• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • May 13th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

सुदूरपश्चिम प्रदेश प्रमुख मल्लको मेदान्तमा उपचार हुँदै

March 2nd, 2019 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
सुदूरपश्चिम प्रदेश प्रमुख मल्लको मेदान्तमा उपचार हुँदै

हेल्थ टुडे,
काठमाडौ,१८ फागुनः सुदुरपश्चिम प्रदेशका प्रदेश प्रमुख मोहनराज मल्लको दिल्ली स्थित मेदान्त हस्पिटलमा उपचार भईरहेको छ । प्रदेश प्रमुख मल्लको स्वास्थ्य अवस्था सुधार हुन नसकेपछि उनलाई फागुन १५ गते डाक्टरको सल्लाह अनुसार नै एयर एम्बुलेन्सबाट मेदान्त हस्पिटल लगिएको थियो । प्रदेश प्रमुख मल्ललाई कडा निमोनिया भएपछि धनगढीबाट फागुन ५ गते काठमाडौं ल्याइएको थियो । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जको आईसियूमा उपचार गराएपनि स्वास्थ्यमा सुधार हुन नसकेपछि उहाँलाई एयर एम्वुलेन्सबाट दिल्ली स्थिति मेदान्त हस्पिटल लगिएको थियो । त्रिवि शिक्षण अस्पतालका निर्देशक डा.प्रेम खड्काका अनुसार अक्सिजन सेचुरेशन मेन्टन गर्न नसकेको र ह्वाइट ब्लड सेल्स पनि कम देखिएपछि थप उपचारका लागि मेदान्त लगिएको हो । सुरुमा कडा निमोनिया भएपछि मल्ललाई पहिले धनगढीस्थित निसर्ग हस्पिटलमा उपचार गरिएको थियो । त्यहा स्वास्थ्यमा सुधार भएपछि उनलाई सेनाको हेलिकोप्टरबाट काठमाडौं ल्याइएको थियो । मल्ललाई सुरुमा मनमोन कार्डियो भास्कुलर एण्ड थोसासिस सेन्टरमा भर्ना गरिएको थियो । त्यहाँबाट केही दिन अघि उनलाई टिचिङ हस्पिटलको आईसियू १ मा सारिएको थियो । ७० बर्षिय मल्लको शारिरीक अवस्था कमजोर रहेको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article सातौ नेपाल फर्मा एण्ड हेल्थ एक्स्पो चितवनमा सुरु, उद्योग मन्त्रीले भने, ‘औषधिमा आत्मनिर्भर बन्न सरकारको पूर्ण सहयोग ’
Next article परिवार नियोजनका अस्थायी साधन डिपो र कण्डमको अभाव

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Apr 24th 1:08 PM
समाचार

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको १४ औं वार्षिक उत्सव सम्पन्न

Apr 24th 11:03 AM
लेखविचार

सहरिकरणले बढायो मधुमेह

Apr 8th 3:17 PM
अन्तर्वार्ता

चैत २७ देखि हुदैछ स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको १२ औँ शिखर सम्मेलन

Apr 4th 5:46 PM
समाचार

क्यान्सर रोग विशेषज्ञ डा.न्यौपानेको निधन

Mar 30th 4:27 PM
समाचार

स्वास्थ्य बीमाका बिरामीलाई कुनै पनि बहानामा भेदभाव नगर्न बोर्डको निर्देशन

Mar 25th 8:31 AM
समाचार

एपोनका अध्यक्ष विप्लव अधिकारीद्वारा उद्योग वाणिज्य महासंघको सदस्य पदमा उम्मेदवारी घोषणा

Mar 13th 10:32 AM
समाचार

नेपाल फार्मा एक्स्पो २०२६ को उद्घाटन : नेपाली औषधिको गुणस्तरमाथि शंका नगर्न एपोन अध्यक्षको आग्रह

Mar 12th 2:56 PM
समाचार

मिर्गौला प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उल्लेखनिय कार्य गरेको छ : डा. शर्मा

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132851
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

34
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

26
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

30
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web