• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • August 30th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

काभ्रेपलाञ्चोकका तीन नाकामा बर्डफ्लू चेक प्वाइन्ट

March 19th, 2019 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
काभ्रेपलाञ्चोकका तीन नाकामा बर्डफ्लू चेक प्वाइन्ट

हेल्थ टुडे,
काभ्रेपलाञ्चोक,५ फागुनः काठमाडौ उपत्यका,मकवानपुर लगायतका जिल्लामा विभिन्न जातका कुखुरामा बल्र्डफ्लुजन्य सङ्क्रमण देखिएपछि काभ्रेपलाञ्चोक जिल्लाको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रले तीन नाकामा चेक प्वाइन्ट राख्ने निर्णय गरेको छ ।
जिल्लामा बर्डफ्लुजन्य सङ्क्रमण भित्रिन नदिन जिल्लाको मङ्गलटार, साँगा र नाला नाकामा बर्डफ्लूजन्य सङ्क्रमण चेक प्वाइन्ट राख्ने निर्णय गरिएको केन्द्र प्रमुख डा. मोगलप्रसाद शाहले जानकारी दिएका छन् । उनले स्थानीय तहका पशुसेवा शाखा प्रमुखको नेतृत्वमा चेक प्वाइन्ट सञ्चालन जनाए ।
नेपाल भेटेरिनरी एशोसिएशनले पक्षी स्वस्थ भएको चेक प्वाइन्टमा प्रमाणपत्रको जाँच गरेर मात्रै जिल्लामा भित्रिन दिनेछ । प्रहरी कार्यालयसँगै चेक प्वाइन्ट राखिनेछ । पंक्षी स्वस्थ भएको प्रमाणपत्र नभए नाकाबाट भित्रिन दिइनेछैन ।
केन्द्रले पूर्वी तराईबाट सिन्धुली हुँदै विपी राजमार्गमार्फत राजाधानी भित्रिने काभ्रेपलाञ्चोकको मङ्गलटार नाका, काठमाडौबाट जिल्ला भित्रिने साँगा नाका र भक्तपुरतर्फबाट भित्रिने नाला नाकामा चेक प्वाइन्ट राख्ने भएको हो । यसका लागि केन्द्रले स्थानीय तहलाई पत्राचार गरिसकेको केन्द्र प्रमुख डा. शाहले जानकारी दिए ।
आयात–निर्यातकर्ताले पक्षी स्वस्थ भएको प्रमाणपत्र नदेखाए कुखुरालाई प्रोगशालामा पठाइनेछ । सरकारद्वारा विसं २०७४ मा जारी संशोधित आदेशमा बर्डफ्लू रोगको रोकथाम र नियन्त्रण गर्न प्रत्येक जिल्लामा प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बर्डफ्लू रोग नियन्त्रण प्राविधिक समिति रहने उल्लेख छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article ६ बुँदे घोषणापत्र जारी गर्दै सकियो राष्ट्रिय परिवार योजना सम्मेलन
Next article बर्खास्तमा परेका बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति रौनियार अदालत जाने

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Aug 27th 12:40 PM
समाचार

बाढीपीडितलाई राष्ट्रपतिको एक महिनाको तलब सहयोग

Aug 27th 11:46 AM
समाचार

डिभाइन हेल्थकेयरको आईपीओ आउँदै, मुक्तिनाथ क्यापिटल बिक्री प्रबन्धक नियुक्त

Aug 27th 10:49 AM
समाचार

बाढीले यातायत अवरुद्द भएपछि हुम्ला भन्दा पनि दुर्गम भयो त्रिशुली अस्पताल

Aug 27th 10:14 AM
समाचार

कोटेश्वर क्याम्पसका प्राध्यापक एवं कर्मचारीद्वारा भोटेकोशी बाढी प्रभावितलाई ५१ हजार सहयोग

Aug 26th 12:33 PM
समाचार

उपचारपछि पूर्व बडामहारानी रत्नराज्यलक्ष्मी शाह नर्भिकबाट डिस्चार्ज

Aug 26th 11:36 AM
समाचार

सूर्ती उद्योगको संलग्नतामा हुन लागेको ‘बाह्रखरी कथा प्रतियोगिता’ प्रति एक्सन नेपालको आपत्ति

Aug 25th 11:56 AM
समाचार

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा ३८ औं कलेजो प्रत्यारोपण सफल

Aug 25th 11:42 AM
समाचार

पाँच महिना बित्दा पनि सकिएन स्वास्थ्यमा सरुवा : नीति योजनामा डा. विवेक र क्षयरोगमा डा. गुणनीधि

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134282
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

13
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

17
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

17
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web