• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 1st, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
बिशेषज्ञ लेख

यस्तो हुनुपर्छ मधुमेहका बिरामीको खाना

January 4th, 2019 बिशेषज्ञ लेख 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
यस्तो हुनुपर्छ मधुमेहका बिरामीको खाना

डा. अलर्क देवकोटा रजौरिया,

मधुमेहका बिरामीले खानपानमा विशेष ध्यान दिनुपर्छ । अस्वाभाविक खानपानकै कारण हाम्रो समाजमा हिजोआज मधुमेहको जोखिम बढ्दै गइरहेको छ । खानपानमा ध्यान नदिँदा नै मोटोपन बढ्छ र यही मोटोपनले मानिसलाई अल्छी बनाउँछ । जसको परिणामस्वरूपमधुमेह हुन्छ । त्यसैले मधुमेहबाट बच्न र भइसकेकाले पनि खानपानमा विशेष ध्यान दिनै पर्छ ।

के खाने, के नखाने ?

बिहानको खाना राम्ररी खानु पर्छ । सकभर सानो थाल वा प्लेटमा खाने बानी बसाल्नुपर्छ । पेट उकुसमुकुस हुने गरी खानु हुँदैन । खाना खाँदा थालमा ५० प्रतिशत सागपात, तरकारी, सलाद हुनुपर्छ भने २५प्रतिशत भात र २५प्रतिशत दाल, मासु वा प्रोटिन हुनुपर्दछ । कति आकारको प्लेटमा खाने त ? यो व्यक्तिको तौल, उचाइअनुसार हुन्छ । तर सामान्यतया ९ इन्चको प्लेट उपयुक्त मानिन्छ । बिहानको खानाको तुलनामा बेलुकीको खाना एक चौथाइमात्र खानु पर्छ । बेलुकी खाना खाएपछि हामी सुत्छौ । त्यसको उद्देश्य सुत्नु मात्र हो । दिउँसोको खाना खाएपछि हामी काम गर्छौ । बेलुका खाना पाएपछि सुत्छौ । त्यसैले बेलुका खाना कम खाने गर्नुपर्दछ । बेलुकीको खाना छिटो खानु उपयुक्त हुन्छ । खाना खाएपछि सामान्यतया दुई घण्टा अगाडि सुत्नु हुँदैन । दुई घण्टा खाना पच्न समय लाग्छ । बेलुकीको खाना हल्का हुनुपर्छ । रोटी खान सकिन्छ । फलफुल, सलाद, सुप मात्र खाएर पनि सुत्न सकिन्छ । भात नै खानुपर्छ भन्ने छैन

जङ फुड बहिस्कार गरौं

हिजोआज जङफुडको बोलावाला छ । यसले मोटोपन गराउँछ । बालबालिकालाई भान्छामा पाकेको खानेकुरा खुवाउनुपर्छ । आफ्नो सजिलोका लागि र उनीहरूको जिद्दीले तयारी खानेकुरा दिने बानी बसाल्नु हुँदैन । यही मोटोपनले मधुमेहसहित अन्य रोगहरू निम्त्याइरहेको छ । त्यसैले यसको प्रयोग घटाउनै पर्छ । मैदाले बनेका खाद्य पदार्थ खानु हुँदैन । मैदाले बनेका पुरी, मम, समोसा स्वास्थ्यका लागि राम्रा होइनन । मैदाले बनेको चिज शरीरले तान्छ । सोस्छ । त्यसैले पिठोले बनेको रोटी राम्रो हुन्छ । पिठोमा हुने छोक्राले तान्न सक्दैन । मैदासँग चिल्लो पनि छ भने त्यसले झन् खराब गर्छ । मैदासँग चिल्लो र चिनी मिसिएको खानेकुरा त अझ हानिकारक हुन्छन् ।

कुन तेल राम्रो त ?

हामी खानेतेल प्रयोग गर्दा यो तेल राम्रो भन्छौं । राम्रो भनिएका तेल पनि धेरै प्रयोग गर्दा हानिकारक हून्छन । त्यसैले हामीले खानेकुरामा प्रयोग गर्ने तेलको मात्र न्यून हुनुपर्छ । सामान्यत पाँच जनाको परिवारका लागि एक लिटर खाने तेल एक महिना पुग्नुपर्छ । धेरै तेल राखेर झानेको दाल राम्रो होइन । हामी साग तरकारी भुट्दा तेलबाट मज्जाले धुवाँ आउन दिन्छौं । धुवाँ आएको तेलमा झ्वाई गरेर साग तरकारी भुट्छौ । तर डढाएको तेल राम्रो होइन । धुवाँ आउने गरी तेल तताउनु हँुदैन । डढाएको तेलले मुटुमा असर गर्छ । साग तरकारी उमालेर पकाएको राम्रो मानिन्छ । तर त्यो सकिँदैन भने एकदमै थोरै तेलमा भुट्नु लाभदायक हुन्छ । एक पटक तताएको तेल दोस्रो पटक प्रयोग गर्नुहँुदैन । स्कुल जाने बच्चाहरूमा मोटोपन बढ्दै छ । स्कुलमा खेल्ने ठाउको अभाव छ । घरबाट बाहिर निस्केर खेल्न खुला ठाउँ छैन । सबैका लागि बजारमा पाइने तयारी खाना सजिलो भएको छ । यसरी नै जङफुडको प्रचलन बढ्दै जाने हो भने अबको १० वर्ष पछि यसले विकराल रूप लिनेछ ।

मधुमेहले महामारीको रूप लिन सक्छ

मधुमेह नियन्त्रण गर्न अहिलेदेखि नै खानपान र मोटोपन नियन्त्रण गर्न जरुरी छ । एउटै भान्छामा फरकफरक व्यक्तिका लागि फरकफरक खाना पाक्नु राम्रो होइन । मधुमेहका बिरामीका लागि छुट्टै र अरूका लागि छुट्टै पकाउनै हुँदैन । मधुमेहका बिरामीले पनि जे पाक्ने त्यही खानुपर्छ । तर के कति मात्रामा खाने र कस्तो खाने भन्ने कुराको भने सधैं हेक्का राख्नुपर्छ । चिल्लो खानु भएन । कम खानु प¥यो । जे खाए पनि थोरै थोरै गरेर खानुपर्छ ।  हाम्रो शरीरलाई तन्दुरुस्त राख्न खाना खाएर मात्र पुग्दैन । हाम्रो शरीरमा खानाको भूमिका ३० देखि ४० प्रतिशत मात्र हुन्छ । बढी भूमिका शारीरिक व्यायामको हुन्छ । हरेक दिन ३० देखि ४५ मिनेट व्यायाम गर्नु पर्छ । व्यायाम गर्नु भनेको सामान्य हिडडुल होइन । हिँड्दासास फुल्नुपर्छ । पसिना निस्किनु पर्छ । रोगले धनी वा गरिब चिन्दैन । सबैलाई समात्न सक्छ । साग, तरकारी, फलफूल र सलाद महंँगो नै खानुपर्छ भन्ने छैन । मौसमअनुसारको तरकारी र फलफूल खानुपर्छ । उचाइ र तौलअनुसारको खाना खानुपर्छ । धूमपान कुनै पनि रोगका लागि राम्रो होइन । मधुमेहका लागि त झन् खतरनाक नै हो । यसले मिर्गौला, मुटु, फोक्सो र आँखामा मधुमेह गराउँछ । खानपानका नियम पालन गर्न सक्यौं भने मधुमेह नियन्त्रण गर्न सकिन्छ ।

स्वास्थ्य जाँच आवश्यक

मधुमेहमा औषधिको विकल्प छैन । चिकित्सकले औषधि खानै पर्ने अवस्थामा मात्र औषधिको सेवन गर्न सल्लाह दिन्छ । निको हँुदै गएपछि औषधि बन्द गराउन सकिन्छ । धेरैजसोको गुनासो हुन्छ मैले त महिनामा दुई पटकसम्म जाँच गराएको थिएँ । तर एक्कासि मधुमेह देखियो । ब्लड टेस्ट गर्दैमा मधुमेह भए, नभएको यकिन गर्न सकिँदैन । खाली पेट रगत जाँच, खाना खाएको दुई घण्टापछि रगत जाँच र एचबीएवानसी गरी तीनवटै जाँच गरेपछि मधुुमेह भए, नभएको पत्ता लगाउन सकिन्छ ।

 ( डा. देवकोटा एमबीबीएस, एमडी इन्टरनल मेडिसिनडीएम, डाइबेटिज एन्ड इन्डोक्राइनोलोजी हुन् । उनी हाल नेपाल डाइबेटिज, थाइरोइड, इन्डोक्राइनोलोजी एन्ड फिजिसियन सेन्टर, नयाँबानेश्वर र वीर अस्पतालमा कार्यरत छन् । )

 

 

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article नेताका नाममा खोलिएका अस्पताल सेवामुखी हुनुपर्छ : पूर्व राष्ट्रपति डा. यादव
Next article  क्यान्सर विरामीको आत्मबल बढाउन पहिलो पटक र्‍याम्प शो : स्वरूपा

Health Today Nepal

Related Posts

समान्य नहुनसक्छ रुघाखोकी

समान्य नहुनसक्छ रुघाखोकी

के हो प्रजनन अङ्गको सङ्क्रमण

के हो प्रजनन अङ्गको सङ्क्रमण

मधुमेहबाट बच्न सानो थाल

मधुमेहबाट बच्न सानो थाल

Leave a Reply Cancel reply

Timeline
Sep 19th 3:05 AM
समाचार

नेस्कमको चौथो सम्मेलन : जलवायु र विपद्सँग जुध्न स्वास्थ्य प्रणालीमा जोड

Sep 17th 10:32 AM
समाचार

कोटेश्वर बहुमुखी क्याम्पसमा स्नातक तहका नवआगन्तुक विद्यार्थीको भव्य स्वागत

Sep 17th 7:36 AM
समाचार

ह्यूमन लाइफ साइन्स र जीसीबीसीद्वारा डेढ करोड बढीको हैजा विरुद्वको खोप सहयोग

Sep 16th 10:24 AM
समाचार

आउँदो चैतमा नेपालमा दोस्रो हिमालयन इन्टरनेशनल भास्कुलर समिट हुँदै

Sep 10th 4:36 PM
समाचार

डा. झाको नेतृत्वमा वीरमा दुर्लभ न्यूरोसर्जरी, एउटै बिरामीका ६ वटा एन्युरिज्म सफल क्लिपिङ

Sep 10th 1:47 PM
समाचार

बाढी प्रभावितकालागि युएसभी फर्मास्युटिकल्सको चिकित्सक संघ मार्फत डेढ करोड रुपैया सहयोग

Sep 6th 4:02 AM
समाचार

बाढी प्रभावित क्षेत्रका क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार

Sep 3rd 12:31 PM
समाचार

स्वास्थ्य प्राथमिकतामा छलफल गर्न दक्षिण–पूर्वी एसियाका स्वास्थ्यमन्त्री भेला हुँदै

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134400
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

14
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

24
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

20
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web