• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • July 3rd, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
बिशेषज्ञ लेख

यस्तो हुनुपर्छ मधुमेहका बिरामीको खाना

January 4th, 2019 बिशेषज्ञ लेख 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
यस्तो हुनुपर्छ मधुमेहका बिरामीको खाना

डा. अलर्क देवकोटा रजौरिया,

मधुमेहका बिरामीले खानपानमा विशेष ध्यान दिनुपर्छ । अस्वाभाविक खानपानकै कारण हाम्रो समाजमा हिजोआज मधुमेहको जोखिम बढ्दै गइरहेको छ । खानपानमा ध्यान नदिँदा नै मोटोपन बढ्छ र यही मोटोपनले मानिसलाई अल्छी बनाउँछ । जसको परिणामस्वरूपमधुमेह हुन्छ । त्यसैले मधुमेहबाट बच्न र भइसकेकाले पनि खानपानमा विशेष ध्यान दिनै पर्छ ।

के खाने, के नखाने ?

बिहानको खाना राम्ररी खानु पर्छ । सकभर सानो थाल वा प्लेटमा खाने बानी बसाल्नुपर्छ । पेट उकुसमुकुस हुने गरी खानु हुँदैन । खाना खाँदा थालमा ५० प्रतिशत सागपात, तरकारी, सलाद हुनुपर्छ भने २५प्रतिशत भात र २५प्रतिशत दाल, मासु वा प्रोटिन हुनुपर्दछ । कति आकारको प्लेटमा खाने त ? यो व्यक्तिको तौल, उचाइअनुसार हुन्छ । तर सामान्यतया ९ इन्चको प्लेट उपयुक्त मानिन्छ । बिहानको खानाको तुलनामा बेलुकीको खाना एक चौथाइमात्र खानु पर्छ । बेलुकी खाना खाएपछि हामी सुत्छौ । त्यसको उद्देश्य सुत्नु मात्र हो । दिउँसोको खाना खाएपछि हामी काम गर्छौ । बेलुका खाना पाएपछि सुत्छौ । त्यसैले बेलुका खाना कम खाने गर्नुपर्दछ । बेलुकीको खाना छिटो खानु उपयुक्त हुन्छ । खाना खाएपछि सामान्यतया दुई घण्टा अगाडि सुत्नु हुँदैन । दुई घण्टा खाना पच्न समय लाग्छ । बेलुकीको खाना हल्का हुनुपर्छ । रोटी खान सकिन्छ । फलफुल, सलाद, सुप मात्र खाएर पनि सुत्न सकिन्छ । भात नै खानुपर्छ भन्ने छैन

जङ फुड बहिस्कार गरौं

हिजोआज जङफुडको बोलावाला छ । यसले मोटोपन गराउँछ । बालबालिकालाई भान्छामा पाकेको खानेकुरा खुवाउनुपर्छ । आफ्नो सजिलोका लागि र उनीहरूको जिद्दीले तयारी खानेकुरा दिने बानी बसाल्नु हुँदैन । यही मोटोपनले मधुमेहसहित अन्य रोगहरू निम्त्याइरहेको छ । त्यसैले यसको प्रयोग घटाउनै पर्छ । मैदाले बनेका खाद्य पदार्थ खानु हुँदैन । मैदाले बनेका पुरी, मम, समोसा स्वास्थ्यका लागि राम्रा होइनन । मैदाले बनेको चिज शरीरले तान्छ । सोस्छ । त्यसैले पिठोले बनेको रोटी राम्रो हुन्छ । पिठोमा हुने छोक्राले तान्न सक्दैन । मैदासँग चिल्लो पनि छ भने त्यसले झन् खराब गर्छ । मैदासँग चिल्लो र चिनी मिसिएको खानेकुरा त अझ हानिकारक हुन्छन् ।

कुन तेल राम्रो त ?

हामी खानेतेल प्रयोग गर्दा यो तेल राम्रो भन्छौं । राम्रो भनिएका तेल पनि धेरै प्रयोग गर्दा हानिकारक हून्छन । त्यसैले हामीले खानेकुरामा प्रयोग गर्ने तेलको मात्र न्यून हुनुपर्छ । सामान्यत पाँच जनाको परिवारका लागि एक लिटर खाने तेल एक महिना पुग्नुपर्छ । धेरै तेल राखेर झानेको दाल राम्रो होइन । हामी साग तरकारी भुट्दा तेलबाट मज्जाले धुवाँ आउन दिन्छौं । धुवाँ आएको तेलमा झ्वाई गरेर साग तरकारी भुट्छौ । तर डढाएको तेल राम्रो होइन । धुवाँ आउने गरी तेल तताउनु हँुदैन । डढाएको तेलले मुटुमा असर गर्छ । साग तरकारी उमालेर पकाएको राम्रो मानिन्छ । तर त्यो सकिँदैन भने एकदमै थोरै तेलमा भुट्नु लाभदायक हुन्छ । एक पटक तताएको तेल दोस्रो पटक प्रयोग गर्नुहँुदैन । स्कुल जाने बच्चाहरूमा मोटोपन बढ्दै छ । स्कुलमा खेल्ने ठाउको अभाव छ । घरबाट बाहिर निस्केर खेल्न खुला ठाउँ छैन । सबैका लागि बजारमा पाइने तयारी खाना सजिलो भएको छ । यसरी नै जङफुडको प्रचलन बढ्दै जाने हो भने अबको १० वर्ष पछि यसले विकराल रूप लिनेछ ।

मधुमेहले महामारीको रूप लिन सक्छ

मधुमेह नियन्त्रण गर्न अहिलेदेखि नै खानपान र मोटोपन नियन्त्रण गर्न जरुरी छ । एउटै भान्छामा फरकफरक व्यक्तिका लागि फरकफरक खाना पाक्नु राम्रो होइन । मधुमेहका बिरामीका लागि छुट्टै र अरूका लागि छुट्टै पकाउनै हुँदैन । मधुमेहका बिरामीले पनि जे पाक्ने त्यही खानुपर्छ । तर के कति मात्रामा खाने र कस्तो खाने भन्ने कुराको भने सधैं हेक्का राख्नुपर्छ । चिल्लो खानु भएन । कम खानु प¥यो । जे खाए पनि थोरै थोरै गरेर खानुपर्छ ।  हाम्रो शरीरलाई तन्दुरुस्त राख्न खाना खाएर मात्र पुग्दैन । हाम्रो शरीरमा खानाको भूमिका ३० देखि ४० प्रतिशत मात्र हुन्छ । बढी भूमिका शारीरिक व्यायामको हुन्छ । हरेक दिन ३० देखि ४५ मिनेट व्यायाम गर्नु पर्छ । व्यायाम गर्नु भनेको सामान्य हिडडुल होइन । हिँड्दासास फुल्नुपर्छ । पसिना निस्किनु पर्छ । रोगले धनी वा गरिब चिन्दैन । सबैलाई समात्न सक्छ । साग, तरकारी, फलफूल र सलाद महंँगो नै खानुपर्छ भन्ने छैन । मौसमअनुसारको तरकारी र फलफूल खानुपर्छ । उचाइ र तौलअनुसारको खाना खानुपर्छ । धूमपान कुनै पनि रोगका लागि राम्रो होइन । मधुमेहका लागि त झन् खतरनाक नै हो । यसले मिर्गौला, मुटु, फोक्सो र आँखामा मधुमेह गराउँछ । खानपानका नियम पालन गर्न सक्यौं भने मधुमेह नियन्त्रण गर्न सकिन्छ ।

स्वास्थ्य जाँच आवश्यक

मधुमेहमा औषधिको विकल्प छैन । चिकित्सकले औषधि खानै पर्ने अवस्थामा मात्र औषधिको सेवन गर्न सल्लाह दिन्छ । निको हँुदै गएपछि औषधि बन्द गराउन सकिन्छ । धेरैजसोको गुनासो हुन्छ मैले त महिनामा दुई पटकसम्म जाँच गराएको थिएँ । तर एक्कासि मधुमेह देखियो । ब्लड टेस्ट गर्दैमा मधुमेह भए, नभएको यकिन गर्न सकिँदैन । खाली पेट रगत जाँच, खाना खाएको दुई घण्टापछि रगत जाँच र एचबीएवानसी गरी तीनवटै जाँच गरेपछि मधुुमेह भए, नभएको पत्ता लगाउन सकिन्छ ।

 ( डा. देवकोटा एमबीबीएस, एमडी इन्टरनल मेडिसिनडीएम, डाइबेटिज एन्ड इन्डोक्राइनोलोजी हुन् । उनी हाल नेपाल डाइबेटिज, थाइरोइड, इन्डोक्राइनोलोजी एन्ड फिजिसियन सेन्टर, नयाँबानेश्वर र वीर अस्पतालमा कार्यरत छन् । )

 

 

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article  क्यान्सर विरामीको आत्मबल बढाउन पहिलो पटक र्‍याम्प शो : स्वरूपा
Next article नेताका नाममा खोलिएका अस्पताल सेवामुखी हुनुपर्छ : पूर्व राष्ट्रपति डा. यादव

Health Today Nepal

Related Posts

समान्य नहुनसक्छ रुघाखोकी

समान्य नहुनसक्छ रुघाखोकी

के हो प्रजनन अङ्गको सङ्क्रमण

के हो प्रजनन अङ्गको सङ्क्रमण

मधुमेहबाट बच्न सानो थाल

मधुमेहबाट बच्न सानो थाल

Leave a Reply Cancel reply

Timeline
Jul 1st 12:16 PM
समाचार

अब देशका ७५३ वटै पालिकामा पुग्ने भयो आयुर्वेद सेवा

Jun 30th 10:11 AM
समाचार

सुर्तीजन्य पदार्थ नियन्त्रणका सबैको सहकार्य आवश्यक

Jun 29th 9:37 AM
समाचार

स्वास्थ्य मन्त्री पौडेलको वीर अस्पतालमा उपचार हुँदै

Jun 27th 3:11 AM
समाचार

स्वास्थ्य अनुसन्धान र खोज पत्रकारिता सम्बन्धी कार्यशाला सम्पन्न

Jun 23rd 5:02 PM
समाचार

वर्षौंपछि स्वास्थ्य क्षेत्रमा ५ वर्षमा १२ हजार जनशक्ति थप्ने प्रक्रिया थालेका छौं : स्वास्थ्य मन्त्री पौडेल

Jun 23rd 4:55 PM
समाचार

सुदर्शन देवकोटा स्मृति स्वास्थ्य पत्रकारिता पुरस्कार गोराखपत्रका स्वास्थ्य पत्रकार ढुङ्गेललाई

Jun 18th 10:46 AM
समाचार

राष्ट्रपति पौडेलद्वारा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक प्रमाणीकरण

Jun 17th 4:41 PM
समाचार

नेपालमा विश्व जनसंख्याको अवस्था प्रतिवेदन सार्वजनिक

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131641
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

24
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

22
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

23
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
नमराज भट्ट
सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315, 9848851122

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web