• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • March 18th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

सातौ नेपाल फर्मा एण्ड हेल्थ एक्स्पो चितवनमा सुरु, उद्योग मन्त्रीले भने, ‘औषधिमा आत्मनिर्भर बन्न सरकारको पूर्ण सहयोग ’

March 2nd, 2019 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
सातौ  नेपाल फर्मा एण्ड हेल्थ एक्स्पो चितवनमा सुरु, उद्योग मन्त्रीले भने, ‘औषधिमा आत्मनिर्भर बन्न सरकारको पूर्ण सहयोग ’

हेल्थ टुडे,

चितवन :  सातौ नेपाल फर्मा एण्ड हेल्थ एक्स्पो शुक्रबारदेखि चितवनको प्रदर्शनी केन्द्रमा शुरु भएको छ । तिनदिनसम्म चल्ने एक्स्पोको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले उद्घाटन गरेका हुन । उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री यादवले औषधिमा नेपाललाई आत्मनिर्भर बनाउन सरकारले पूर्ण सहयोग गर्ने बताए । उनले भने, ‘ औषधिमा नेपाल आत्मनिर्भर हुनु पर्छ भन्ने कुरामा सरकार स्पष्ट छ । यसका लागि सरकार पूर्ण सहयोग गर्न तयार छ ।’ सरकारले कहाँ कहाँ सहयोग गर्नु पर्ने त्यसको स्पष्ट खाका ल्याएर छलफलमा आउन मन्त्री यादवले औषधि व्यवसायीलाई आव्हान गरे । पछिल्ला वर्ष नेपाली औषधि कम्पनीको संख्या बढ्दै जानु र नेपाली औषधिप्रति जनताको विश्वास बढ्दै जानु खुशीको कुरा भएको बताउदै मन्त्री यादवले गुणस्तरलाई सधै केन्द्रमा राखेर अगाडि बढ्नु पर्ने सुझाव दिए ।

कार्यक्रममा औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकालले स्वदेशी उत्पादनलाई प्राथमिकतामा राखेर विभाग अगाडि बढीरहेको बताए । नेपाल उद्योग परिसंघका अध्यक्ष एवं देउराली जनता फर्मास्यूटिकल्सका कार्यकारी निर्देशक हरिभक्त शर्माले सरकारले देशलाई औषधिमा साच्चिकै आत्मनिर्भर बनाउने हो भने पहिलो चरणमा कम्तिमा पनि एक सय प्रकारका औषधिको आयातमा कडाई गर्नुपर्नेमा जोड दिए । विदेशबाट आइरहेको औषधिमा रोक लगाइन भने आत्मनिर्भर गफ मात्र हुने उनले बताए ।

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष उमेशलाल श्रेष्ठले सरकारले नीति परिवर्तन नगरेसम्म आत्मनिर्भर हुन नसकिने दावी गर्दै सरकारलाई उद्योगहरुलाई हेर्ने दृष्टिकोण नै परिवर्तन गर्नु पर्ने बताए ।

नेपाल औषधि उत्पादक संघका अध्यक्ष दीपकप्रसाद दाहालले सरकारले नेपाली उद्योगको विकास विस्तारमा सहजिकरण गरेको खण्डमा ५ वर्षभित्र नेपाल औषधिमा ८० प्रतिशत आत्मनिर्भर हुने दावी गरे । उनले भारत र बंगालादेश औषधि उद्योगको उदाहरण दिदै आत्मनिर्भर बन्न नेपालमा पनि सरकारले उद्योगलाई साथ र सहयोग गर्नु पर्नेमा जोड दिए । एक्स्पोमा स्वदेश र विदेशका गरी २ सय स्टल रहेको एक्स्पोका मिडिया कोअर्डिनेटर विप्लब अधिकारीले जानकारी दिए । एक्स्पोमा करिव ५० हजार दर्शक आउने अपेक्षा आयोजकले गरेको छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article स्पेन संसारकै स्वस्थ मुलुक, नेपाल १ सय १० औं स्थानमा
Next article सुदूरपश्चिम प्रदेश प्रमुख मल्लको मेदान्तमा उपचार हुँदै

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Mar 13th 10:32 AM
समाचार

नेपाल फार्मा एक्स्पो २०२६ को उद्घाटन : नेपाली औषधिको गुणस्तरमाथि शंका नगर्न एपोन अध्यक्षको आग्रह

Mar 12th 2:56 PM
समाचार

मिर्गौला प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उल्लेखनिय कार्य गरेको छ : डा. शर्मा

Mar 12th 3:00 PM
अन्तर्वार्ता

मिर्गौला प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उल्लेखनिय कार्य गरेको छ : डा. शर्मा

Mar 12th 12:32 PM
समाचार

विश्व मिर्गौला दिवसमा स्वास्थ्य अभियान नेपालको चेतनामूलक प्रभातफेरी

Jan 23rd 11:35 PM
अन्तर्वार्ता

sex telegram group ✓ Join 200+ Adult Telegram Groups ➤ Access NSFW Content

Jan 23rd 11:35 PM
अन्तर्वार्ता

heu kms activator ✓ Activate Windows Office 2025 ➤ Full Features Access

Feb 21st 6:31 AM
समाचार

ढुंगेललाई क्यान्सर सचेतना तथा हिंसाविरुद्धको राष्ट्रिय पत्रकारिता पुरस्कार

Feb 14th 3:56 PM
समाचार

स्वासप्रस्वास सम्बन्धि सेवा दिन ललितपुरको मान भवनमा खुल्यो नेशनल चेष्ट सेन्टर

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132589
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

26
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

23
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

24
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web