• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • December 7th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

राष्ट्रिय मिर्गौला उपचार केन्द्रद्वारा ६ ठाउँबाट डायलासिस सेवा

March 13th, 2019 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
राष्ट्रिय मिर्गौला उपचार केन्द्रद्वारा ६ ठाउँबाट डायलासिस सेवा

हेल्थ टुडे,

ललितपुर, २९ फागुन :  बिगत २२ वर्ष देखि मिर्गौला विरामीहरुलाई डायलासिस सेवा प्रदान गर्दै आइरहेको राष्ट्रिय मिर्गौला उपचार केन्द्रले काठमाडौंको बनस्थली सहित देशका ६ वटा स्थानबाट डायलासिस सेवा प्रदान गरिरहेको जनाएको छ । विश्व मिर्गौला दिवसको अवसरमा केन्द्रले बुधबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा केन्द्रका कार्यकारी निर्देशक समेत रहेका वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा. ऋषिकुमार काफ्ले काठमाडौं, ललितपुर बाहेक देशका अन्य चार स्थानमा डायलासिस सेवा सञ्चालन गर्न सकेकोमा खुशी व्यक्त गर्दै विरामीको आवश्यकता अनुसार अन्य स्थानमा पनि सेवा विस्तार गर्ने गृहकार्य भइरहेको जानकारी दिए । केन्द्रले काठमाडौंको बनस्थलीमा ४२ वटा मेसिन मार्फत दैनिक एकसय ५० जनालाई, ललितपुरको सुमेरु अस्पतालमा १८ मेसिन मार्फत दैनिक ७० जनालाई, तनहूको जिल्ला अस्पताल दमौलीमा ८ वटा मेसिनबाट दैनिक २५ जनालाई, चितवनको रत्ननगर अस्पताल टाडीमा ५ मेसिनबाट दैनिक १५ जनालाई, मोरङको बिराटनगर गोल्छा आँखा अस्पतालमा ५ मेसिनबाट दैनिक १५ जनालाई र रामेछापको मन्थलीस्थित तामाकोशी सहकारी अस्पतालमा ५ वटा मेसिनबाट दैनिक १५ जनालाई डायलासिस सेवा प्रदान गरिरहेको डा. काफ्ल्ेले बताए ।

मिर्गौला बिग्रिसकेपछि उपचार डायलासिस गराउनु भन्दा यसको रोकथाममै ध्यान दिनु पर्ने अहिलेको आवश्यकता रहेको बताउदै डा. काफ्लेले जनचेतान जगाउनका लागि मिर्गौला बचाउ अभियान अगाडि बढाउनु पर्ने आवश्यकतामा जोड दिए । नेपालमा हरेक वर्ष करिव ३ हजार जनाको मिर्गौला फेल हुने गरेको आकलन चिकित्सकहरुको छ । सरकारले डायलासिस सेवा र मिर्गौला प्रत्यारोपण समेत निशुल्क गरेको भए पनि विरामीको चापको अनुपातमा सेवा अपुग हुदा सयौं विरामीले पालो कुरेर बस्नु परेको अवस्था छ । ‘स्वस्थ्य मिर्गौला सबैकालागि सबै ठाउमा ’ भन्ने मुल नारामा साथ बिहीबार नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरि विश्व मिर्गौला दिवस मनाइदै छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article ४२ दिनदेखि गण्डकी मेडिकल कलेज ठप्प
Next article स्टारको वार्षिकोत्सवमा १० वर्ष सेवा गरेका कर्मचारी सम्मानित

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Nov 23rd 5:10 AM
अन्तर्वार्ता

डा. कल्पनाकुमारी श्रेष्ठले सम्हालिन् शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको निर्देशक पद

Nov 23rd 4:58 AM
अन्तर्वार्ता

नेपालमा विश्व अकुपंचर दिवस मनाइयो

Nov 21st 11:14 AM
अन्तर्वार्ता

नेपाल मेडिकल काउन्सिलमा डा. बुढाथोकी र डा. झाको नियुक्ति

Nov 21st 10:46 AM
अन्तर्वार्ता

स्मरण शक्ति बलियो बनाउछ ओखरले

Nov 2nd 9:44 AM
समाचार

निजी अस्पतालका नर्सहरुले पनि सरकारीसरह तलब पाउने

Oct 29th 3:35 PM
समाचार

लुक्ला अस्पतालको २० वर्षे यात्रा : ३ लाख बिरामीको उपचार र १,५०० शिशुको जन्म

Oct 29th 3:20 PM
समाचार

काठमाडौं महानगरका ५६ हजार बढी नागरिक स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध

Oct 29th 3:01 PM
समाचार

उपेन्द्र देवकोटा फाउण्डेशनद्वारा विश्व स्ट्रोक दिवसमा स्वास्थ्य परिक्षण सहितका कार्यक्रम सम्पन्न

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132170
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

22
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

16
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

18
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web