• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • December 3rd, 2023
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
यौन स्वास्थ्य

परिवार नियोजनका अस्थायी साधन डिपो र कण्डमको अभाव

March 3rd, 2019 यौन स्वास्थ्य 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
परिवार नियोजनका अस्थायी साधन डिपो र कण्डमको अभाव

लहान,१९ फागुन । सिरहाको सुखीपुर नगरपालिकास्थित स्वास्थ्य संस्थामा महिलाको परिवार नियोजनका अस्थायी साधन ‘डिपो’ र पुरुषले प्रयोग गर्ने कण्डमको अभाव भएको छ । स्वास्थ्य संस्थाबाट निःशुल्क रूपमा महिलाले प्रत्येक तीन महीनाका लागि अस्थायी साधनको रूपमा लगाउने गरेको डिपो खोप र पुरुषले प्रयोग गर्ने कण्डमको अभाव हुँदा इच्छा विपरित पनि महिलाले गर्भधारण गर्नुपर्ने बाध्यता उत्पन्न भएको छ ।

कण्डम, पिल्सजस्ता अरू पनि अस्थायी साधन छन् तर परिवार नियोजनका लागि अधिकांश दम्पतीले डिपोको प्रयोग गर्दै आएका छन् । सुखीपुर क्षेत्रमा हरेक तीन महीनामा एक हजार २०५ महिलाले डिपो र प्रतिमहीना २०० भन्दा बढी पुरुषले कण्डम प्रयोग गर्दै आएको स्वास्थ्य चौकी सुखीपुरको तथ्याङ्कमा उल्लेख छ ।

स्वास्थ्य चौकी सुखीपुरका प्रमुख भुपेशरतन यादवले भनेः‘ एक महीनाअघि नै डिपो सकिएपछि डिपो नआएसम्मका लागि पसलबाटै खरीद गरेर कण्डम प्रयोग गर्न सल्लाह दिएको छु ।’ डिपो र कण्डम खरीद गरी आपूर्ति गर्न स्थानीय सरकारलाई आग्रह गरेको र छिट्टै आपूर्ति गर्ने प्रतिबद्धता आएको उनको भनाई छ ।

नवविवाहिता बाहेकका अधिकांश महिलाले कण्डम र चक्कीको साटो डिपो खोप लगाउने गरेको उक्त स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मीको भनाइ छ । कण्डम बालबालिकाले भेट्ने, फुक्ने र कण्डम प्रयोग गरेको घरपरिवारका सदस्यले थाहा पाउने भएकाले लाजका कारण महिला र पुरुष कण्डमको साटो डिपोप्रति आकर्षित भएका हुन् ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article औषधि आयातमा रोक लगाउने सरकारको तयारी
Next article समय समयमा प्रोष्टेट परीक्षण गर्न विज्ञको सुझाव

Health Today Nepal

Related Posts

संक्रमित वालवालिका र सरकारको गैरजिम्मेवारीपन

संक्रमित वालवालिका र सरकारको गैरजिम्मेवारीपन

के हो प्रजनन अङ्गको सङ्क्रमण

के हो प्रजनन अङ्गको सङ्क्रमण

यसरि हुन सक्छ पुरुषमा  बाँझोपन

यसरि हुन सक्छ पुरुषमा बाँझोपन

Leave a Reply Cancel reply

Timeline
Nov 27th 3:22 PM
समाचार

एनएमए तेश्रो स्वास्थ्य सम्मेलन सम्पन्न, १६ बुँदे घोषणापत्र जारी

Nov 27th 6:14 AM
समाचार

कोरोनाबाट पहिलो मृत्यु भएकी सावित्रीको छोरालाई स्वास्थ्यमन्त्री बस्नेतले पढाईदिने

Nov 24th 4:16 PM
समाचार

एनएमए नेशनल हेल्थ समिट मंसिर १० देखि, तयारी पुरा

Nov 10th 11:25 AM
समाचार

न्याम्स र ससस्त्र प्रहरी अस्पतालबिच शैक्षिक कार्यक्रम सञ्चालन गर्ने समझदारी

Nov 9th 7:11 AM
समाचार

सर्वोच्चले भन्यो, आयुर्वेदिक औषधिमा पनि डब्लुएचओ जीएमपी अनिवार्य

Nov 9th 6:53 AM
समाचार

यौन तथा प्रजनन् स्वास्थ्य सम्बन्धी परिवार नियोजन संघको अभिमुखीकरण सम्पन्न

Nov 6th 8:35 AM
समाचार

भूकम्पमा ज्यान गुमाएकाहरुको परिवारलाई सरकारले प्रति मृतक २ लाख दिने

Nov 1st 6:35 AM
समाचार

डब्ल्यूएचओ सेरोको निर्देशकको चुनाव आज, नेपाल र बंगालादेशबिच प्रतिस्पर्धा

ताजा समाचार
यौन स्वास्थ्य

संक्रमित वालवालिका र सरकारको गैरजिम्मेवारीपन

2381
वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परिक्षण र महासंघको जिम्मेवारी
बिशेषज्ञ लेख

वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परिक्षण र महासंघको जिम्मेवारी

10
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

9
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

8
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
नमराज भट्ट
सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315, 9848851122

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web