• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 5th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
बिशेषज्ञ लेख

फुड सप्लिमेन्टलाई  प्रतिबन्धित औषधिको संज्ञा दिन मिल्दैन

October 3rd, 2019 बिशेषज्ञ लेख 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
फुड सप्लिमेन्टलाई  प्रतिबन्धित औषधिको संज्ञा दिन मिल्दैन

सुरेन्द्र मानन्धर,

हाम्रोजस्तो भौगोलिक र सामाजिक विषमता रहेको विकासोन्मुख मुलुकमा स्वस्थ्य जीवन बिताउनु ठूलो चुनौती भएको छ । यद्यपि, पौने तीन करोड जनसंख्या रहेको हाम्रो देशमा ४५ अर्ब रुपैयाँको औषधिको  खपत छ । देशभित्र लगभग पाँच दर्जन औषधि उद्योग सञ्चालित छन् र तीन दर्जन औषधि उद्योग सञ्चालन उन्मुख छन् । स्वदेशी औषधि उद्योगीहरूको दाबीअनुसार नेपालमा स्वदेशी औषधि उद्योगमा उत्पादित औषधिको खपत २० अरब मूल्य बराबरको रहेको छ । यो आँकडाले हाम्रो देशमा औषधिको अत्यधिक प्रयोग भइरहेको प्रष्ट इंगित गर्छ । विश्व स्वास्थ्य संगठनको रिपोर्टअनुसार संसारमा रहेको कुल औषधिको आधा जति औषधिको अनावश्यक उपभोग भइरहेको छ । र यसको प्रतिकूल प्रभाव मानव स्वास्थ्यमा परिरहेको कुरामा कुनै विमति छैन । हामी नेपालीहरू पनि यसबाट वञ्चित छैनौं । प्रस्ट के छ भने औषधिको अनावश्यक प्रयोगले मानव स्वास्थ्यमा हुने प्रतिकूल प्रभावबाट जोगिन हामीले औषधिको अनावश्यक प्रयोगलाई कम गर्नुपर्छ । औषधिको अनावश्यक प्रयोगलाई कम गर्न हामीले  हाम्रो जीवनशैली परिवर्तन गर्नुपर्ने आवश्यकता छ ।

औषधिले रोग निको त पार्छ तर मानव शरीरमा हुने आवश्यक तत्वको कमीलाई कहिल्यै पनि पूरा गर्दैन । मानव शरीरमा हुने आवश्यक तत्वको कमीलाई चिकित्सकीय भाषामा ‘माल न्युट्रिसन’ भन्ने गरिन्छ । ‘इन् नेपाल, माल न्युट्रिसन इज अ साइलेन्ट इमरजेन्सि’ भन्ने  भनाइ युनिसेफको  छ ।  युनिसेफको  यो भनाइले प्रस्ट पार्छ कि हाम्रो देशलाई माल न्युट्रिसनले कति गाँजेको छ ? माल न्युट्रिसनका कारणले मानव शरीरमा भिन्नाभिन्नै किसिमका ‘न्युट्रिसनल डिफिसिएन्सीहरू’ पैदा हुन्छन् । वास्तवमा यही न्युट्रिसनल डिफिसिएन्सीहरू कतिपय रोगको मूल कारण पनि हुन सक्छ । मानव शरीरमा हुने यस्ता न्युट्रिसनल डिफिसिएन्सीहरूलाई हटाउने हो भने कसैलाई पनि रोग लाग्दैन । मानव शरीरमा हुने यस्ता न्युट्रिसनल डिफिसिएन्सीहरूलाई कसरी हटाउने त ? यो गम्भीर प्रश्नको सजिलो जवाफ हो सन्तुलित आहारको सेवन गर्नु अर्थात् हाम्रो शरीरलाई चाहिने न्युट्रिएंट्सहरू जस्तै भिटामिन्स, कार्बोहाइटे«ड, प्रोटिन, मिनरल्सहरूको सेवनबाट न्युट्रिसनल डिफिसिएन्सीहरूलाई हटाउन सकिन्छ । हाम्रो शरीरलाई आवश्यक पर्ने पौष्टिक तत्वहरू दैनिक खानपानले मात्र पूर्ति हुन सक्दैन । यसका लागि हामीले  फुड सप्लिमेंट दैनिक रूपमा खानु पर्ने हुन्छ ।  रोगको उपचारका लागि भौंतारिनुभन्दा त रोग नै लाग्न नदिनु बुद्धिमानी हो । अर्थात्, प्रिभेन्सन इज बेटर देन क्योर भन्ने भनाइलाई मूलमन्त्र बनाउंदै आहारपूरक खाद्य पदार्थ ‘फुड सप्लिमेन्ट’ को उपभोग गर्ने जनचेतनाको विकास गरियो भने अनावश्यक औषधिको उपभोगबाट हुने बिकृतिलाई हटाउन सकिन्छ ।

 

विकसित मुलुकहरूमा आहारपूरक खाद्य पदार्थ ‘फुड सप्लिमेन्ट’ हरूलाई रोगबाट बचाउने चिजको रूपमा लिइन्छ र ओटीसी प्रडक्ट भनेर सर्वत्र उपलब्ध हुन्छ । सजिलै मानिसले उपभोग गर्न पाउँछन् । हाम्रो देशमा भने आहारा पूरक खाद्यपदार्थ ‘फुड सप्लिमेन्ट’ हरूलाई प्रतिबन्धित औषधि भनेर प्रचार गरिन्छ । औषधि नियमन गर्नेहरू फुड सप्लिमेन्टलाई प्रतिबन्धित औषधि भन्न लाज मान्दैनन् । औषधि र फुड सप्लिमेन्टको परिभाषा फरक छ भन्ने कुरा थाहा हुँदाहँुदै पनि नजर अन्दाज गर्छन् ।

सम्बन्धित निकायका विज्ञहरूले फुड सप्लिमेन्टको महत्वलाई सही तरिकाले समाजको सामु सचेतना जगाउनु जरुरी छ । यसरी औषधिको अनावश्यक प्रयोगलाई कम गर्न सकिन्छ । विश्वका विकसित मुलुकमा फुड सप्लिमेन्टलाई लाइफस्टाइल प्रोडक्टको रूपमा स्वस्थ्य रहनका लागि दिनहुँ खाने गरिन्छ । विश्वव्यापी मान्यताअनुसार फुड सप्लिमेन्टलाई दैनिक आहारबाट नपुग्ने तत्वको पूरको रूपमा दिनहुँ खाएमा भविष्यमा भैपरि आउने रोगहरूबाट बच्न सकिन्छ । यस सन्दर्भमा जर्नल अफ न्युट्रिसनमा लेखिएको छ, ‘मल्टिभिटामिन दिनहँु खाने महिला वा पुरुषको तुलनामा मल्टिभिटामिन दिनहँु नखाने महिला वा पुरुषलाई हृदयाघात बढ़ी  हुन्छ ।’

तसर्थ, फुड सप्लिमेन्टहरूको उपयोगितालाई गुमराहमा राखेर  प्रतिबन्धित औषधिको संज्ञा दिएर जनमानसमा भ्रमपूर्ण सन्देश सम्प्रेषण गर्नु आम उपभोक्ताको अधिकार हनन् गर्नु हो । यसलाई  रोक्नु जरुरी छ ।

(मानन्धर, फुड, आयुर्वेदिक, न्युट्रास्युटिलकल एन्ड कस्मस्युटिकल एसोसिएसनका केन्द्रीय अध्यक्ष हुन् ।)

 

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article हेल्थ टुडेका सम्पादक सहित मानसिक स्वास्थ्यमा क्रियाशिल व्यक्ति तथा संस्था सम्मानित 
Next article नेपालमा हुने मृत्युदरको ३० प्रतिशत कारण हृदय तथा मुटुजन्य रोग

Health Today Nepal

Related Posts

समान्य नहुनसक्छ रुघाखोकी

समान्य नहुनसक्छ रुघाखोकी

के हो प्रजनन अङ्गको सङ्क्रमण

के हो प्रजनन अङ्गको सङ्क्रमण

मधुमेहबाट बच्न सानो थाल

मधुमेहबाट बच्न सानो थाल

Leave a Reply Cancel reply

Timeline
Oct 4th 1:13 PM
समाचार

पुस १ गतेदेखि स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य

Sep 19th 3:05 AM
समाचार

नेस्कमको चौथो सम्मेलन : जलवायु र विपद्सँग जुध्न स्वास्थ्य प्रणालीमा जोड

Sep 17th 10:32 AM
समाचार

कोटेश्वर बहुमुखी क्याम्पसमा स्नातक तहका नवआगन्तुक विद्यार्थीको भव्य स्वागत

Sep 17th 7:36 AM
समाचार

ह्यूमन लाइफ साइन्स र जीसीबीसीद्वारा डेढ करोड बढीको हैजा विरुद्वको खोप सहयोग

Sep 16th 10:24 AM
समाचार

आउँदो चैतमा नेपालमा दोस्रो हिमालयन इन्टरनेशनल भास्कुलर समिट हुँदै

Sep 10th 4:36 PM
समाचार

डा. झाको नेतृत्वमा वीरमा दुर्लभ न्यूरोसर्जरी, एउटै बिरामीका ६ वटा एन्युरिज्म सफल क्लिपिङ

Sep 10th 1:47 PM
समाचार

बाढी प्रभावितकालागि युएसभी फर्मास्युटिकल्सको चिकित्सक संघ मार्फत डेढ करोड रुपैया सहयोग

Sep 6th 4:02 AM
समाचार

बाढी प्रभावित क्षेत्रका क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134421
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

28
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

32
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

24
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web