• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • May 22nd, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
स्वास्थ्य विशेष

‘मेरो पढाइका लागि बुवाको राजीनामा’

October 12th, 2019 स्वास्थ्य विशेष 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
‘मेरो पढाइका लागि बुवाको राजीनामा’

प्रा.डा. अञ्जनीकुमार झा,

जनकपुरको भानुचोक किशोरीनगरमा २०२१ सालमा जन्मेँ म । मेरो बुवा (स्वर्गीय शिवराम झा) जनकपुरकै जानकी स्कुलमा संस्कृत पढाउनुहुन्थ्यो । त्यसैले मेरो प्रारम्भिक शिक्षा पनि जानकी स्कुलमै भयो । अहिले पनि म सम्झिन्छु, बुवा मेरो हात समातेर मलाई स्कुल लैजानुहुन्थ्यो । घरमा मात्र नभएर स्कुलमा पनि म बुवाको निगरानीमा हुन्थेँ । उहाँले नै मलाई स्कुलमा खाजा खुवाउनुहुन्थ्यो । त्यतिबेला अहिलेको जस्तो जंकफुडको चलन थिएन । आमाले घरमै बनाइदिनुभएको खाजा बोकेर म स्कुल जान्थेँ । रोटी, पुरी, कचौरी बनाइदिनुहुन्थ्यो, खाजाका रूपमा । मलाई चाहिँ रसभरी मन मथ्र्यो । बुवाले घुम्न गएका बेला रसभरी किनिदिनुहुन्थ्यो । कक्षा ८ सम्मको शिक्षा मैले जानकी स्कुलबाटै पूरा गरेँ ।

मेरो मनपर्ने विषय गणित थियो । हरेक कक्षामा गणितमा मेरो सबैभन्दा बढी अंक आउँथ्यो । म कक्षामा कहिले पहिलो, कहिले दोस्रो र कहिलेकाहीँ तेस्रो हुन्थेँ । बुबा शिक्षक भएकाले मलाई स्कुलका प्रायः सबैले चिन्थे । शिक्षकहरूमध्ये पनि बुबाको छुट्टै छाप थियो । बुवाजस्तै असल मानिस बन्नुपर्छ भन्ने लाग्थ्यो ।  म खेलकुदको पनि सोखिन थिएँ । मलाई कपर्दी मन पथ्र्यो । क्रिकेटको चलन त्यति थिएन तर सुरु भइसकेको थियो । कपर्दीको त म स्कुलमा च्याम्पियन नै थिएँ । त्यतिबेला अहिलेको बाँस्केटबलझैं कपर्दी चलनचल्तीमा थियो । खेलकुदमा पहिलो, दोस्रो भएर मैले थुप्रै पटक पुरस्कार पनि हात पारेको छु । म स्कुल पढ्ने बेला मेरो दाजु अरुणकुमार झा भारतको दरभंगामा एमबीबीएस पढ्दै हुनुहुन्थ्यो । पढाइमा राम्रो भएकाले दाजुले ८ कक्षा उत्तीर्ण गरेपछि मलाई पनि उतै पढाउने सल्लाह गर्नुभयो । बुवा पनि कन्भिन्स हुनुभयो । त्यसपछि मेरो पढाइ दरभंगाको सरस्वती स्कुलमा सुरु भयो ।

दाइ होस्टेलमा बस्नुहुन्थ्यो । म पनि दाइसँगै होस्टेलमा बस्थेँ । होस्टेलमा कुनै चिजको कमी थिएन । खाना पनि स्वस्थकर नै हुन्थ्यो । मैले त्यही स्कुलबाट पहिलो श्रेणीमा एसएलसी पास गरे ।  बुवाआमाको सल्लाहअनुसार आईएस्सी पढ्न म फेरि जनकपुर फर्के ।  जनकपुरको रारा बहुमुखी कलेजबाट मैले आईएस्सी पास गरे । म आईएस्सी पढ्दा २०३६ सालको विद्यार्थी आन्दोलन चर्केको थियो । हामी पनि आन्दोलनमा होमियौं । राजनीतिक वातावरण नै त्यस्तै थियो । दुई वर्षमा हुनुपर्ने परीक्षा चार वर्षमा पूरा भयो । त्यतिबेला आईएस्सीमा चार पाँच जना मात्र उत्तीर्ण भएका थियौं ।

छोरा डाक्टर बनोस् भन्ने आमा (स्वर्गिय चन्द्रावती झा) को सपना नै थियो । बुवाको पनि त्यसमा समर्थन थियो । मेरो अर्को दाजुको उपचार नपाएर अकालमै मृत्यु भएको थियो । त्यसैले आमा बाँचेका हामी दुवै छोरालाई डाक्टर बनाउनुपर्छ भन्नुहुन्थ्यो । हामी दुवै दाजुभाइ पढाइमा राम्रो भएकाले भोलि डाक्टर भएर हाम्रो सपना पूरा गर्छन् भन्ने आमाबुवालाई पनि लागेको थियो । मलाई त त्यतिबेला डाक्टर नै बन्नुपर्छ भन्ने लागेको थिएन । जनकपुरमा शिक्षक भएर बुवाले जुन मानसम्मान र प्रतिष्ठा कमाउनुभएको थियो, त्यसलाई अझ उँचो बनाउन आफूले पनि मेहनत गरेर असल मान्छे बन्नुपर्छ भन्ने मनमा थियो । आईएस्सी पूरा गरेपछि आमा, बुवा र दाजुको सल्लाहअनुसार म एमबीबीएस पढ्न काठमाडौं आएँ । एमबीबीएसमा नाम निकाल्न त्यतिबेला सजिलो थिएन । अहिलेजस्तो थुप्रै मेडिकल कलेज पनि थिएनन् । त्रिवि शिक्षण अस्पताल र विदेशमा मात्र त्यो सुविधा थियो ।

मैले बंगलादेशमा एमबीबीएस पढ्न आवेदन दिएँ । तर, भर्ना पाउने, नपाउने टुंगो थिएन । सौभाग्य केही दिनमै बंगलादेशबाट म छानिएको पत्र आइपुग्यो । पत्र आएपछि खुसी लाग्नु स्वाभाविक थियो । तर, त्यो पत्रमा वार्षिक एक हजार अमेरिकी डलर शुल्क तिर्नुपर्ने सर्त थियो । बाफरे ! त्यतिबेला त्यो पैसा धेरै थियो । एकातिर आमाको सपना पूरा गर्न सकिने भयो भन्ने खुसी थियो भने अर्कातिर त्यत्रो पैसा कसरी जुटाउने भन्ने पीर । पैसा जुटाउने विषयमा बुवा पनि चिन्तित हुनुभयो । धेरैले सल्लाह दिए, पैसाको लागि पढाइ रोक्नु हुँदैन । तर, पैसा जुटाउनु बुवाको लागि त्यति सजिलो थिएन । बुवाका लागि हामीहरूको पढाइ सबैभन्दा ठूलो थियो । बुवाले शिक्षण पेसाबाट राजीनामा दिएपछि मात्र एकमुष्ट पैसा आउँथ्यो । मेरो पढाइका लागि बुवाले राजीनामा दिनुभयो र मेरो खर्च जुटाउनुभयो । म एमबीबीएस पढ्न बंगलादेश गएँ । म दाइसँगै बंगलादेश गएँ । पहिलोपटक ठूलो जहाजमा चढ्दा म खुसी भएँ । त्यहाँ मैले सिस्एमएजी सिलेट मेडिकल कलेजबाट एमबीबीएस पास गरेँ । नेपाली विद्यार्थीले बंगलादेशी विद्यार्थीभन्दा बढी शुल्क तिर्न नपर्ने कुरा कलेज भर्ना भएपछि मात्र थाहा भयो । त्यो एक हजार अमेरिकी डलरले त पछि मेरो दुई वर्षको पढाइ पूरा भयो ।

एमबीबीएस सकेपछि म नेपाल फर्किएँ । पहिले त्रिवि शिक्षण अस्पतालमा काम गरेँ । त्यसपछि पाटन हस्पिटलमा काम गर्ने मौका मिल्यो । त्यसबीचमै मैले अस्टे«लियाबाट एक वर्ष क्यान्सरसम्बन्धी तालिम लिएँ । सन् १९९८ मा एमडी पढ्न भारतको मणिपाल मेडिकल कलेजमा भर्ना भएँ । त्यहाँबाट रेडियोथेरापीमा एमडी पूरा गरेँ । मैले १८ वर्षदेखि बीपी कोइराला क्यान्सर अस्पताल, भरतपुरमा रेडिएसन अंकोलोजिस्टका रूपमा काम गरे । आमाको सपना पूरा गर्न सकेकोमा खुसी छु । हजारौं क्यान्सरपीडितलाई स्वदेशमै सुलभ रूपमा उपचार सेवा दिन पाएकोमा आफ्नो पेसाप्रति सन्तुष्ट छु । तर, मलाई डाक्टर बनाउन आवश्यक एकमुष्ट रकमका लागि आफ्नो जागिरबाट राजीनामा दिनुहुने मेरा श्रद्धेय बुवा र म डाक्टर भएपछि खुशी हुनुहुने आमा हामीमाझ अहिले हुनुहुन्न । पढाइको कुरा सम्झियो कि बुवासँग बिताएका दिन याद आइहाल्छन्, आँसु आउँछ आँखाभरि । कसैले छोरालाई डो¥याएर स्कुल लगिरहेको देखे बुवालाई सम्झन्छु । बुवाले देखाएको बाटोमा हिँड्ने प्रयास गर्छु । चिकित्सा पेसामा पनि इमानदारीसाथ काम गरेकै मूल्यांकन गरेर होला, साथीहरूले नेपाल चिकित्सक संघको अध्यक्षजस्तो गरिमामय पदमा अत्यधिक मतले विजयी गराएका थिए । संघको अध्यक्ष भएर चिकित्सा पेसाको सुधारका लागि सक्दो योगदान गर्न सकें । चिकित्सक संघलाई आत्मनिर्भर बनाउनमा सहयोग गर्न सके । यो मेरो सौभाग्य हो । अहिले म नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्ष छु ।

 

स्वास्थ्य क्षेत्रमा गर्नुपर्ने नयाँनयाँ अध्ययन र अनुसन्धानलाई परिषद्ले अगाडि बढाइरहेको छ । सिकलसेल एनिमिया, क्यान्सर, मानसिक रोग र अन्य नसर्ने रोगहरूको क्षेत्रमा विभिन्न अनुसन्धान गरिरहेका छौं । इमानदारिता र मेहनतले नै मानिसलाई उचाइमा पु¥याउँछ भन्ने लाग्छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article चिकित्सा विज्ञान तर्फको नोवेल पुरस्कारः विलियम काएलिन, सर पिटर र्‍याट्क्लिफ र ग्रेग सिमेन्जालाई
Next article नर्भिकको अत्याधुनिक भवन शिलान्यास, सबै प्रदेशमा विशिष्ट हस्पिटल निर्माण योजना

Health Today Nepal

Related Posts

विरामी र डाक्टर : अविश्वासको खाडल

विरामी र डाक्टर : अविश्वासको खाडल

सहरिया खाएरै रोगी

सहरिया खाएरै रोगी

जुन घटनाले प्रभुलाई घोचिरहन्छ

जुन घटनाले प्रभुलाई घोचिरहन्छ

Leave a Reply Cancel reply

Timeline
May 21st 4:19 PM
स्वास्थ्य विशेष

सुर्तीजन्य पदार्थ सेवन न्युनिकरणमा जाग्दैछन् स्थानिय सरकार

May 21st 4:04 PM
समाचार

विश्व स्वास्थ्य सम्मेलनमा स्वास्थ्यमन्त्रीले भने, स्वास्थ्यमा विश्वव्यापी सहकार्य आवश्यक

May 20th 7:50 AM
समाचार

सुर्ती नियन्त्रणमा उल्लेखनिय कार्य गरेवाफत डब्लूएचओद्वारा स्वास्थ्य मन्त्री पौडेल पुरस्कृत

May 19th 6:30 AM
समाचार

सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय ऐन पास भएपछि सुदूरपश्चिमवासी खुशी

May 17th 3:56 AM
समाचार

अन्धोपन निवारणको क्षेत्रमा स्वास्थ्य मन्त्रालय र नेत्रज्योति संघबिच समझदारी

May 17th 3:28 AM
समाचार

फुड सप्लिमेन्ट खाद्य प्रविधि विभागले हेर्छ, कसैको हस्तक्षेप स्विकार्य छैन : कृषि मन्त्री

May 15th 4:13 PM
समाचार

मानसिक स्वास्थ्य समस्या सम्बोधन गर्न जनशक्ति थप्ने स्वास्थ्य मन्त्रालयको तयारी

May 8th 7:58 AM
समाचार

मेरो मिर्गौला फेल हुनुको कारण अत्यधिक पेन किलर हो : प्रधानमन्त्री ओली

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131522
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

20
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

21
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

21
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
नमराज भट्ट
सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315, 9848851122

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web