• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • July 1st, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

हेल्थ टुडेका सम्पादक सहित मानसिक स्वास्थ्यमा क्रियाशिल व्यक्ति तथा संस्था सम्मानित 

October 4th, 2019 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
हेल्थ टुडेका सम्पादक सहित मानसिक स्वास्थ्यमा क्रियाशिल व्यक्ति तथा संस्था सम्मानित 

हेल्थ टुडे,

काठमाडौं, १७ असोज:  मनोरोग उपचार तथा पुनस्थापना केन्द्र र प्रथम पाइलाले विश्व मानसिक स्वास्थ्य दिवसको अवसर पारेर मानसिक स्वास्थ्यका क्षेत्रमा क्रियाशिल व्यक्ति तथा संस्थाहरुलाई सम्मान गरेको छ ।

शुक्रबार राजधानीमा आयोजना गरिएको कार्यक्रममा महिला, बालबालिका तथा समाजकल्याण मन्त्री थममाया थापाले मानसिक स्वास्थ्यका विभिन्न क्षेत्रमा आआफ्नो स्थानबाट योगदान गरेका व्यक्ति र संस्थाहरुलाई सम्मान गरेकी हुन् । सम्मानित हुनेमा हेल्थ टुडेका सम्पादक पदमराज जोशी सहित स्वास्थ्य पत्रकारहरु हाम्रो डक्टर न्यूज डटकमका सम्पादक उद्धवराज भेटुवाल र इमेल टेलिभिजनकी स्वास्थ्य पत्रकार प्रज्ञा तिमिल्सिना छन् । त्यसैगरि विश्व स्वास्थ्य संगठनमा कार्यरत मनोचिकित्सक डा. केदार मरहट्टा, मनोचिकित्सक डा. पुष्पप्रसाद शर्मा, समाजसेवी मित्रसेन दाहाल, अधिवक्ता स्वागत नेपाल र मेरिनाल नेपाल पुनस्थापना केन्द्र लगायत छन् ।

 

कार्यक्रममा महिला, बालबालिका तथा समाजकल्याण मन्त्री थापाले हाम्रो समाजमा अहिलेसम्म पनि महिलालाई बस्तुको रुपमा हेर्ने र त्यही अनुसार व्यवहार गर्ने मानसिकता र चिन्तन हावी भएकाले अहिले पनि उच्च तहका व्यक्तिबाट समेत महिलाले हिंसा बेहोर्नु परेको बताइन । समाजले मानसिक समस्या भएका व्यक्तिलाई हेर्ने दृष्टिकोण परिवर्तन हुनु आवश्यक रहेको बताउदै यो क्षेत्रमा कार्यरत व्यक्तिहरुको योगदानलाई सरकारले कदर गर्ने बताइन । कार्यक्रममा पशुपति विकास कोषका पूर्व सदस्य सचिव डा. गोविन्द टण्डनले सञ्चारमाध्यमहरुले मदिराको विज्ञापन रोक्नु पर्नेमा जोड दिदै मदिराका विज्ञापनले यसको प्रयोगमा वृदि भएर महिला हिंसा बढी रहेको दावी गरे ।

सुस्वास्थ्यको राष्ट्रिय अभियान नेपालका मनोविद् गोपाल ढकालले मानसिक स्वास्थ्य सबैको सरोकार भएकाले सबैको सहकार्यमा यसको समाधान खोज्न सकिने बताए । उनले भने, स्वास्थ्य मन्त्रालयले मात्र मानसिक स्वास्थ्यको समाधान गर्न सक्दैन । यसमा हामी सबैको सहकार्य आवश्यक छ । ’ प्रथम पाइलाका सम्पादक डा.दिनेश वास्तोलाले पहिलेको तुलनामा मानसिक स्वास्थ्यका क्षेत्रमा केही सकारात्मक काम भइरहेको भए पनि प्रयाप्त नभएको बताए ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article फुड सप्लिमेन्टलाई  प्रतिबन्धित औषधिको संज्ञा दिन मिल्दैन
Next article चिकित्सा विज्ञान तर्फको नोवेल पुरस्कारः विलियम काएलिन, सर पिटर र्‍याट्क्लिफ र ग्रेग सिमेन्जालाई

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jul 1st 12:16 PM
समाचार

अब देशका ७५३ वटै पालिकामा पुग्ने भयो आयुर्वेद सेवा

Jun 30th 10:11 AM
समाचार

सुर्तीजन्य पदार्थ नियन्त्रणका सबैको सहकार्य आवश्यक

Jun 29th 9:37 AM
समाचार

स्वास्थ्य मन्त्री पौडेलको वीर अस्पतालमा उपचार हुँदै

Jun 27th 3:11 AM
समाचार

स्वास्थ्य अनुसन्धान र खोज पत्रकारिता सम्बन्धी कार्यशाला सम्पन्न

Jun 23rd 5:02 PM
समाचार

वर्षौंपछि स्वास्थ्य क्षेत्रमा ५ वर्षमा १२ हजार जनशक्ति थप्ने प्रक्रिया थालेका छौं : स्वास्थ्य मन्त्री पौडेल

Jun 23rd 4:55 PM
समाचार

सुदर्शन देवकोटा स्मृति स्वास्थ्य पत्रकारिता पुरस्कार गोराखपत्रका स्वास्थ्य पत्रकार ढुङ्गेललाई

Jun 18th 10:46 AM
समाचार

राष्ट्रपति पौडेलद्वारा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक प्रमाणीकरण

Jun 17th 4:41 PM
समाचार

नेपालमा विश्व जनसंख्याको अवस्था प्रतिवेदन सार्वजनिक

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131639
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

27
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

22
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

22
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
नमराज भट्ट
सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315, 9848851122

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web