• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • June 1st, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

हेल्थ टुडेका सम्पादक सहित चिकित्सक र स्वास्थ्य पत्रकारलाई हेल्थ अवार्ड

March 23rd, 2019 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
हेल्थ टुडेका सम्पादक सहित चिकित्सक र स्वास्थ्य पत्रकारलाई हेल्थ अवार्ड

हेल्थ टुडे,
काठमाडौं, ९ चैत :  हेल्थ टुडेका सम्पादक पदमराज जोशी सहित चिकित्सक, स्वास्थ्यकर्मी र स्वास्थ्य पत्रकारहरुलाई स्वास्थ्य दर्पण हेल्थ अवार्डबाट सम्मानित गरिएको छ । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले शनिबार राजधानीमा आयोजित स्वास्थ्य दर्पण मिडिया चितवनका सातौ बार्षिकोत्सव एवं हेल्थ अवार्ड वितरण समारोहमा हेल्थ अवार्ड सहित सम्मानित गरेका हुन । हेल्थ अवार्डबाट सम्मानित हुनेहरुमा चिकित्सकहरु डा. श्याम शुन्दर दाश, डा. मदनकुमार पिया, डा. शुरेश कुमार कनौडिया, डा. निरेश थापा, डा. श्यामराज रेग्मी, डा. चन्द्रप्रकाश पाण्डे, डा. अजय न्यौपाने, डा. भरत खत्री रहेका छन् । त्यसैगरि मेलानका पूर्व अध्यक्ष कुष्णप्रसाख रिजाल र स्वास्थ्यकर्मी गोविन्द नेपाललाई पनि अवार्ड सहित सम्मान गरिएको छ ।

 

 

 

संस्थागत अस्पताल तर्फ नेपाल क्यान्सर अस्पताल एण्ड रिसर्च सेन्टरका अध्यक्ष डा. सुदीप श्रेष्ठ र निर्देशक स्वरुपा श्रेष्ठलाई सम्मान गरिएको छ । स्वास्थ्य पत्रकारिताको माध्यमबाट योगदान गरेको भन्दै हेल्थ टुडेका सम्पादक जोशीका अलावा कान्तिपुर दैनिकका प्रमुख समाचारदाता अतुल मिश्र, हेल्थपोष्टनेपाल अनलाईनका सम्पादक दीपक दाहाल, जनस्वास्थ्य सरोकारका सम्पादक पुरुषोत्तम घिमिरे, हाम्रो डाक्टर अनलाइनको सम्पादक उद्घवराज भेटुवाल र हेल्थ टिभी अनलाईनकी सम्पादक कल्पना आचार्यलाई हेल्थ अवार्ड सहित सम्मान गरिएको हो । कार्यक्रममा प्रमुख अतिति डा. कोइरालाले स्वास्थ्य पत्रकारिताको विकासले मात्र स्वस्थ्य समाज निर्माण हुने भएकाले स्वास्थ्य पत्रकारिताको विकासमा सबैको ध्यान पुग्नु पर्ने बताए ।

 

पूर्व स्वास्थ्य राज्यमन्त्री डा. वंशिधर मिश्रले स्वास्थ्यका समाचार संवेदनशिल हुने भएकाले स्वास्थ्य पत्रकारहरुले समाचार सम्प्रेषणमा गम्भिर हुनु पर्नेमा जोड दिए । औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकालले निश्पक्ष र तथ्यपरक समाचारले मात्र स्वास्थ्य क्षेत्रलाई अगाढि बढाउन सकिने बताए । पत्रकार महासंघका महासचिव रमेश बिष्ट, कान्तिपुर दैनिकका प्रमुख संवाददाता अतुल मिश्र, मिर्गौला रोग विज्ञ डा. ऋषिकुमार काफ्ले, चिकित्सक संघका उपाध्यक्ष डा. ढुण्डीराज शर्मा लगायतले स्वास्थ्य पत्रकारिताका बिभिन्न आयामका बिषयमा प्रकाश पारेका थिए । स्वास्थ्य दर्पण मिडिया चितवनका अध्यक्ष सन्दीप श्रेष्ठले स्वास्थ्य क्षेत्रमा नकारात्मक भन्दा सकारात्मक समाचारको खाचो रहेको औल्याउदै स्वास्थ्य क्षेत्रमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी र सञ्चारकर्मिलाई प्रोत्साहन दिन हेल्थ अवार्ड प्रदान गरिएको बताए ।

 

 

 

 

 

 

 

 

 

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article चितवन जिल्ला बर्डफ्लुबाट सुरक्षितः जिल्लामा बर्डफ्लु भेटिएन
Next article स्वास्थ्य केन्द्र पुगेर पनि उपचार नगरी फर्किन बाध्य छन् बिरामी...

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
May 31st 5:22 PM
समाचार

अनलाईन खवरका स्वास्थ्य पत्रकार चौलागाई सहित सातजनालाई ‘स्वास्थ्य मन्त्री ब्लुम्बर्ग जनस्वास्थ्य पुरस्कार’

May 31st 5:14 PM
समाचार

हेल्थ टिभीअनलाइनकी सम्पादक आचार्य सहित सातजनालाई ‘स्वास्थ्य मन्त्री ब्लुम्बर्ग जनस्वास्थ्य पुरस्कार’

May 31st 5:02 PM
समाचार

मेडिकल पत्रका सम्पादक कट्टेल सहित सातजनालाई ‘स्वास्थ्य मन्त्री ब्लुम्बर्ग जनस्वास्थ्य पुरस्कार’

May 31st 4:42 PM
समाचार

सुर्तीजन्य पदार्थ विरुद्वका अभियन्ता डा. बम सहित सातजनालाई ‘स्वास्थ्य मन्त्री ब्लुम्बर्ग जनस्वास्थ्य पुरस्कार’

May 31st 4:28 PM
समाचार

नेपाली हेल्थका सम्पादक न्यौपाने सहित सातजनालाई ‘स्वास्थ्य मन्त्री ब्लुम्बर्ग जनस्वास्थ्य पुरस्कार’

May 26th 11:19 AM
समाचार

भारतका १६ राज्यमा फैलियो कोरोना संक्रमण, १ हजार भन्दा बढीमा संक्रमण पुष्टि

May 25th 10:13 AM
समाचार

नेपालमा पहिलोपटक नेपाली चिकित्सकद्वारा मस्तिष्कमृत व्यक्तिको मिर्गौला र कलेजो एकै व्यक्तिमा प्रत्यारोपण

May 24th 4:14 PM
समाचार

पाँच चिकित्सकको अभिनयमा डा. रिजालको अंगदान सम्बन्धि गीत ‘ मेरो मृत्यु पछि… ’ सार्वजनिक

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131547
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

15
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

14
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

18
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
नमराज भट्ट
सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315, 9848851122

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web