी दिएकोमा आपत्ती जनाउदै विरोधमा उत्रिन देशभरिका चिकित्सक र स्वास्थ्यकर्मीलाई आव्हान गरेको छ ।  संघले विज्ञप्ति जारी गर्दै निर्णय फिर्ता लिन माग गरेको हो । मन्त्रीपरिषद्ले गत सोमबार प्रधानमन्त्री कार्यालयका सचिव अधिकारीलाई स्वास्थ्य मन्त्रालय सरुवा गरेको थियो ।

‘स्वास्थ्य सेवा ऐनको दफा १९ अनुसार वरिष्ठ स्वास्थ्यकर्मी स्वास्थ्य सचिवमा नियुक्त हुँदै आएकोमा हाल उक्त ऐनको भावना र मर्म विपरित गैर स्वास्थ्यकर्मीको स्वास्थ्य सचिवका रुपमा सरुवा गरिएको निर्णयबाट नेपाल चिकित्सक संघ स्तब्ध भएको छ’ विज्ञप्तिमा भनिएको छ, ‘ सरकार आफैले निर्माण गरेको ऐन विपरित सम्पूर्ण स्वास्थ्यकर्मी तथा चिकित्सकहरुको भावनामा चोट पुग्ने गरी गरिएको यसप्रकारको निर्णयले नेपालका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई गम्भिर आघात र्पुयाएको छ । यस्तो बिषयपूर्ण परिस्थितिमा निर्वाध रुपमा र्पुयाउँदै आएको स्वास्थ्य सेवा प्रवाहमा तत्काल असर पर्ने भएको हुँदा उक्त निर्णय यथासिघ्र फिर्ता लिन नेपाल चिकित्सक संघ नेपाल सरकारसमक्ष जोडदार माग गर्दछ।’

संघले संघसँग ०७१ भदौ ८ गते विपरित गैर स्वास्थ्यकर्मीलाई सचिवको रुपमा स्वास्थ्य मन्त्रालयमा ल्याइएको हुनाले उक्त कार्यको विरोधका लागि संघका सबै शाखा कार्यालयलाई तयारी अवस्थामा बस्न र देशभरका डाक्टर तथा स्वास्थ्यकर्मीलाई विरोध जनाउन पनि अपिल गरेको छ ।

 

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article केदारवहादुर अधिकारीले सम्हाले स्वास्थ्य सचिवको जिम्मेवारी
Next article सरकारी चिकित्सक पनि नयाँ स्वास्थ्य सचिवको विरोधमा

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jan 23rd 11:35 PM
अन्तर्वार्ता

sex telegram group ✓ Join 200+ Adult Telegram Groups ➤ Access NSFW Content

Jan 23rd 11:35 PM
अन्तर्वार्ता

heu kms activator ✓ Activate Windows Office 2025 ➤ Full Features Access

Feb 21st 6:31 AM
समाचार

ढुंगेललाई क्यान्सर सचेतना तथा हिंसाविरुद्धको राष्ट्रिय पत्रकारिता पुरस्कार

Feb 14th 3:56 PM
समाचार

स्वासप्रस्वास सम्बन्धि सेवा दिन ललितपुरको मान भवनमा खुल्यो नेशनल चेष्ट सेन्टर

Feb 12th 9:40 AM
समाचार

पुर्व महासचिव मुडभरीले बुझाए नेपाली कांग्रेसले घोषणापत्रमा समेटनु पर्ने स्वास्थ्य क्षेत्रका ४१ बुदे सुझाव

Feb 11th 4:28 PM
समाचार

दशौं नेपाल फर्मा एक्स्पो फागुन २८ देखि ३० सम्म काठमाडौंमा हुने

Feb 9th 9:36 AM
समाचार

मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयबाट पहिलो ब्याचका स्नातक दीक्षित

Jan 15th 2:35 PM
अन्तर्वार्ता

सुस्वास्थ्य अस्पतालले स्थापनाको एक दशक १८ हजारलाई दियो सेवा

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132545
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

27
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

32
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

20
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web