• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 6th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

न्याम्सको २३ औं वार्षिकोत्सवमा राष्ट्रपति पौडेलले भने, चिकित्सक विदेसिनु चिन्ताको विषय

May 6th, 2025 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
न्याम्सको २३ औं वार्षिकोत्सवमा राष्ट्रपति पौडेलले भने,  चिकित्सक विदेसिनु  चिन्ताको विषय

हेल्थ टुडे,
काठमाडौँ, २३ बैसाख : राष्ट्रपति रामचन्द्र पौडेलले चिकित्सकहरू बिदेसिने क्रम बढ्नु चिन्ताको विषय भएको बताएका छन् । मंगलबार काठमाडौँमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको २३ औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले नेपालमै स्तरीय स्वास्थ्य सेवा तथा उपचार हुन थालेको छ भन्ने आफैँले अनुभव गरेको बताएका हुन् ।
राष्ट्रपति पौडेलले भन्नुभयो, ‘नेपालमै स्तरीय स्वास्थ्य सेवा तथा उपचार हुन थालेको छ भन्ने आफैँले अनुभव गरेको कुरा मैले पटक पटक भन्ने गरेको छु । स्वास्थ्य सेवामा सुधार हुँदा हुँदै पनि सम्पूर्ण जनशक्तिले पर्याप्त अवसर नपाएको भन्ने गुनासो आइरहेको र त्यसको परिणाम चिकित्सकहरू बिदेसिने क्रम बढ्नु चिन्ताको विषय हो । यसलाई रोक्न सम्बद्ध पक्षले उपयुक्त कदम चाल्नुपर्छ । हाम्रो संविधानले नेपाली नागरिकलाई स्वास्थ्य, शिक्षा जस्ता आधारभूत आवश्यकताको प्रत्याभूतिको व्यवस्था सुनिश्चित गरेको छ । संविधानको भावनाअनुसार आम नागरिकको स्वास्थ्यमा समान पहुँच पु¥याउन र स्वास्थ्य सेवाको गुणस्तरमा वृद्धि गर्न हाम्रो ध्यान केन्द्रित हुनुपर्छ ।
राष्ट्रले दक्ष र विज्ञ चिकित्सक उत्पादनमा गरेको लगानी संविधानको त्यही भावना र मर्मअनुसार हो ।’राष्ट्रपति पौडेलले हाल देशको स्वास्थ्य र शिक्षामा गुणात्मक सुधार भएको जिकिर गरे । दक्ष र विज्ञ चिकित्सकहरू नेपालमै उत्पादन हुनु खुसीको विषय भएको उनले बताए । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले काठमाडौं उपत्यकामा जनशक्तिको अभाव नभए पनि उपत्यका बाहिर जनशक्तिको अभाव देखिएको बताउदै स्वास्थ्य सेवामा लागेका स्वास्थ्यकर्मीहरुमा सेवाभाव हुनु पर्नेमा जोड दिए । राष्टिय योजना आयोगका सदस्य प्रा. डा.आरपी बिच्छाले न्याम्सले दुवाकोटमा बन्ने भनिएको वीर अस्पताल प्रोजेक्टलाई प्राथमिकतामा राखेर अगाडि बढ्नु आवश्यकता रहेको बताए ।
न्याम्सका शिक्षाध्यक्ष प्रा. डा. लोचन कार्कीले २३ वर्षको इतिहासमा न्याम्सले ३ हजार ६ सय ८० जनशक्ति उत्पादन गरेको तथ्यांक प्रस्तुत गर्दै अनुसन्धानका क्षेत्रमा पनि छुट्टै विभाग स्थापना गरेर काम अगाडि बढाएको बताए । न्याम्सका उपकुलपति प्रा. ढा. भुपेन्द्रकुमार बस्नेतले न्याम्सले गुणस्तरीय शिक्षा प्रदान गरेकै परिणामस्वरुप गत वर्षसम्म १२८ सिट रहेकोमा त्यसलाइए बढाएर यो वर्षदेखि चिकित्सा शिक्षा आयोगले २५० सिट पढाउन अनुमति दिएको जानकारी गराउदै निकट भविश्यमा एमविविएसको पढाई पनि सुरु गर्ने तयारी गरिरहेको बताए । ९६० शैयामा सञ्चालनमा रहेको वीर अस्पताललाई भविश्यमा १५०० शैयाको बनाउन आवश्यक रहेको र दुवाकोटमा सञ्चालन हुने परियोजना मार्फत त्यो पनि पुरा हुने विश्वास व्यक्त गरे । कार्यक्रममा चिकित्सा सेवामा उल्लेख्य योगदान गरेका चिकित्सकहरुलाई सम्मान गरिएको थियो ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article मेरो मिर्गौला फेल हुनुको कारण अत्यधिक पेन किलर हो : प्रधानमन्त्री ओली
Next article सुर्तीजन्य पदार्थमा कर बढाउनैपर्छ । स्वास्थ्यले अर्थलाई कर बढाउन सिफारिस गरिसकेको छ ।

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Oct 5th 12:33 PM
समाचार

काँक्रोमा भेटियो अत्यधिक विषादी

Oct 4th 1:13 PM
समाचार

पुस १ गतेदेखि स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य

Sep 19th 3:05 AM
समाचार

नेस्कमको चौथो सम्मेलन : जलवायु र विपद्सँग जुध्न स्वास्थ्य प्रणालीमा जोड

Sep 17th 10:32 AM
समाचार

कोटेश्वर बहुमुखी क्याम्पसमा स्नातक तहका नवआगन्तुक विद्यार्थीको भव्य स्वागत

Sep 17th 7:36 AM
समाचार

ह्यूमन लाइफ साइन्स र जीसीबीसीद्वारा डेढ करोड बढीको हैजा विरुद्वको खोप सहयोग

Sep 16th 10:24 AM
समाचार

आउँदो चैतमा नेपालमा दोस्रो हिमालयन इन्टरनेशनल भास्कुलर समिट हुँदै

Sep 10th 4:36 PM
समाचार

डा. झाको नेतृत्वमा वीरमा दुर्लभ न्यूरोसर्जरी, एउटै बिरामीका ६ वटा एन्युरिज्म सफल क्लिपिङ

Sep 10th 1:47 PM
समाचार

बाढी प्रभावितकालागि युएसभी फर्मास्युटिकल्सको चिकित्सक संघ मार्फत डेढ करोड रुपैया सहयोग

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134431
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

34
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

39
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

31
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web