• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • August 15th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

चीनबाट पढेर आएका ७३ प्रतिशतभन्दा बढी डाक्टर फेल

March 13th, 2019 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
चीनबाट पढेर आएका ७३ प्रतिशतभन्दा बढी डाक्टर फेल

हेल्थ टुडे,

काठमाडौ,२९ फागुनः नेपाल मेडिकल काउन्सिलले विशेषज्ञ चिकित्सकका लागि लिएको विशेष परीक्षामा सहभागी चिकित्साशास्त्रमा एमडी–एमएस–एमडीएस उत्तीर्ण १ सय ५० डाक्टरमध्ये १ सय १० जना फेल भएका छन्  । चीनबाट पढेर आएका ७३ प्रतिशतभन्दा बढी डाक्टर फेल भएका हुन्  ।

नेपालमा चिकित्सकीय अभ्यासका लागि अनुमति प्रदान गर्न लिइने विशेष परीक्षामा उनीहरू उत्तीर्ण हुन नसकेका हुन् । काउन्सिलले चीनको सरकारी विश्वविद्यालयमा समस्या नरहे पनि निजीमा डाक्टरी पढाइका लागि विद्यार्थी नपठाउन शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई सुझाव दिएको छ ।

यो परीक्षामा नेपाल, भारत, चीन, पाकिस्तान, बेलारुस, जापान, किर्गिस्तान, फिलिपिन्स, दक्षिण कोरिया, रुसी महासंघ, अमेरिका र बेलायतलगायत १२ मुलुकमा पढेर आएका विशेषज्ञ डाक्टर सहभागी भएकामा ४० प्रतिशत फेल भएका थिए । स्रोतका अनुसार फिलिपिन्सबाट चिकित्साशास्त्रमा स्नातकोत्तर गरेका ४७ डाक्टर परीक्षामा बसेकामा १८ जना अर्थात् ३८.२ प्रतिशत फेल भए । किर्गिस्तानबाट पढेका ११ मध्ये ९ जना (८१.८ प्रतिशत) डाक्टर फेल भए ।

छिमेकी मुलुक भारतका २३ मध्ये २ (८.६ प्रतिशत), पाकिस्तानका ९ मध्ये १ (११ प्रतिशत) डाक्टर फेल भए भने बेलारुस, दक्षिण कोरियाबाट पढेर आएका एक–एक जना सहभागी भए पनि पास हुन सकेनन् । रुसी महासंघबाट पढेर आएका २ मध्ये एक जना पास भए भने अर्का फेल भएका छन् । बेलायत, अमेरिका, जापानबाट पढेर आएका एक–एक जना सहभागी भएकामा सबै पास भए ।

नेपालको मेडिकल कलेजबाट स्नातकोत्तर गरेका १ सय २१ जना परीक्षामा सहभागी भएकामा ३ जना अर्थात् २.४ प्रतिशत मात्र फेल भए । गत साता लिइएको यो विशेष परीक्षामा सरिक ३ सय ६८ मध्ये १ सय ४६ जना फेल र २ सय २२ जना पास भएका हुन् । फेल भएका यी चिकित्सकले विशेषज्ञको हैसियतले मुलुकमा काम गर्न पुनः ४ महिनापछि लिइने लाइसेन्स परीक्षा उत्तीर्ण हुनुपर्छ ।

केही वर्षयता काउन्सिलले मुलुकमा चिकित्सकीय अभ्यास गर्न अनुमति दिन लिने लाइसेन्स परीक्षामा सहभागी एमबीबीएस–बीडीएस गरेकासमेत करिब आधाजति डाक्टरहरू फेल भइरहेका छन् । मुलुकभर काउन्सिलमा दर्ता चिकित्सक करिब २३ हजार छन् । यीमध्ये करिब ७ हजार विशेषज्ञ चिकित्सकका रूपमा दर्ता छन् ।

रेडियोलोजीमा सबैभन्दा बढी फेल

नेपाल मेडिकल काउन्सिलद्वारा लिइएको विशेषज्ञ चिकित्सकको विशेष परीक्षामा सबैभन्दा बढी रेडियोलोजी र त्यसपछि इन्टरनल मेडिसिनका डाक्टरहरू फेल भएका छन् । स्नातकोत्तरमा रेडियोलोजी पढेका ४९ जना विशेषज्ञ डाक्टर विशेष परीक्षामा संलग्न भए पनि ३७ जना अर्थात् ७५.५ प्रतिशत फेल भए ।

यस्तै इन्टरनल मेडिसिन पढेका ७१ डाक्टर परीक्षामा संलग्न भए पनि ४३ जना (६० प्रतिशत) फेल भएका थिए । पेडियाट्रिक्स पढेका २८ डाक्टरमध्ये १२ जना (४२.८ प्रतिशत) फेल भए । जनरल सर्जरीमा ३१ मध्ये १२ (३९ प्रतिशत) तथा अर्थोपेडिक्सका १८ मध्ये ७ (३८.८ प्रतिशत) फेल भए ।(कान्तिपुर दैनिकबाट)

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article ४२ दिनदेखि गण्डकी मेडिकल कलेज ठप्प
Next article स्वास्थ्य सामग्री नहुँदा जिल्ला अस्पतालको सेवा प्रभावित

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Aug 14th 1:27 PM
समाचार

बेड नपाएर त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्ष बाहिर बिरामीको मृत्यु

Aug 13th 2:02 PM
समाचार

ग्लोबल फण्डको पिआरमा युएनडिपीलाई निरन्तरता

Aug 13th 10:27 AM
समाचार

मिर्गौला फेल हुने मध्ये ३० प्रतिसत वैदेशिक रोजगारीबाट फर्केका

Aug 11th 12:01 PM
समाचार

नारायणी अस्पतालमा विगत दुई दिनदेखि एन्टी स्नेक भेनम अभाव

Aug 9th 10:46 AM
समाचार

नेत्र ज्योति संघलाई डब्लुएचओ दक्षिण–पूर्वी एसिया क्षेत्रीय ‘पब्लिक हेल्थ च्याम्पियन्स’ अवार्ड

Aug 9th 7:37 AM
समाचार

डा. नुतन शर्मासंग प्रहरीले लियो बयान

Aug 6th 12:44 PM
समाचार

नर्सिङ काउन्सिलले पायो नयाँ नेतृत्व, अध्यक्षमा सकुन्तला प्रजापति

Aug 6th 4:15 AM
समाचार

ढल्केबर ट्रमा सेन्टर निर्माण योजना यथावत् : स्वास्थ्यमन्त्री मेहता

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134022
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

122
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

29
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

117
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web