• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • September 22nd, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

उपत्यकाभित्र ५० र सिरहाका २५ ठाउँमा धारालाई नछोई हात धुन सकिने स्टेसन स्थापना, ललितपुर प्रहरी परिसरबाट सुभारम्भ

April 13th, 2020 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
उपत्यकाभित्र ५० र सिरहाका २५ ठाउँमा धारालाई नछोई हात धुन सकिने स्टेसन स्थापना, ललितपुर प्रहरी परिसरबाट सुभारम्भ

हेल्थ टुडे,
ललितपुर, १ बैसाख : पानीको धारालाई हातले नछोएरै सावुन पानीले मज्जाका साथ हात धुन मिल्ने गरि उपत्यकाभित्र ५० ठाउँका र सिरहामा २५ गरि ७५ ठाउँमा हात धुने स्टेसन (कन्ट्याक्टलेस ह्याण्डवासिङ स्टेसन) स्थापना गर्न थालिएको छ । कोरोना भाइरसको संक्रमण बढी रहेका बेला त्यसबाट बच्ने भरपर्दो उपायका रुपमा साबुन पानीले हात धुने उपायलाई व्यवहारमा उतार्न यो नयाँ प्रविधिमार्फत हात धुने बानीको विकास गर्न हात धुने स्टेसन स्थापना गर्न लागिएको हो । यी स्टेसनमा हात धुने स्टेशनसँगै जडित भुँईमा रहेको संयन्त्रलाई खुट्टाले दबाएपछि धाराको टुटीबाट पानी झर्न थाल्छ र दवाउन छोडेपछि पानी आफै बन्द हुन्छ । कोरोना भाइरस हातको माध्यमबाट धारा र धाराको माध्यमबाट अरु व्यक्तिलाई समेत सर्ने भएकाले वाटरएड नेपालले हातले नछोईकन हात धुन मिल्ने प्रविधि ल्याएको हो ।
नेपाल सरकार र अन्य साझेदार संस्थाहरुको सहकार्यमा वाटरएड नेपालले यी हातले छोइरहनु नपर्ने (कन्ट्याक्टलेस ह्याण्ड वासिङ स्टेसन) हात धुने स्टेसनहरुको स्थापना गर्न सुरु गरेको हो । जावलाखेलमा रहेको महानगरीय प्रहरी परिसर ललितपुरमा स्थापना गरेर यसको शुभारम्भ गरिएको छ । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबू महर्जनले एक समारोहबिच आईतबार धारालाई हातले नछोएरै सावुन पानीले हात धुन मिल्ने गरि स्टेसनको उद्घाटन गरेका छन् । मेयर महर्जनले कोरोना भाइरस हातको माध्यमबाट धारा र धाराको माध्यमबाट अरु व्यक्तिलाई समेत सर्ने भएकाले यस किसिमको नयाँ प्रविधि ल्याएर विभिन्न स्थानमा स्थापना गर्न लागेकोमा खुशी व्यक्त गर्दै महानगरपालिकाले वाटरएड नेपालसँग भविश्यमा पनिसँग सहकार्य गर्ने बताए ।
शुभारम्भ कार्यक्रममा वरिष्ट मुटु रोग विज्ञ डा.भगवान कोइरालाले कोरोना भाइरसबाट लड्ने दुई तरिका मध्ये एउटा तरिका नियमित साबुन पानीले हात धुनु रहेको बताउदै धारालाई नछोएरै हात धुने प्रविधि सहितका हात धुने स्टेसन स्थापनाले कोरोना भाईरस संक्रमण कम गर्न सहयोग पुग्ने बताए । शहर बजारमा कतिपय मानिसले हात धुने ठाउँको अभाव र साबुन भएपनि पानीकै अभावमा हात धुन नपाईने अवस्थामा वाटर एडले स्थापना गरेको हात धुने स्थानले लक्षितवर्गलाई यसले फाइदा पुग्ने डा.कोइरालाले बताए । वाटरएड नेपालका कन्ट्री डाइरेक्टर तृप्ती राईले हातको माध्यमबाट सर्ने विभिन्न रोगबाट बच्ने एउटै सरल तरिका हात धुनु रहेपनि करिब १ करोड ४८ लाख मानिस सँग हात धुने ठाउँकै अभाव रहेको बताइन् । उनले कोरोनाबाट बच्न मात्र नभई अन्य विभिन्न रोगबाट बच्न साबुन पानीले नियमित हात धुनुपर्नेमा जोड दिइन् ।
महानगरीय प्रहरी परिसर ललितपुरका एसएसपी टेक प्रसाद राईले ड्यूटीमा खटिएका प्रहरीहरुलाई समेत धारा नै नछोई हात धुने स्थान परिसमा स्थापना हुनु उपयोगी हुने बताए । खुट्टाले टेक्ने वित्तिकै धाराबाट पानी निस्कने भएकाले कुनै व्यक्तिमा कोरोना संक्रमण नहुने भएकाले यसबाट प्रहरी पनि लाभान्वित हुनेमा उनले जोड दिए । आईतबार नै ललितपुरको लगनखेल बसपार्कमा पनि हात धुने स्टेशन निर्माण गरिएको छ । वाटरएड नेपालका अनुसार एक हप्ताभित्र काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा ५० वटा र त्यसपछि सिरहाको लहान नगरपालिकामा २५ गरि जम्मा ७५ वटा हातले नछोएरै हात धुन मिल्ने स्टेसन स्थापना गरिने छन । यसले कोरोना भाइरस संक्रमण हटाउन ठूलो सहयोग मिल्ने विज्ञहरुले बताएका छन ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article कैलाली र रौतहटमा थपिए फेरि दुई जना संक्रमित, अहिलेसम्म कोरोना संक्रमित १४
Next article दबाबपछि विना प्रतिस्पर्धा महंगोमा स्वास्थ्य सामग्री किन्ने सवा अर्बको सम्झौता रद्द गर्न स्वास्थ्य मन्त्रालय बाध्य

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Sep 19th 3:05 AM
समाचार

नेस्कमको चौथो सम्मेलन : जलवायु र विपद्सँग जुध्न स्वास्थ्य प्रणालीमा जोड

Sep 17th 10:32 AM
समाचार

कोटेश्वर बहुमुखी क्याम्पसमा स्नातक तहका नवआगन्तुक विद्यार्थीको भव्य स्वागत

Sep 17th 7:36 AM
समाचार

ह्यूमन लाइफ साइन्स र जीसीबीसीद्वारा डेढ करोड बढीको हैजा विरुद्वको खोप सहयोग

Sep 16th 10:24 AM
समाचार

आउँदो चैतमा नेपालमा दोस्रो हिमालयन इन्टरनेशनल भास्कुलर समिट हुँदै

Sep 10th 4:36 PM
समाचार

डा. झाको नेतृत्वमा वीरमा दुर्लभ न्यूरोसर्जरी, एउटै बिरामीका ६ वटा एन्युरिज्म सफल क्लिपिङ

Sep 10th 1:47 PM
समाचार

बाढी प्रभावितकालागि युएसभी फर्मास्युटिकल्सको चिकित्सक संघ मार्फत डेढ करोड रुपैया सहयोग

Sep 6th 4:02 AM
समाचार

बाढी प्रभावित क्षेत्रका क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार

Sep 3rd 12:31 PM
समाचार

स्वास्थ्य प्राथमिकतामा छलफल गर्न दक्षिण–पूर्वी एसियाका स्वास्थ्यमन्त्री भेला हुँदै

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134370
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

30
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

29
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

26
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web