• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • March 29th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
स्वास्थ्य विशेष

‘मेरो पढाइका लागि बुवाको राजीनामा’

October 12th, 2019 स्वास्थ्य विशेष 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
‘मेरो पढाइका लागि बुवाको राजीनामा’

प्रा.डा. अञ्जनीकुमार झा,

जनकपुरको भानुचोक किशोरीनगरमा २०२१ सालमा जन्मेँ म । मेरो बुवा (स्वर्गीय शिवराम झा) जनकपुरकै जानकी स्कुलमा संस्कृत पढाउनुहुन्थ्यो । त्यसैले मेरो प्रारम्भिक शिक्षा पनि जानकी स्कुलमै भयो । अहिले पनि म सम्झिन्छु, बुवा मेरो हात समातेर मलाई स्कुल लैजानुहुन्थ्यो । घरमा मात्र नभएर स्कुलमा पनि म बुवाको निगरानीमा हुन्थेँ । उहाँले नै मलाई स्कुलमा खाजा खुवाउनुहुन्थ्यो । त्यतिबेला अहिलेको जस्तो जंकफुडको चलन थिएन । आमाले घरमै बनाइदिनुभएको खाजा बोकेर म स्कुल जान्थेँ । रोटी, पुरी, कचौरी बनाइदिनुहुन्थ्यो, खाजाका रूपमा । मलाई चाहिँ रसभरी मन मथ्र्यो । बुवाले घुम्न गएका बेला रसभरी किनिदिनुहुन्थ्यो । कक्षा ८ सम्मको शिक्षा मैले जानकी स्कुलबाटै पूरा गरेँ ।

मेरो मनपर्ने विषय गणित थियो । हरेक कक्षामा गणितमा मेरो सबैभन्दा बढी अंक आउँथ्यो । म कक्षामा कहिले पहिलो, कहिले दोस्रो र कहिलेकाहीँ तेस्रो हुन्थेँ । बुबा शिक्षक भएकाले मलाई स्कुलका प्रायः सबैले चिन्थे । शिक्षकहरूमध्ये पनि बुबाको छुट्टै छाप थियो । बुवाजस्तै असल मानिस बन्नुपर्छ भन्ने लाग्थ्यो ।  म खेलकुदको पनि सोखिन थिएँ । मलाई कपर्दी मन पथ्र्यो । क्रिकेटको चलन त्यति थिएन तर सुरु भइसकेको थियो । कपर्दीको त म स्कुलमा च्याम्पियन नै थिएँ । त्यतिबेला अहिलेको बाँस्केटबलझैं कपर्दी चलनचल्तीमा थियो । खेलकुदमा पहिलो, दोस्रो भएर मैले थुप्रै पटक पुरस्कार पनि हात पारेको छु । म स्कुल पढ्ने बेला मेरो दाजु अरुणकुमार झा भारतको दरभंगामा एमबीबीएस पढ्दै हुनुहुन्थ्यो । पढाइमा राम्रो भएकाले दाजुले ८ कक्षा उत्तीर्ण गरेपछि मलाई पनि उतै पढाउने सल्लाह गर्नुभयो । बुवा पनि कन्भिन्स हुनुभयो । त्यसपछि मेरो पढाइ दरभंगाको सरस्वती स्कुलमा सुरु भयो ।

दाइ होस्टेलमा बस्नुहुन्थ्यो । म पनि दाइसँगै होस्टेलमा बस्थेँ । होस्टेलमा कुनै चिजको कमी थिएन । खाना पनि स्वस्थकर नै हुन्थ्यो । मैले त्यही स्कुलबाट पहिलो श्रेणीमा एसएलसी पास गरे ।  बुवाआमाको सल्लाहअनुसार आईएस्सी पढ्न म फेरि जनकपुर फर्के ।  जनकपुरको रारा बहुमुखी कलेजबाट मैले आईएस्सी पास गरे । म आईएस्सी पढ्दा २०३६ सालको विद्यार्थी आन्दोलन चर्केको थियो । हामी पनि आन्दोलनमा होमियौं । राजनीतिक वातावरण नै त्यस्तै थियो । दुई वर्षमा हुनुपर्ने परीक्षा चार वर्षमा पूरा भयो । त्यतिबेला आईएस्सीमा चार पाँच जना मात्र उत्तीर्ण भएका थियौं ।

छोरा डाक्टर बनोस् भन्ने आमा (स्वर्गिय चन्द्रावती झा) को सपना नै थियो । बुवाको पनि त्यसमा समर्थन थियो । मेरो अर्को दाजुको उपचार नपाएर अकालमै मृत्यु भएको थियो । त्यसैले आमा बाँचेका हामी दुवै छोरालाई डाक्टर बनाउनुपर्छ भन्नुहुन्थ्यो । हामी दुवै दाजुभाइ पढाइमा राम्रो भएकाले भोलि डाक्टर भएर हाम्रो सपना पूरा गर्छन् भन्ने आमाबुवालाई पनि लागेको थियो । मलाई त त्यतिबेला डाक्टर नै बन्नुपर्छ भन्ने लागेको थिएन । जनकपुरमा शिक्षक भएर बुवाले जुन मानसम्मान र प्रतिष्ठा कमाउनुभएको थियो, त्यसलाई अझ उँचो बनाउन आफूले पनि मेहनत गरेर असल मान्छे बन्नुपर्छ भन्ने मनमा थियो । आईएस्सी पूरा गरेपछि आमा, बुवा र दाजुको सल्लाहअनुसार म एमबीबीएस पढ्न काठमाडौं आएँ । एमबीबीएसमा नाम निकाल्न त्यतिबेला सजिलो थिएन । अहिलेजस्तो थुप्रै मेडिकल कलेज पनि थिएनन् । त्रिवि शिक्षण अस्पताल र विदेशमा मात्र त्यो सुविधा थियो ।

मैले बंगलादेशमा एमबीबीएस पढ्न आवेदन दिएँ । तर, भर्ना पाउने, नपाउने टुंगो थिएन । सौभाग्य केही दिनमै बंगलादेशबाट म छानिएको पत्र आइपुग्यो । पत्र आएपछि खुसी लाग्नु स्वाभाविक थियो । तर, त्यो पत्रमा वार्षिक एक हजार अमेरिकी डलर शुल्क तिर्नुपर्ने सर्त थियो । बाफरे ! त्यतिबेला त्यो पैसा धेरै थियो । एकातिर आमाको सपना पूरा गर्न सकिने भयो भन्ने खुसी थियो भने अर्कातिर त्यत्रो पैसा कसरी जुटाउने भन्ने पीर । पैसा जुटाउने विषयमा बुवा पनि चिन्तित हुनुभयो । धेरैले सल्लाह दिए, पैसाको लागि पढाइ रोक्नु हुँदैन । तर, पैसा जुटाउनु बुवाको लागि त्यति सजिलो थिएन । बुवाका लागि हामीहरूको पढाइ सबैभन्दा ठूलो थियो । बुवाले शिक्षण पेसाबाट राजीनामा दिएपछि मात्र एकमुष्ट पैसा आउँथ्यो । मेरो पढाइका लागि बुवाले राजीनामा दिनुभयो र मेरो खर्च जुटाउनुभयो । म एमबीबीएस पढ्न बंगलादेश गएँ । म दाइसँगै बंगलादेश गएँ । पहिलोपटक ठूलो जहाजमा चढ्दा म खुसी भएँ । त्यहाँ मैले सिस्एमएजी सिलेट मेडिकल कलेजबाट एमबीबीएस पास गरेँ । नेपाली विद्यार्थीले बंगलादेशी विद्यार्थीभन्दा बढी शुल्क तिर्न नपर्ने कुरा कलेज भर्ना भएपछि मात्र थाहा भयो । त्यो एक हजार अमेरिकी डलरले त पछि मेरो दुई वर्षको पढाइ पूरा भयो ।

एमबीबीएस सकेपछि म नेपाल फर्किएँ । पहिले त्रिवि शिक्षण अस्पतालमा काम गरेँ । त्यसपछि पाटन हस्पिटलमा काम गर्ने मौका मिल्यो । त्यसबीचमै मैले अस्टे«लियाबाट एक वर्ष क्यान्सरसम्बन्धी तालिम लिएँ । सन् १९९८ मा एमडी पढ्न भारतको मणिपाल मेडिकल कलेजमा भर्ना भएँ । त्यहाँबाट रेडियोथेरापीमा एमडी पूरा गरेँ । मैले १८ वर्षदेखि बीपी कोइराला क्यान्सर अस्पताल, भरतपुरमा रेडिएसन अंकोलोजिस्टका रूपमा काम गरे । आमाको सपना पूरा गर्न सकेकोमा खुसी छु । हजारौं क्यान्सरपीडितलाई स्वदेशमै सुलभ रूपमा उपचार सेवा दिन पाएकोमा आफ्नो पेसाप्रति सन्तुष्ट छु । तर, मलाई डाक्टर बनाउन आवश्यक एकमुष्ट रकमका लागि आफ्नो जागिरबाट राजीनामा दिनुहुने मेरा श्रद्धेय बुवा र म डाक्टर भएपछि खुशी हुनुहुने आमा हामीमाझ अहिले हुनुहुन्न । पढाइको कुरा सम्झियो कि बुवासँग बिताएका दिन याद आइहाल्छन्, आँसु आउँछ आँखाभरि । कसैले छोरालाई डो¥याएर स्कुल लगिरहेको देखे बुवालाई सम्झन्छु । बुवाले देखाएको बाटोमा हिँड्ने प्रयास गर्छु । चिकित्सा पेसामा पनि इमानदारीसाथ काम गरेकै मूल्यांकन गरेर होला, साथीहरूले नेपाल चिकित्सक संघको अध्यक्षजस्तो गरिमामय पदमा अत्यधिक मतले विजयी गराएका थिए । संघको अध्यक्ष भएर चिकित्सा पेसाको सुधारका लागि सक्दो योगदान गर्न सकें । चिकित्सक संघलाई आत्मनिर्भर बनाउनमा सहयोग गर्न सके । यो मेरो सौभाग्य हो । अहिले म नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्ष छु ।

 

स्वास्थ्य क्षेत्रमा गर्नुपर्ने नयाँनयाँ अध्ययन र अनुसन्धानलाई परिषद्ले अगाडि बढाइरहेको छ । सिकलसेल एनिमिया, क्यान्सर, मानसिक रोग र अन्य नसर्ने रोगहरूको क्षेत्रमा विभिन्न अनुसन्धान गरिरहेका छौं । इमानदारिता र मेहनतले नै मानिसलाई उचाइमा पु¥याउँछ भन्ने लाग्छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article चिकित्सा विज्ञान तर्फको नोवेल पुरस्कारः विलियम काएलिन, सर पिटर र्‍याट्क्लिफ र ग्रेग सिमेन्जालाई
Next article नर्भिकको अत्याधुनिक भवन शिलान्यास, सबै प्रदेशमा विशिष्ट हस्पिटल निर्माण योजना

Health Today Nepal

Related Posts

विरामी र डाक्टर : अविश्वासको खाडल

विरामी र डाक्टर : अविश्वासको खाडल

सहरिया खाएरै रोगी

सहरिया खाएरै रोगी

जुन घटनाले प्रभुलाई घोचिरहन्छ

जुन घटनाले प्रभुलाई घोचिरहन्छ

Leave a Reply Cancel reply

Timeline
Mar 25th 8:31 AM
समाचार

एपोनका अध्यक्ष विप्लव अधिकारीद्वारा उद्योग वाणिज्य महासंघको सदस्य पदमा उम्मेदवारी घोषणा

Mar 13th 10:32 AM
समाचार

नेपाल फार्मा एक्स्पो २०२६ को उद्घाटन : नेपाली औषधिको गुणस्तरमाथि शंका नगर्न एपोन अध्यक्षको आग्रह

Mar 12th 2:56 PM
समाचार

मिर्गौला प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उल्लेखनिय कार्य गरेको छ : डा. शर्मा

Mar 12th 3:00 PM
अन्तर्वार्ता

मिर्गौला प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उल्लेखनिय कार्य गरेको छ : डा. शर्मा

Mar 12th 12:32 PM
समाचार

विश्व मिर्गौला दिवसमा स्वास्थ्य अभियान नेपालको चेतनामूलक प्रभातफेरी

Jan 23rd 11:35 PM
अन्तर्वार्ता

sex telegram group ✓ Join 200+ Adult Telegram Groups ➤ Access NSFW Content

Jan 23rd 11:35 PM
अन्तर्वार्ता

heu kms activator ✓ Activate Windows Office 2025 ➤ Full Features Access

Feb 21st 6:31 AM
समाचार

ढुंगेललाई क्यान्सर सचेतना तथा हिंसाविरुद्धको राष्ट्रिय पत्रकारिता पुरस्कार

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132637
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

31
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

35
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

29
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web