• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • June 1st, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

उपत्यकाभित्र ५० र सिरहाका २५ ठाउँमा धारालाई नछोई हात धुन सकिने स्टेसन स्थापना, ललितपुर प्रहरी परिसरबाट सुभारम्भ

April 13th, 2020 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
उपत्यकाभित्र ५० र सिरहाका २५ ठाउँमा धारालाई नछोई हात धुन सकिने स्टेसन स्थापना, ललितपुर प्रहरी परिसरबाट सुभारम्भ

हेल्थ टुडे,
ललितपुर, १ बैसाख : पानीको धारालाई हातले नछोएरै सावुन पानीले मज्जाका साथ हात धुन मिल्ने गरि उपत्यकाभित्र ५० ठाउँका र सिरहामा २५ गरि ७५ ठाउँमा हात धुने स्टेसन (कन्ट्याक्टलेस ह्याण्डवासिङ स्टेसन) स्थापना गर्न थालिएको छ । कोरोना भाइरसको संक्रमण बढी रहेका बेला त्यसबाट बच्ने भरपर्दो उपायका रुपमा साबुन पानीले हात धुने उपायलाई व्यवहारमा उतार्न यो नयाँ प्रविधिमार्फत हात धुने बानीको विकास गर्न हात धुने स्टेसन स्थापना गर्न लागिएको हो । यी स्टेसनमा हात धुने स्टेशनसँगै जडित भुँईमा रहेको संयन्त्रलाई खुट्टाले दबाएपछि धाराको टुटीबाट पानी झर्न थाल्छ र दवाउन छोडेपछि पानी आफै बन्द हुन्छ । कोरोना भाइरस हातको माध्यमबाट धारा र धाराको माध्यमबाट अरु व्यक्तिलाई समेत सर्ने भएकाले वाटरएड नेपालले हातले नछोईकन हात धुन मिल्ने प्रविधि ल्याएको हो ।
नेपाल सरकार र अन्य साझेदार संस्थाहरुको सहकार्यमा वाटरएड नेपालले यी हातले छोइरहनु नपर्ने (कन्ट्याक्टलेस ह्याण्ड वासिङ स्टेसन) हात धुने स्टेसनहरुको स्थापना गर्न सुरु गरेको हो । जावलाखेलमा रहेको महानगरीय प्रहरी परिसर ललितपुरमा स्थापना गरेर यसको शुभारम्भ गरिएको छ । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबू महर्जनले एक समारोहबिच आईतबार धारालाई हातले नछोएरै सावुन पानीले हात धुन मिल्ने गरि स्टेसनको उद्घाटन गरेका छन् । मेयर महर्जनले कोरोना भाइरस हातको माध्यमबाट धारा र धाराको माध्यमबाट अरु व्यक्तिलाई समेत सर्ने भएकाले यस किसिमको नयाँ प्रविधि ल्याएर विभिन्न स्थानमा स्थापना गर्न लागेकोमा खुशी व्यक्त गर्दै महानगरपालिकाले वाटरएड नेपालसँग भविश्यमा पनिसँग सहकार्य गर्ने बताए ।
शुभारम्भ कार्यक्रममा वरिष्ट मुटु रोग विज्ञ डा.भगवान कोइरालाले कोरोना भाइरसबाट लड्ने दुई तरिका मध्ये एउटा तरिका नियमित साबुन पानीले हात धुनु रहेको बताउदै धारालाई नछोएरै हात धुने प्रविधि सहितका हात धुने स्टेसन स्थापनाले कोरोना भाईरस संक्रमण कम गर्न सहयोग पुग्ने बताए । शहर बजारमा कतिपय मानिसले हात धुने ठाउँको अभाव र साबुन भएपनि पानीकै अभावमा हात धुन नपाईने अवस्थामा वाटर एडले स्थापना गरेको हात धुने स्थानले लक्षितवर्गलाई यसले फाइदा पुग्ने डा.कोइरालाले बताए । वाटरएड नेपालका कन्ट्री डाइरेक्टर तृप्ती राईले हातको माध्यमबाट सर्ने विभिन्न रोगबाट बच्ने एउटै सरल तरिका हात धुनु रहेपनि करिब १ करोड ४८ लाख मानिस सँग हात धुने ठाउँकै अभाव रहेको बताइन् । उनले कोरोनाबाट बच्न मात्र नभई अन्य विभिन्न रोगबाट बच्न साबुन पानीले नियमित हात धुनुपर्नेमा जोड दिइन् ।
महानगरीय प्रहरी परिसर ललितपुरका एसएसपी टेक प्रसाद राईले ड्यूटीमा खटिएका प्रहरीहरुलाई समेत धारा नै नछोई हात धुने स्थान परिसमा स्थापना हुनु उपयोगी हुने बताए । खुट्टाले टेक्ने वित्तिकै धाराबाट पानी निस्कने भएकाले कुनै व्यक्तिमा कोरोना संक्रमण नहुने भएकाले यसबाट प्रहरी पनि लाभान्वित हुनेमा उनले जोड दिए । आईतबार नै ललितपुरको लगनखेल बसपार्कमा पनि हात धुने स्टेशन निर्माण गरिएको छ । वाटरएड नेपालका अनुसार एक हप्ताभित्र काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा ५० वटा र त्यसपछि सिरहाको लहान नगरपालिकामा २५ गरि जम्मा ७५ वटा हातले नछोएरै हात धुन मिल्ने स्टेसन स्थापना गरिने छन । यसले कोरोना भाइरस संक्रमण हटाउन ठूलो सहयोग मिल्ने विज्ञहरुले बताएका छन ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article दबाबपछि विना प्रतिस्पर्धा महंगोमा स्वास्थ्य सामग्री किन्ने सवा अर्बको सम्झौता रद्द गर्न स्वास्थ्य मन्त्रालय बाध्य
Next article कैलाली र रौतहटमा थपिए फेरि दुई जना संक्रमित, अहिलेसम्म कोरोना संक्रमित १४

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jun 1st 9:20 AM
समाचार

नेपाल र किम्स अस्पतालबीच स्वास्थ्य सेवामा सीप र क्षमता अभिवृद्धिका लागि सहकार्य

May 31st 5:22 PM
समाचार

अनलाईन खवरका स्वास्थ्य पत्रकार चौलागाई सहित सातजनालाई ‘स्वास्थ्य मन्त्री ब्लुम्बर्ग जनस्वास्थ्य पुरस्कार’

May 31st 5:14 PM
समाचार

हेल्थ टिभीअनलाइनकी सम्पादक आचार्य सहित सातजनालाई ‘स्वास्थ्य मन्त्री ब्लुम्बर्ग जनस्वास्थ्य पुरस्कार’

May 31st 5:02 PM
समाचार

मेडिकल पत्रका सम्पादक कट्टेल सहित सातजनालाई ‘स्वास्थ्य मन्त्री ब्लुम्बर्ग जनस्वास्थ्य पुरस्कार’

May 31st 4:42 PM
समाचार

सुर्तीजन्य पदार्थ विरुद्वका अभियन्ता डा. बम सहित सातजनालाई ‘स्वास्थ्य मन्त्री ब्लुम्बर्ग जनस्वास्थ्य पुरस्कार’

May 31st 4:28 PM
समाचार

नेपाली हेल्थका सम्पादक न्यौपाने सहित सातजनालाई ‘स्वास्थ्य मन्त्री ब्लुम्बर्ग जनस्वास्थ्य पुरस्कार’

May 26th 11:19 AM
समाचार

भारतका १६ राज्यमा फैलियो कोरोना संक्रमण, १ हजार भन्दा बढीमा संक्रमण पुष्टि

May 25th 10:13 AM
समाचार

नेपालमा पहिलोपटक नेपाली चिकित्सकद्वारा मस्तिष्कमृत व्यक्तिको मिर्गौला र कलेजो एकै व्यक्तिमा प्रत्यारोपण

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131548
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

11
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

15
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

18
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
नमराज भट्ट
सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315, 9848851122

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web