• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • January 31st, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

चीनबाट पढेर आएका ७३ प्रतिशतभन्दा बढी डाक्टर फेल

March 13th, 2019 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
चीनबाट पढेर आएका ७३ प्रतिशतभन्दा बढी डाक्टर फेल

हेल्थ टुडे,

काठमाडौ,२९ फागुनः नेपाल मेडिकल काउन्सिलले विशेषज्ञ चिकित्सकका लागि लिएको विशेष परीक्षामा सहभागी चिकित्साशास्त्रमा एमडी–एमएस–एमडीएस उत्तीर्ण १ सय ५० डाक्टरमध्ये १ सय १० जना फेल भएका छन्  । चीनबाट पढेर आएका ७३ प्रतिशतभन्दा बढी डाक्टर फेल भएका हुन्  ।

नेपालमा चिकित्सकीय अभ्यासका लागि अनुमति प्रदान गर्न लिइने विशेष परीक्षामा उनीहरू उत्तीर्ण हुन नसकेका हुन् । काउन्सिलले चीनको सरकारी विश्वविद्यालयमा समस्या नरहे पनि निजीमा डाक्टरी पढाइका लागि विद्यार्थी नपठाउन शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई सुझाव दिएको छ ।

यो परीक्षामा नेपाल, भारत, चीन, पाकिस्तान, बेलारुस, जापान, किर्गिस्तान, फिलिपिन्स, दक्षिण कोरिया, रुसी महासंघ, अमेरिका र बेलायतलगायत १२ मुलुकमा पढेर आएका विशेषज्ञ डाक्टर सहभागी भएकामा ४० प्रतिशत फेल भएका थिए । स्रोतका अनुसार फिलिपिन्सबाट चिकित्साशास्त्रमा स्नातकोत्तर गरेका ४७ डाक्टर परीक्षामा बसेकामा १८ जना अर्थात् ३८.२ प्रतिशत फेल भए । किर्गिस्तानबाट पढेका ११ मध्ये ९ जना (८१.८ प्रतिशत) डाक्टर फेल भए ।

छिमेकी मुलुक भारतका २३ मध्ये २ (८.६ प्रतिशत), पाकिस्तानका ९ मध्ये १ (११ प्रतिशत) डाक्टर फेल भए भने बेलारुस, दक्षिण कोरियाबाट पढेर आएका एक–एक जना सहभागी भए पनि पास हुन सकेनन् । रुसी महासंघबाट पढेर आएका २ मध्ये एक जना पास भए भने अर्का फेल भएका छन् । बेलायत, अमेरिका, जापानबाट पढेर आएका एक–एक जना सहभागी भएकामा सबै पास भए ।

नेपालको मेडिकल कलेजबाट स्नातकोत्तर गरेका १ सय २१ जना परीक्षामा सहभागी भएकामा ३ जना अर्थात् २.४ प्रतिशत मात्र फेल भए । गत साता लिइएको यो विशेष परीक्षामा सरिक ३ सय ६८ मध्ये १ सय ४६ जना फेल र २ सय २२ जना पास भएका हुन् । फेल भएका यी चिकित्सकले विशेषज्ञको हैसियतले मुलुकमा काम गर्न पुनः ४ महिनापछि लिइने लाइसेन्स परीक्षा उत्तीर्ण हुनुपर्छ ।

केही वर्षयता काउन्सिलले मुलुकमा चिकित्सकीय अभ्यास गर्न अनुमति दिन लिने लाइसेन्स परीक्षामा सहभागी एमबीबीएस–बीडीएस गरेकासमेत करिब आधाजति डाक्टरहरू फेल भइरहेका छन् । मुलुकभर काउन्सिलमा दर्ता चिकित्सक करिब २३ हजार छन् । यीमध्ये करिब ७ हजार विशेषज्ञ चिकित्सकका रूपमा दर्ता छन् ।

रेडियोलोजीमा सबैभन्दा बढी फेल

नेपाल मेडिकल काउन्सिलद्वारा लिइएको विशेषज्ञ चिकित्सकको विशेष परीक्षामा सबैभन्दा बढी रेडियोलोजी र त्यसपछि इन्टरनल मेडिसिनका डाक्टरहरू फेल भएका छन् । स्नातकोत्तरमा रेडियोलोजी पढेका ४९ जना विशेषज्ञ डाक्टर विशेष परीक्षामा संलग्न भए पनि ३७ जना अर्थात् ७५.५ प्रतिशत फेल भए ।

यस्तै इन्टरनल मेडिसिन पढेका ७१ डाक्टर परीक्षामा संलग्न भए पनि ४३ जना (६० प्रतिशत) फेल भएका थिए । पेडियाट्रिक्स पढेका २८ डाक्टरमध्ये १२ जना (४२.८ प्रतिशत) फेल भए । जनरल सर्जरीमा ३१ मध्ये १२ (३९ प्रतिशत) तथा अर्थोपेडिक्सका १८ मध्ये ७ (३८.८ प्रतिशत) फेल भए ।(कान्तिपुर दैनिकबाट)

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article स्वास्थ्य सामग्री नहुँदा जिल्ला अस्पतालको सेवा प्रभावित
Next article ४२ दिनदेखि गण्डकी मेडिकल कलेज ठप्प

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jan 15th 2:35 PM
अन्तर्वार्ता

सुस्वास्थ्य अस्पतालले स्थापनाको एक दशक १८ हजारलाई दियो सेवा

Jan 15th 3:53 AM
स्वास्थ्य विशेष

एन्टिमाइक्रोबियल रेसिस्टेन्स: नेपालका लागि बढ्दो स्वास्थ्य चुनौती

Dec 25th 3:43 PM
समाचार

चिकित्सक संघको नेतृत्वका लागि डा. बद्री रिजालको टीमद्वारा ६ बुदे प्रतिवद्धता सार्वजनिक

Dec 21st 4:22 PM
समाचार

५० हजारको ध्यान अभ्याससँगै आर्ट अफ लिभिङ नेपालले मनायो विश्व ध्यान दिवस

Dec 13th 2:27 PM
अन्तर्वार्ता

सुर्तीजन्य पदार्थ नियन्त्रणमा सरकारी संयन्त्रबीच समन्वय अभाव रहेको सरोकारवालाको जोड

Nov 23rd 5:10 AM
अन्तर्वार्ता

डा. कल्पनाकुमारी श्रेष्ठले सम्हालिन् शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको निर्देशक पद

Nov 23rd 4:58 AM
अन्तर्वार्ता

नेपालमा विश्व अकुपंचर दिवस मनाइयो

Nov 21st 11:14 AM
अन्तर्वार्ता

नेपाल मेडिकल काउन्सिलमा डा. बुढाथोकी र डा. झाको नियुक्ति

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132374
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

26
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

38
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

24
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web