• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 1st, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

नेताका नाममा खोलिएका अस्पताल सेवामुखी हुनुपर्छ : पूर्व राष्ट्रपति डा. यादव

January 5th, 2019 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
नेताका नाममा खोलिएका अस्पताल सेवामुखी हुनुपर्छ : पूर्व राष्ट्रपति डा. यादव

हेल्थ टुडे,

काठमाडौं, २१ पुष :  पूर्व राष्ट्रपति डा.रामवरण यादवले नेताका नाममा खोलिएका अस्पताल नाफामुखीभन्दा सेवामुखी हुनु पर्ने बताएका छन । राजधानीको बसुन्धरामा रहेको वीपी स्मृति सामुदायिक अस्पतालको शनिबार ११ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै डा. यादवले स्वर्गिय वीपी कोइराला, महेन्द्र नारायण निधी, गणेशमान सिहं लगायतका सम्मानित नेताहरुको नाममा अस्पताल सञ्चालन हुनु खुशीको कुरा भए पनि तिनीहरुले कम शुल्कमा गुणस्तरीय सेवा दिनु पर्नेमा जोड दिए । पछिल्ला वर्षमा अर्बौ लगानीमा नाफामुखी निजी अस्पताल स्थापना भइरहेको औल्याउदै  कम शुल्कमा सर्वसाधारणलाई गुणस्तरीय सेवा प्रदान गर्नु सामुदायिक अस्पतालहरुका लागि चुनौति भएको बताए ।

डा. यादवले भने, ‘नेताहरुका नाममा खोलिएका अस्पतालहरुले राम्रो सेवा प्रवाह गर्न नसके सञ्चालकहरुको मात्र नभई सम्मानित नेताहरुको नाम पनि बदनाम हुने भएकाले त्यसतर्फ सधै चनाखो हुनु पर्छ । ’ पूर्व राष्ट्रपति डा. यादवले आफुले सात वर्ष पहिले क्यान्सर परिक्षणका लागि आवश्यक पेट स्क्यान मेसिन खरिद गर्न २५ करोड बजेट समेत बिनियोजन गराएको स्मरण गर्दै सरकारले अहिलेसम्म खरिद गर्न नसक्नु चिन्ताको बिषय भएको बताए । उनले प्रश्न गरे, २५ करोड बजेट विनियोजन समेत भइसकेको थियो । किन ल्याइएन पेट स्क्यान मेसिन ? त्यति बेला नेपालमा पेट स्क्यान मेसिन नभएकाले क्यान्सर भए नभएको परिक्षण गर्न डा. यादव जापान गएका थिए ।

 

साधारण सभामा नेपाली कांग्रेसका उपसभापति बिमलेन्द्र नीधिले वीपी कोइराला, महेन्द्रनारायाण नीधि र गणेशमानका नाममा खुलेका सामुदायिक अस्पतालहरुले एक आपसमा सहकार्य गरेर गुणस्तरीय उपचारमा केन्द्रित हुनु पर्ने बताए । कांग्रेस नेता एवं पूर्व स्वास्थ्य मन्त्री अर्जुननरसिंह केसीले दश वर्षभित्र विपी, नीधि र गणेशमानका नाममा तीन वटा सरकारी मेडिकल कलेज खोल्ने गरि अगाडि बढ्नु पर्ने बताए ।  पूर्व शिक्षा मन्त्री गोपालमान श्रेष्ठले विशेषज्ञ र नाम चलेका चिकित्सक आकर्षित गर्न सके अस्पतालले बढी से बढी विरामीलाई सर्भसुलभ सेवा दिन सक्ने भएकाले त्यस तर्फ अस्पताल प्रशासनले ध्यान दिनु पर्नेमा जोड दिए ।

 

वीपी स्मृति सामुदायिक सहकारी अस्पतालका अध्यक्ष डा. केदारनरसिंह केसीले अस्पतालले आफ्नै भवनबाट सेवा सञ्चालन सुरु गर्नु सफलता भएको जानकारी गराउदै  अस्पतालको सेवा सुविधामा पनि व्यापक सुधार गरिएको बताए । अस्पतालले नाफाभन्दा सेवालाई सधै केन्द्रमा राखेर सर्वसुलभ उपचार सेवा प्रदान गरिरहेको दावी गर्दै भविश्यमा पनि अझ गुणस्तरीय उपचारलाई महत्व दिएर अगाडि बढ्ने बताए । अस्पतालका सेयर सदस्य ५ सय ५६ जना छन भने शेयरपूजिँ ७ करोड रहेको छ । अस्पतालले स्टाप नर्स, हेल्थ असिस्टेन्ट लगायतका जनशक्ति पनि उत्पादन गर्दै आइरहेको छ ।

 

 

 

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article क्यान्सर सर्भाइभर र्‍याम्प  सो आज
Next article यस्तो हुनुपर्छ मधुमेहका बिरामीको खाना

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Sep 19th 3:05 AM
समाचार

नेस्कमको चौथो सम्मेलन : जलवायु र विपद्सँग जुध्न स्वास्थ्य प्रणालीमा जोड

Sep 17th 10:32 AM
समाचार

कोटेश्वर बहुमुखी क्याम्पसमा स्नातक तहका नवआगन्तुक विद्यार्थीको भव्य स्वागत

Sep 17th 7:36 AM
समाचार

ह्यूमन लाइफ साइन्स र जीसीबीसीद्वारा डेढ करोड बढीको हैजा विरुद्वको खोप सहयोग

Sep 16th 10:24 AM
समाचार

आउँदो चैतमा नेपालमा दोस्रो हिमालयन इन्टरनेशनल भास्कुलर समिट हुँदै

Sep 10th 4:36 PM
समाचार

डा. झाको नेतृत्वमा वीरमा दुर्लभ न्यूरोसर्जरी, एउटै बिरामीका ६ वटा एन्युरिज्म सफल क्लिपिङ

Sep 10th 1:47 PM
समाचार

बाढी प्रभावितकालागि युएसभी फर्मास्युटिकल्सको चिकित्सक संघ मार्फत डेढ करोड रुपैया सहयोग

Sep 6th 4:02 AM
समाचार

बाढी प्रभावित क्षेत्रका क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार

Sep 3rd 12:31 PM
समाचार

स्वास्थ्य प्राथमिकतामा छलफल गर्न दक्षिण–पूर्वी एसियाका स्वास्थ्यमन्त्री भेला हुँदै

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134400
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

14
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

24
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

20
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web