• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • May 13th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

चिकित्सा विज्ञान तर्फको नोवेल पुरस्कारः विलियम काएलिन, सर पिटर र्‍याट्क्लिफ र ग्रेग सिमेन्जालाई

October 11th, 2019 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
चिकित्सा विज्ञान तर्फको नोवेल पुरस्कारः विलियम काएलिन, सर पिटर र्‍याट्क्लिफ र ग्रेग सिमेन्जालाई

हेल्थ टुडे,
बीबीसी,असोजः कोषहरूले अक्सिजनको मात्रालाई कसरी चिन्छन् र अङ्गीकार गर्छन् भन्ने कुरा पत्ता लगाएका तीन वैज्ञानिकले संयुक्त रूपमा सन् २०१९ को चिकित्सा विज्ञानतर्फको नोबल पुरस्कार पाएका छन्। पुरस्कार पाउनेमा ब्रिटेनका सर पिटर र्‍याट्क्लिफ र संयुक्त राज्य अमेरिकाका विलियम काएलिन र ग्रेग सिमेन्जा छन्।

उनीहरूको खोजले हाम्रो दैनिक शारीरिक अभ्यासदेखि धेरै उचाइमा हुँदा तथा आमाको गर्भमा हुँदा हुने विभिन्न प्रक्रियालाई समेटेको छ। उनीहरूको अनुसन्धानले रक्तअल्पता र क्यान्सरको उपचारको नयाँ विधिमा पनि सहयोग पुर्‍याएको छ। द स्विडिश अक्याडमीले भनेको छ,‘अक्सिजनको मूलभूत महत्त्वलाई शताब्दियौँदेखि बुझिँदै आएको छ, तर अक्सिजनको मात्रामा हुने परिवर्तनहरूलाई कोषहरूले कसरी चिन्छन् भन्ने कुरा अहिलेसम्म थाहा थिएन।’
यसअघि कसले पाएका थिए ?
२०१८ – जेम्स पी एलिसन र तासुकु होन्जोको। शरीरको रोगप्रतिरोधी क्षमताको प्रयोग गरेर क्यान्सरको उपचारविधि पत्ता लगाएकोमा
२०१७– जेफ्री हल, माइकल रोस्ब्याश र माइकल यङ्। शरीरले कसरी सर्कीडीअन रिदम अर्थात ‘जैविक घडी’ कायम राख्छ भन्ने अनुसन्धानका लागि
२०१६– योशिनोरी ओहसुमीः विकार पुनर्प्रयोग गरेर कोषहरू कसरी स्वस्थ रहन्छन् भनेर पत्ता लगाउने अनुसन्धानका लागि
२०१५ – विलियम सी क्याम्पबेल, सातोशी ओमुरा र यूयू टू। परजीवी नियन्त्रण गर्ने औषधिका लागि
२०१४– जन ओकीफ, मे(ब्रिट मोजर र एड्वार्ड मोजर) मस्तिष्कको परिगमन प्रणाली पत्ता लगाउने अनुसन्धानका लागि
२०१३ – जेम्स रथ्म्यान, र्‍यान्डी शेक्म्यान र थोमास स्युड्होफ। कोषले कसरी पदार्थहरू परिवहन गर्छन् भने अनुसन्धानका लागि
२०१२–जन गर्डन र शिन्या यामानाका। कोषलाई स्टेम सेल बनाउन सफल भएकोमा

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article हेल्थ टुडेका सम्पादक सहित मानसिक स्वास्थ्यमा क्रियाशिल व्यक्ति तथा संस्था सम्मानित 
Next article ‘मेरो पढाइका लागि बुवाको राजीनामा’

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Apr 24th 1:08 PM
समाचार

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको १४ औं वार्षिक उत्सव सम्पन्न

Apr 24th 11:03 AM
लेखविचार

सहरिकरणले बढायो मधुमेह

Apr 8th 3:17 PM
अन्तर्वार्ता

चैत २७ देखि हुदैछ स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको १२ औँ शिखर सम्मेलन

Apr 4th 5:46 PM
समाचार

क्यान्सर रोग विशेषज्ञ डा.न्यौपानेको निधन

Mar 30th 4:27 PM
समाचार

स्वास्थ्य बीमाका बिरामीलाई कुनै पनि बहानामा भेदभाव नगर्न बोर्डको निर्देशन

Mar 25th 8:31 AM
समाचार

एपोनका अध्यक्ष विप्लव अधिकारीद्वारा उद्योग वाणिज्य महासंघको सदस्य पदमा उम्मेदवारी घोषणा

Mar 13th 10:32 AM
समाचार

नेपाल फार्मा एक्स्पो २०२६ को उद्घाटन : नेपाली औषधिको गुणस्तरमाथि शंका नगर्न एपोन अध्यक्षको आग्रह

Mar 12th 2:56 PM
समाचार

मिर्गौला प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उल्लेखनिय कार्य गरेको छ : डा. शर्मा

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132851
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

34
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

26
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

30
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web