• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 5th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

राष्ट्रिय मिर्गौला उपचार केन्द्रद्वारा ६ ठाउँबाट डायलासिस सेवा

March 13th, 2019 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
राष्ट्रिय मिर्गौला उपचार केन्द्रद्वारा ६ ठाउँबाट डायलासिस सेवा

हेल्थ टुडे,

ललितपुर, २९ फागुन :  बिगत २२ वर्ष देखि मिर्गौला विरामीहरुलाई डायलासिस सेवा प्रदान गर्दै आइरहेको राष्ट्रिय मिर्गौला उपचार केन्द्रले काठमाडौंको बनस्थली सहित देशका ६ वटा स्थानबाट डायलासिस सेवा प्रदान गरिरहेको जनाएको छ । विश्व मिर्गौला दिवसको अवसरमा केन्द्रले बुधबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा केन्द्रका कार्यकारी निर्देशक समेत रहेका वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा. ऋषिकुमार काफ्ले काठमाडौं, ललितपुर बाहेक देशका अन्य चार स्थानमा डायलासिस सेवा सञ्चालन गर्न सकेकोमा खुशी व्यक्त गर्दै विरामीको आवश्यकता अनुसार अन्य स्थानमा पनि सेवा विस्तार गर्ने गृहकार्य भइरहेको जानकारी दिए । केन्द्रले काठमाडौंको बनस्थलीमा ४२ वटा मेसिन मार्फत दैनिक एकसय ५० जनालाई, ललितपुरको सुमेरु अस्पतालमा १८ मेसिन मार्फत दैनिक ७० जनालाई, तनहूको जिल्ला अस्पताल दमौलीमा ८ वटा मेसिनबाट दैनिक २५ जनालाई, चितवनको रत्ननगर अस्पताल टाडीमा ५ मेसिनबाट दैनिक १५ जनालाई, मोरङको बिराटनगर गोल्छा आँखा अस्पतालमा ५ मेसिनबाट दैनिक १५ जनालाई र रामेछापको मन्थलीस्थित तामाकोशी सहकारी अस्पतालमा ५ वटा मेसिनबाट दैनिक १५ जनालाई डायलासिस सेवा प्रदान गरिरहेको डा. काफ्ल्ेले बताए ।

मिर्गौला बिग्रिसकेपछि उपचार डायलासिस गराउनु भन्दा यसको रोकथाममै ध्यान दिनु पर्ने अहिलेको आवश्यकता रहेको बताउदै डा. काफ्लेले जनचेतान जगाउनका लागि मिर्गौला बचाउ अभियान अगाडि बढाउनु पर्ने आवश्यकतामा जोड दिए । नेपालमा हरेक वर्ष करिव ३ हजार जनाको मिर्गौला फेल हुने गरेको आकलन चिकित्सकहरुको छ । सरकारले डायलासिस सेवा र मिर्गौला प्रत्यारोपण समेत निशुल्क गरेको भए पनि विरामीको चापको अनुपातमा सेवा अपुग हुदा सयौं विरामीले पालो कुरेर बस्नु परेको अवस्था छ । ‘स्वस्थ्य मिर्गौला सबैकालागि सबै ठाउमा ’ भन्ने मुल नारामा साथ बिहीबार नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरि विश्व मिर्गौला दिवस मनाइदै छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article स्टारको वार्षिकोत्सवमा १० वर्ष सेवा गरेका कर्मचारी सम्मानित
Next article ४२ दिनदेखि गण्डकी मेडिकल कलेज ठप्प

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Oct 5th 12:33 PM
समाचार

काँक्रोमा भेटियो अत्यधिक विषादी

Oct 4th 1:13 PM
समाचार

पुस १ गतेदेखि स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य

Sep 19th 3:05 AM
समाचार

नेस्कमको चौथो सम्मेलन : जलवायु र विपद्सँग जुध्न स्वास्थ्य प्रणालीमा जोड

Sep 17th 10:32 AM
समाचार

कोटेश्वर बहुमुखी क्याम्पसमा स्नातक तहका नवआगन्तुक विद्यार्थीको भव्य स्वागत

Sep 17th 7:36 AM
समाचार

ह्यूमन लाइफ साइन्स र जीसीबीसीद्वारा डेढ करोड बढीको हैजा विरुद्वको खोप सहयोग

Sep 16th 10:24 AM
समाचार

आउँदो चैतमा नेपालमा दोस्रो हिमालयन इन्टरनेशनल भास्कुलर समिट हुँदै

Sep 10th 4:36 PM
समाचार

डा. झाको नेतृत्वमा वीरमा दुर्लभ न्यूरोसर्जरी, एउटै बिरामीका ६ वटा एन्युरिज्म सफल क्लिपिङ

Sep 10th 1:47 PM
समाचार

बाढी प्रभावितकालागि युएसभी फर्मास्युटिकल्सको चिकित्सक संघ मार्फत डेढ करोड रुपैया सहयोग

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134421
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

28
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

32
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

24
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web