• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 22nd, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

४२ दिनदेखि गण्डकी मेडिकल कलेज ठप्प

March 13th, 2019 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
४२ दिनदेखि गण्डकी मेडिकल कलेज ठप्प

हेल्थ टुडे,
पोखरा,२९ फागुनः विद्यार्थी आन्दोलन र कलेज सञ्चालकहरुको गैरजिम्मेवारीपनका कारण ४२ दिनदेखि पोखराको गण्डकी मेडिकल कलेजको पठनपाठन ठप्प भएको छ । शुल्कका नाममा गैरकानुनी रकम संकलन गरिएको भन्दै एमबिबिएसका विद्यार्थी आन्दोलनमा उत्रिएपछि र कलेज सञ्चालकहरुले विद्यार्थीले उठाएका माग सम्बोधन गर्न चासो नदेखाएपछि गण्डकी मेडिकल कलेज ४२ दिनदेखि बन्द भएको हो ।

१६ माघदेखि सुरु विद्यार्थी आन्दोलन अदालती मुद्दा बनेर जिल्लादेखि उच्च अदालतसम्म पुगेको छ । तर, डाक्टर बन्ने सपना बोकेका ७०० विद्यार्थीको भविष्यमाथि अन्योल कायमै छ ।  सन् २०१५, २०१७, २०१८ ब्याचका एमबिबिएस विद्यार्थी आन्दोलनमा छन् । पाँचवर्षे कोर्समा कलेजले शीर्षक र बिलविना अतिरिक्त शुल्क भन्दै ८ देखि १५ लाखसम्म बढी असुलेको उनीहरूको गुनासो छ ।

वार्षिक तोकिएभन्दा डेढदेखि तीन लाखसम्म बढी तिर्नुपरेको उनीहरू बताउँछन् । आफूहरूले तिरेको सम्पूर्ण रकमको बिल तत्काल उपलब्ध गराउनुपर्ने, अतिरिक्त शुल्क फिर्ता गर्नुपर्ने, सरकारले तोकेअनुसार शुल्क लिनुपर्ने र शुल्क लिएको विषयलाई लिएर परीक्षामा सामेल हुन तथा परीक्षाफल हेर्न रोक लगाउन नपाउने चारसूत्रीय माग उनीहरूको छ ।

२०१६ ब्याचका विद्यार्थीले आन्दोलनलाई सहयोग गरेका छन् ।  कलेज प्रशासन आफ्नो कमजोरी स्विकार्न तयार छैन । त्यसैले कलेज मात्रै होइन, अस्पतालका आकस्मिकबाहेक सबै सेवा बन्द छन् । प्रशासनले १२ फागुनमा हस्तक्षेप गरेर अस्पताल खुलाएको थियो । तर, दुई दिन पनि टिकेन । दैनिक एक हजार बिरामीले सेवा लिने गण्डकी मेडिकल कलेज सुनसान छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article चीनबाट पढेर आएका ७३ प्रतिशतभन्दा बढी डाक्टर फेल
Next article राष्ट्रिय मिर्गौला उपचार केन्द्रद्वारा ६ ठाउँबाट डायलासिस सेवा

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Oct 9th 8:04 AM
समाचार

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्वउपकुलपति डा. संगीता सहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

Oct 7th 6:33 AM
स्वास्थ्य सुझाब

घर पालुवा जनावरले समेत सार्न सक्छ रोग

Oct 7th 6:10 AM
स्वास्थ्य सुझाब

मोटोपन घटाउदा अपनाउनुपर्ने सावधानी

Sep 23rd 1:07 PM
समाचार

मानव अंग प्रत्यारोपण केन्द्रलाई शून्यबाट शिखरमा पुगाएर सेवा निवृत भए डा. पुकार

Sep 20th 9:57 AM
स्वास्थ्य विशेष

पिसाब चुहिने समस्या र त्यसको निदान

Sep 20th 9:13 AM
समाचार

वीर अस्पतालमा गरिएको अध्ययनले भन्यो, समयमै पहिचान गरे ९० प्रतिशत मिर्गौला बचाउन सकिन्छ

Sep 20th 8:54 AM
समाचार

बजेट अभावमा अलपत्र अस्पताल

Sep 17th 12:22 PM
समाचार

चाया किन हुन्छ ? र यसको उपचार के ?

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132011
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

30
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

24
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

24
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web