• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • March 14th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

ट्रम्पले लागू गरेको ‘ग्याग रुल’ले विकासोन्मुख देशको प्रजनन स्वास्थ्य सेवा प्रभावित

February 26th, 2020 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
ट्रम्पले लागू गरेको ‘ग्याग रुल’ले विकासोन्मुख देशको प्रजनन स्वास्थ्य सेवा प्रभावित

पदमराज जोशी,
दुबई : अमेरिकी राष्ट्रपति डोनाल ट्रम्पले यौन तथा प्रजनन स्वास्थ्यका क्षेत्रमा विकासोन्मुख देशहरूलाई दिइँदै आएको सहयोग राशि कटौती गर्ने स्वास्थ्य नीति ‘ग्याग रुल’ लागू गरेपछि नेपाललगायतका विश्वका दर्जनांै विकासोन्मुख देशको स्वास्थ्य सेवा प्रभावित भएको छ । यौन तथा प्रजनन स्वास्थ्यका क्षेत्रमा प्रतिरोधात्मक र उपचारात्मक सेवा प्रदान गरिरहेका एसिया क्षेत्रका अगुवा संस्थाहरूका अधिकारी र यस क्षेत्रका स्वास्थ्य पत्रकारहरूले संयुक्त अरब इमिरेटको दुबईमा भेला भएर ‘ग्याग रुल’ का कारण विश्वका विकासोन्मुख देशहरूको यौन तथा प्रजनन स्वास्थ्यका क्षेत्रमा परेको प्रभावका विषयमा समीक्षा गरेका थिए । ट्रम्पले सुरक्षित गर्भपतन, परिवार नियोजन सेवालगायतका यौन तथा प्रजनन स्वास्थ्य क्षेत्रमा अमेरिकी सरकारले सोझै वा एनजीओ आईएनजीओ मार्फत प्रदान गरिँदै आएको बजेट कटौती गर्दै स्वास्थ्य नीति ल्याएका थिए । त्यसलाई नै ‘ग्याग रुल’ भनिन्छ । ट्रम्प अमेरिकी राष्ट्रपति निर्वाचित भएपछि जनवरी २३, २०१७ मा ‘ग्याग रुल’ ल्याएका थिए । यसले गर्भपतन सेवा र परिवार नियोजन सेवालाई निरुत्साहित मात्र गरेको छैन बरु सेवा नै बन्द गर्नु पर्नेमा जोड दिएको छ । दुबईमा यही फागुन दोस्रो हप्ता भएको ‘अमेरिकी सरकारको विदेश नीति र ग्लोबल ग्याग रुल एवं एसियामा यसले पारेको प्रभाव’का विषयमा भएको कार्यशालामा सेवा प्रदायक सरोकारवालाहरूले आ—आफ्नो देशको अवस्थाका विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । यौन तथा प्रजनन स्वास्थ्यका क्षेत्रमा कार्यरत अन्तर्राष्ट्रिय गैरसरकारी संस्था पीएआईको आयोजनामा भएको कार्यशालामा अमेरिका, बेलायत, मलेसिया, नेपाल, बंगलादेश, इन्डोनेसिया, सिंगापुरलगायतका देशका सरोकारवाला सहभागी थिए । कार्यशालामा पीएआईका नीति एवं पैरवीका वरिष्ठ निर्देशक जोनाथन रक्सले ग्याग रुलका कारण विश्वका दर्जनौ विकासोन्मुख र विपन्न मुलुकका महिलाहरूले यौन तथा प्रजनन सेवा पाउनबाट वञ्चित हुनु परेको तथ्यांक प्रस्तुत गर्दै यसको समाधानका लागि भविष्यमा ठोस कदम चाल्नु आवश्यक भएको बताए ।
एसिया र अफ्रिकाका अधिकांश देशमा सुरक्षित गर्भपतन सेवा बन्द भइरहेको बताउँदै उनले यो सेवा बन्द हुनबाट बचाउन नसके हजारांै महिलाले गर्भपतन सेवा नपाएर आत्महत्याको बाटो रोज्ने दाबी गरे । अमेरिकी सरकारले यौन तथा प्रजनन स्वास्थ्यको बजेटका ३० प्रतिशतले कटौती गर्नु विश्वकै महिलाहरूको यौन तथा प्रजनन स्वास्थ्य अधिकारका क्षेत्रमा कैंची चलाउनु भएकोले आगामी नोभेम्बरमा हुने अमेरिकी राष्ट्रपति निर्वाचनमा डोनाल ट्रम्पले हार बेहोरेको अवस्थामा मात्र केही गर्न सकिने बताए । अमेरिकी सहयोगमा चलिरहेका स्वास्थ्य सेवाहरूको एक्कासि बजेट कटौती भएपछि ती देशहरूले चाहेर पनि बजेट बढाउन सकिने अवस्था नरहेको उनको भनाइ छ ।
कार्यशालामा कार्यपत्र प्रस्तुत गर्दै मेरी स्टोप्स इन्टरनेसनल (नेपाल ) का वरिष्ठ सल्लाहकार केपी उपाध्यायले अमेरिकी सरकारले ल्याएको ग्याग रुलकै कारण नेपालमा यूएसएआईडीमार्फत सहयोगमा सञ्चालनमा रहेका यौन तथा प्रजनन स्वास्थ्यका क्षेत्रमा कार्यरत दुईवटा संस्था बन्द भएको जानकारी दिँदै त्यसले हजारौ नेपाली सेवाबाट वञ्चित भएको बताए । नेपालमा सुरक्षित गर्भपतन सेवा कानुनी रूपमा मान्यता प्राप्त र सरकारले निःशुल्क दिने घोषणा गरेको भए पनि दाताहरूको सहयोग रोकिने हो भने यो सेवा नै संकटमा पर्न सक्नेमा उपाध्यायले जोड दिए । पछिल्ला दिनमा सुरक्षित गर्भपतनलाई अपराधको संज्ञा दिने प्रवृत्तिले टाउको उठाउन थालेको बताउँदै उनले सुरक्षित गर्भपतन सेवालाई टिकाइराख्न चुनौती भएको बताए । नेपालमा असुरक्षित गर्भपतनकै कारण ७ प्रतिशत महिलाले ज्यान गुमाइरहेको अवस्था औंल्याउँदै उपाध्यायले २४ प्रतिशत जनताले चाहेर पनि परिवार नियोजनको सेवा पाउन नसकिरहेको तथ्यांक प्रस्तुत गरे । उनले भने, ‘सरकारले यौन तथा प्रजनन स्वास्थ्यका क्षेत्रमा आवश्यक कानुन बनाएको छ । सेवाको पनि सुनिश्चितता गरेको छ । तर दाताको सहयोग रोकियो भने सरकारले बजेटको अभावमा सेवा प्रदान गर्न सक्ने अवस्था छैन ।’
आईपास बंगालादेशकी वरिष्ठ सल्लाहकार डा. शर्मिन सुल्टानाले बंगलादेश सरकार सकारात्मक भए पनि दाताको सहयोग रोकिएपछि समस्या देखिन थालेको बताइन् । ग्याग रुलका कारण बंगलादेशमा बसिरहेका बर्मेली शरणार्थी रोहिंगा बढी प्रभावित भइरहेको उनले जानकारी दिइन् । इन्डोनेसियाका प्रजनन स्वास्थ्यविज्ञ प्रा. सिस्वान्तोले ग्याग रुलका कारण विशेषगरी विकासोन्मुख देशहरूको सेवा प्रभावित भइरहेकाले यस विषयमा सर्वपक्ष्ीाय सोच आवश्यक रहेको बताए । कार्यशालामा पीएआईकी सञ्चार निर्देशक डिल्ली सेभरिनले यौन तथा प्रजनन क्षेत्रमा प्राप्त भइरहेको सेवा बन्द गर्ने गरी ल्याइएको ग्याग रुल हटाउन अमेरिकी सरकारलाई दबाब दिन मिडियाको ठूलो भूमिका रहने बताइन् । कार्यक्रममा बेलायतको लन्डनस्थित इस्टबेस्टका संस्थापक जिम जेम्सले भिडियो कन्फरेन्समार्फत अन्य देशका पत्रकार र अधिकारकर्मीले उठाएका प्रश्नहरूलाई सम्बोधन गर्न सरोकारवालाहरूलाई आग्रह गरेका थिए । अमेरिकी राष्ट्रपति ट्रम्प गर्भपतन र परिवार नियोजनका विरोधीका रूपमा चिनिने गरेका छन् ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article स्वास्थ्य सचिव बरालमाथि चिकित्सकलाई दुरव्यवहार गरेको आरोप
Next article कसरी नाप्ने रक्तचाप ?

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Mar 13th 10:32 AM
समाचार

नेपाल फार्मा एक्स्पो २०२६ को उद्घाटन : नेपाली औषधिको गुणस्तरमाथि शंका नगर्न एपोन अध्यक्षको आग्रह

Mar 12th 2:56 PM
समाचार

मिर्गौला प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उल्लेखनिय कार्य गरेको छ : डा. शर्मा

Mar 12th 3:00 PM
अन्तर्वार्ता

मिर्गौला प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उल्लेखनिय कार्य गरेको छ : डा. शर्मा

Mar 12th 12:32 PM
समाचार

विश्व मिर्गौला दिवसमा स्वास्थ्य अभियान नेपालको चेतनामूलक प्रभातफेरी

Jan 23rd 11:35 PM
अन्तर्वार्ता

sex telegram group ✓ Join 200+ Adult Telegram Groups ➤ Access NSFW Content

Jan 23rd 11:35 PM
अन्तर्वार्ता

heu kms activator ✓ Activate Windows Office 2025 ➤ Full Features Access

Feb 21st 6:31 AM
समाचार

ढुंगेललाई क्यान्सर सचेतना तथा हिंसाविरुद्धको राष्ट्रिय पत्रकारिता पुरस्कार

Feb 14th 3:56 PM
समाचार

स्वासप्रस्वास सम्बन्धि सेवा दिन ललितपुरको मान भवनमा खुल्यो नेशनल चेष्ट सेन्टर

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132572
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

31
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

27
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

24
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web