• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • March 13th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

विदेशी प्रत्यारोपण विज्ञ भन्छन, नेपालले अंग प्रत्यारोपणमा ठूलो प्रगति गर्यो 

April 20th, 2019 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
विदेशी प्रत्यारोपण विज्ञ भन्छन, नेपालले अंग प्रत्यारोपणमा ठूलो प्रगति गर्यो 

हेल्थ टुडे,

काठमाडौं,  ७ बैसाख : नेपालले पछिल्लो एक दशकमा अंग प्रत्यारोपणका क्षेत्रमा ठूलो प्रगति गरेको भन्दै विदेशी प्रत्यारोपण विज्ञहरुले नेपालको स्वास्थ्य सेवाको प्रसंशा गरेका छन् । शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरको आयोजना तथा अंग प्रत्यारोपण समाज नेपाल र भारतीय प्रत्यारोपण समाजको सहकार्यमा शनिबारदेखि राजधानीमा सुरु भएको दुई दिवसिय प्रथम अन्तर्राष्ट्रिय प्रत्यारोपण सम्मेलनमा सहभागी हुन आएका विदेशी प्रत्यारोपण विज्ञहरुले नेपाली प्रत्यारोपण चिकित्सकहरुको अथक प्रयास र सरकारको महत्वाकांक्षी योजनाका कारण नेपालले मिर्गौला प्रत्यारोपणका साथै विश्वमै जटिल मानिने कलेजो प्रत्यारोपणमा समेत सफलता पाएको औल्याएका छन् । भारतीय अंग प्रत्यारोपण समाजका अध्यक्ष एवं वरिष्ठ प्रत्यारोपण सर्जन डा. सन्दीप गुलेरियाले एक दशकको समयमा नेपालले अंग प्रत्यारोपणको क्षेत्रमा गरेको सुधारलाई चमत्कार भन्दा फरक नपर्ने बताए । सन् २००८ मा वीर अस्पतालमा पहिलो मिर्गौला प्रत्यारोपण गर्न नेपाल आएको स्मरण गर्दै त्यसपछि स्थापना भएको ५ वर्षमै भक्तपुर ६ सय भन्दा बढीको मिर्गौला प्रत्यारोपण र कलेजो प्रत्यारोपण सेवा पनि सुरु गर्नु आफैमा ठूलो प्रगति भएको डा. गुलेरियाको दाबी छ । मिर्गौला प्रत्यारोपण निशुल्क र डायलासिस सेवा पनि निशुल्क गरेर नेपाल सरकारले अंग प्रत्यारोपणका क्षेत्रमा गरेको सहयोग अनुकरणिय भएको बताउदै उनले भने, ‘ नेपालमा जस्तो सुविधा त भारत सरकारले समेत दिन सकेको छैन । ’

 

अमेरिकाका प्रत्यारोपण सर्जन डा. डोरी सेगेभले विकासोन्मुख देशले अंग प्रत्यारोपणका क्षेत्रमा गरिरहेको प्रगतिलाई ठूलो सफलताको रुपमा हेर्नु पर्ने बताए । सरकारले मिर्गौला प्रत्यारोपण र डायलासिस सेवा निशुल्कसँगै मिर्गौला फेल हुन नदिन जनचेतनामूलक कार्यक्रम अगाडि बढाउनु आवश्यकता रहेको उनले औल्याए । सन् २००८ मा पहिलो पटक त्रिवि शिक्षण अस्पताल र त्यसको चार महिनापछि वीर अस्पतालबाट सुरु भएको मिर्गौला प्रत्यारोपण सेवा अहिले शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुर गरि ३ वटा सरकारी अस्पताल र ४ वटा नीजि क्षेत्रका हस्पिटलमा उपलब्ध छ । एक दशकको अवधिमा शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरले ६०१ जनाको मिर्गौला प्रत्यारोपण गरेको छ भने वीरले १४६ र त्रिवि शिक्षण अस्पतालले ४ सयभन्दा बढी मिर्गौला प्रत्यारोपण गरेको छ । यो अवधिमा शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरले विदेशी चिकित्सकहरुको सहयोगमा ३ वटा कलेजो समेत प्रत्यारोपण गरेको छ । सम्मेलनमा प्रत्यारोपणका क्षेत्रमा भएका विभिन्न प्रगतिका बिषयमा स्वदेशी र विदेशी गरि ३ दर्र्जन बढी कार्यपत्र प्रस्तुत हुने छन् । शनिबार कार्यपत्र प्रस्तुत गर्ने नेपाली चिकित्सकहरुमा वीर अस्पतालकी मिर्गौला रोग विशेषज्ञ डा. रजनी हाडा, शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरका मिर्गौला विशेषज्ञ डा. राकेश बर्मा, मेडिसिटीका वरिष्ठ प्याथोलोजिस्ट डा. गोपी अर्याल, डा. लक्ष्मण अधिकारी, त्रिवि शिक्षण अस्पतालका कलेजो रोग विशेषज्ञ डा. रमेशसिंह भण्डारी लगायत छन भने एक दर्जन जति विदेशी विशेषज्ञले कार्यपत्र प्रस्तुत गरेका छन् । वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा. ऋषिकुमार काफ्ले, डा. दीव्यासिंह साह, डा. आरके अग्रवाल लगायतले विभिन्न सत्रहरुको सभापतित्व गरेका थिए ।

 

सम्मेलनमा अमेरिका, बेलायत, अष्टे«लिया, जापान, सिंगापुर, श्रीलंका र भारतका करिव ३० जना प्रत्यारोपण विज्ञ, स्वदेशी प्रत्यारोपण विज्ञ र देशका ७७ जिल्लाका जिल्ला अस्पताल प्रमुख तथा नर्सिङ प्रमुख गरि ३०० भन्दा बढीको सहभागिता रहेको  आयोजकले जनाएको छ । प्रत्यारोपणमा हुने असमानता हटाऔ भन्ने नाराका साथ भइरहेको सम्मेलनको दोश्रो दिन देशका ७७ वटै जिल्लाबाट आएका जिल्ला अस्पताल प्रमुख र नर्सिङ प्रमुखलाई प्रत्यारोपण तथा मस्तिष्क मृत्यु सम्बन्धी जनचेतना अभिवृद्घि गर्ने उद्देश्यले गहन छलफलका साथै अन्तरक्रिया कार्यक्रम राखिएको आयोजक शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरका कार्यकारी निर्देशक एवं प्रत्यारोपण विद् डा. पुकारचन्द्र श्रेष्ठले जानकारी दिए । विश्विका विभिन्न देशका प्रत्यारोपण विज्ञहरुबाट अंग प्रत्यारोपणको क्षेत्रमा भइरहेको प्रविधिको विकाश, ज्ञान, सिप तथा नयाँ उपलब्धिको आदान प्रदान हुने र नेपाल जस्तो विकासोन्मुख देशमा अंगदान र प्रत्यारोपणका क्षेत्रमा जनचेतना बिस्तार गर्ने उद्देश्यका साथ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्विकृतिमा केन्द्र, प्रदेश र जिल्ला स्तरीय अस्पतालसम्मका अस्पताल प्रमुख र नर्सिङ प्रमुखलाई सहभागी गराउन लागिएको आयोजक कमिटीका अध्यक्ष समेत रहेका डा. श्रेष्ठले बताए ।

 

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article हेल्थ असिस्टेन्ट संघको राष्ट्रिय सम्मेलन जेठ १७ गते
Next article रेश्मा भइन् नयाँ मिस नर्स

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Mar 13th 10:32 AM
समाचार

नेपाल फार्मा एक्स्पो २०२६ को उद्घाटन : नेपाली औषधिको गुणस्तरमाथि शंका नगर्न एपोन अध्यक्षको आग्रह

Mar 12th 2:56 PM
समाचार

मिर्गौला प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उल्लेखनिय कार्य गरेको छ : डा. शर्मा

Mar 12th 3:00 PM
अन्तर्वार्ता

मिर्गौला प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उल्लेखनिय कार्य गरेको छ : डा. शर्मा

Mar 12th 12:32 PM
समाचार

विश्व मिर्गौला दिवसमा स्वास्थ्य अभियान नेपालको चेतनामूलक प्रभातफेरी

Jan 23rd 11:35 PM
अन्तर्वार्ता

sex telegram group ✓ Join 200+ Adult Telegram Groups ➤ Access NSFW Content

Jan 23rd 11:35 PM
अन्तर्वार्ता

heu kms activator ✓ Activate Windows Office 2025 ➤ Full Features Access

Feb 21st 6:31 AM
समाचार

ढुंगेललाई क्यान्सर सचेतना तथा हिंसाविरुद्धको राष्ट्रिय पत्रकारिता पुरस्कार

Feb 14th 3:56 PM
समाचार

स्वासप्रस्वास सम्बन्धि सेवा दिन ललितपुरको मान भवनमा खुल्यो नेशनल चेष्ट सेन्टर

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132570
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

28
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

26
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

21
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web