• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • July 6th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

स्वास्थ्य सामग्री नहुँदा जिल्ला अस्पतालको सेवा प्रभावित

March 13th, 2019 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
स्वास्थ्य सामग्री नहुँदा जिल्ला अस्पतालको सेवा प्रभावित

हेल्थ टुडे,
चौतारा,२९ फागुनः स्वास्थ्य सामाग्रीको अभावमा  सिन्धुपाल्चोक जिल्ला अस्पतालको सेवा प्रभावित भएको छ । एक मेडिकल सुपरिटेन्डेन्ट र दुई मेडिकल अधिकृतसहित तीन दरबन्दी रहेको जिल्ला अस्पताल चौतारामा हाल सात जना डाक्टर कार्यरत छन् । तर, स्वास्थ्य सामग्री अभावले उपचार प्रभावित हुने गरेकोे छ ।

एक्सरे मेसिन बिग्रिएको छ भने सरकारले आवश्यक औषधि समयमै नपठाउँदा बिरामीलाई धुलिखेल वा काठमाडौं रिफर गर्नुपर्ने अस्पतालको बाध्यता छ ।  आवश्यक सामाग्री अभावकै कारण सुत्केरी गराउँदा हुने अप्रेसनबाहेक अरू अप्रेसन सेवा अस्पतालले दिन सकेको छैन । पुराना सामग्री काम नलाग्ने भइसकेकाले अन्य रोगको अप्रेसन बन्द गरिएको त्यहाँ कार्यरत चिकित्सक बताएका छन् ।

नियमले जिल्ला अस्पताल १५ शैय्याको हो । तर, बिरामीको चाप बढी रहेकाले ३४ शैय्याको बनाइएको छ । सरकारले सर्वसाधारणलाई निःशुल्क दिने ७० प्रकारका औषधि समेत सकिन लागेका छन् । औषधि किन्न बजेट छैन । जिल्ला अस्पताललाई कुनै अख्तियारी पनि दिइएको छैन ।

निःशुल्क दिइने औषधिको बजेट नगर र गाउँपालिकालाई पठाइएकाले समस्या परेको हो । जिल्लाका १२ वटै स्थानीय तहले ढिलो गरी औषधि खरिद गर्न जिल्ला अस्पताल र स्वास्थ्यचौकीलाई बजेटको अख्तियारी पठाएका छन् । जसकारण आजसम्म औषधि खरिद प्रक्रिया अगाडि बढेको छैन ।

जिल्ला जनस्वास्थ्यका सिन्धुपाल्चोक नायब सुब्बा शंकर दाहालका अनुसार निःशुल्क पाइने कतिपय औषधि सकिएकाले बिरामीले अस्पतालको फार्मेसी र विभिन्न मेडिकलबाट किनेर सेवन गरिरहेका छन् । जिल्लाका अन्य स्वास्थ्य संस्थामा पनि निःशुल्क वितरण गरिने औषधिको अभाव छ । ती स्वास्थ्य संस्थाले सरकारले दिने ३५ मध्ये ३० औषधि निःशुल्क वितरण गर्दै आएका छन् ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article विश्व मृगौला दिवसको अवसरमा स्टार हस्पिटलद्वारा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन, ५ सय भन्दा बढीले लिए सुविधा
Next article चीनबाट पढेर आएका ७३ प्रतिशतभन्दा बढी डाक्टर फेल

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jul 5th 8:43 AM
समाचार

चिकित्सक संघले सोमबार आकस्मिक बाहेकका सबै सेवा बन्द गर्ने

Jul 5th 8:15 AM
समाचार

नेपाल आयुर्वेद चिकित्सक संघले मनायो २८ औं बार्षिकोत्सब

Jul 1st 12:16 PM
समाचार

अब देशका ७५३ वटै पालिकामा पुग्ने भयो आयुर्वेद सेवा

Jun 30th 10:11 AM
समाचार

सुर्तीजन्य पदार्थ नियन्त्रणका सबैको सहकार्य आवश्यक

Jun 29th 9:37 AM
समाचार

स्वास्थ्य मन्त्री पौडेलको वीर अस्पतालमा उपचार हुँदै

Jun 27th 3:11 AM
समाचार

स्वास्थ्य अनुसन्धान र खोज पत्रकारिता सम्बन्धी कार्यशाला सम्पन्न

Jun 23rd 5:02 PM
समाचार

वर्षौंपछि स्वास्थ्य क्षेत्रमा ५ वर्षमा १२ हजार जनशक्ति थप्ने प्रक्रिया थालेका छौं : स्वास्थ्य मन्त्री पौडेल

Jun 23rd 4:55 PM
समाचार

सुदर्शन देवकोटा स्मृति स्वास्थ्य पत्रकारिता पुरस्कार गोराखपत्रका स्वास्थ्य पत्रकार ढुङ्गेललाई

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131649
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

18
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

19
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

24
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
नमराज भट्ट
सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315, 9848851122

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web