• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • February 26th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

मेडिकल कलेज सञ्चालकद्वारा शुल्क बढाउन दबाब,सम्बन्धन खारेज गर्न निर्देशन दिने सांसदको चेतावनी

June 6th, 2019 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
मेडिकल कलेज सञ्चालकद्वारा शुल्क बढाउन दबाब,सम्बन्धन खारेज गर्न निर्देशन दिने सांसदको चेतावनी

हेल्थ टुडे,
काठमाडौ,२३ जेठः मेडिकल कलेजहरुले अनाधिकृत रुपले विद्यार्थीबाट चर्को शुल्क उठाएको भन्दै चौतर्फी विरोध भईरहेको बेला मडिकल कलेज सञ्चालकहरुले भने कलेजको शुल्क बढाउन दबाव दिएका छन् । मेडिकल कलेज सञ्चालकहरूले विद्यार्थी र अभिभावकबाट अतिरिक्त शुल्क असुल्दै आएको पनि स्वीकारेका छन् ।

प्रतिनिधिसभा अन्र्तगतको शिक्षा तथा स्वास्थ्य समितिद्वारा शुल्क छानबिनका लागि गठित उपसमितिले बुधबार डोकेको छलफलमा मेडिकल सञ्चालकहरुले शुल्क बढाउन माग गरेका हुन् । तर,सांसदहरुले भने कलेज सञ्चालकहरको मागप्रति आपत्ति जनाएका छन् । छलफलमा सांसदहरूले तोकेभन्दा बढी रकम उठाउने मेडिकल कलेजको सम्बन्धन खारेज गर्न सरकारलाई निर्देशन दिने चेतावनी दिएका छन् ।

सत्तारुढ दल नेकपाका सांसद योगेश भट्टराईले तोकिएको भन्दा बढी शुल्क लिएको रकम फिर्ता हुनुपर्ने बताए। उनले तत्काल बढी लिएको शुल्क फिर्ता नगरे मेडिकल कलेज खारेजको लागि सरकारलाई सिफारिस गर्ने समेत चेतावनी दिएका छन् ।

विश्वविद्यालय र मेडिकल कलेजहरूको छाता संगठनकै निर्णयमा बढी शुल्क लिने गरिएको सञ्चालकहरूको दावी छ । काठमाडौं विश्वविद्यालयको निर्णयअनुसार सरकारले निर्धारण गरेभन्दा बढी उठाएको उक्त विश्वविद्यालयबाट सम्बन्धन पाएका कलेजहरूले बताएका छन् ।

त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन लिएकाहरूले भने मेडिकल तथा डेन्टल कलेज एसोसिएसनको निर्णयअनुसार बढी शुल्क लिएको स्वीकार गरेका छन् । सरकारले एमबीबएिस अध्ययनका लागि उपत्यकाबाहिर ४२ लाख ४५ हजार र उपत्यकाभित्र ३८ लाख ५० हजार रुपैयाँ तोकेको छ । तर,मेडिकल कलेजहरुले भने सरकारले ताकेको भन्दा १० लाखबढी शुल्क असुलिरहेका छन् ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article नेशनल बाथ सेन्टरले मनायो  छैटौ बार्षिकोत्सव
Next article सरकारी अस्पतालमा आईसीयू पाउनै मुस्किल, बिरामी निजीमा जान बाध्य

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Feb 21st 6:31 AM
समाचार

ढुंगेललाई क्यान्सर सचेतना तथा हिंसाविरुद्धको राष्ट्रिय पत्रकारिता पुरस्कार

Feb 14th 3:56 PM
समाचार

स्वासप्रस्वास सम्बन्धि सेवा दिन ललितपुरको मान भवनमा खुल्यो नेशनल चेष्ट सेन्टर

Feb 12th 9:40 AM
समाचार

पुर्व महासचिव मुडभरीले बुझाए नेपाली कांग्रेसले घोषणापत्रमा समेटनु पर्ने स्वास्थ्य क्षेत्रका ४१ बुदे सुझाव

Feb 11th 4:28 PM
समाचार

दशौं नेपाल फर्मा एक्स्पो फागुन २८ देखि ३० सम्म काठमाडौंमा हुने

Feb 9th 9:36 AM
समाचार

मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयबाट पहिलो ब्याचका स्नातक दीक्षित

Jan 15th 2:35 PM
अन्तर्वार्ता

सुस्वास्थ्य अस्पतालले स्थापनाको एक दशक १८ हजारलाई दियो सेवा

Jan 15th 3:53 AM
स्वास्थ्य विशेष

एन्टिमाइक्रोबियल रेसिस्टेन्स: नेपालका लागि बढ्दो स्वास्थ्य चुनौती

Dec 25th 3:43 PM
समाचार

चिकित्सक संघको नेतृत्वका लागि डा. बद्री रिजालको टीमद्वारा ६ बुदे प्रतिवद्धता सार्वजनिक

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132526
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

24
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

37
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

21
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web