• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • November 2nd, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

चिकित्सक संघलाई ज्याकेट हस्तान्तरण

April 27th, 2020 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
चिकित्सक संघलाई ज्याकेट हस्तान्तरण

हेल्थ टुडे,
काठमाडौं, १५ बैसाख: कोरोना भाइरसको संक्रमणको बेला अग्रमोर्चामा खटिएका चिकित्सक चिन्न सजिलो होस भन्ने अभिप्रायले नेपाल औषधि उत्पादक संघले नेपाल चिकित्सक संघलाई छुट्टै पहिचानयुक्त ज्याकेट हस्तान्तरण गरेको छ । चिकित्सकहरुले मात्र प्रयोग गर्न मिल्ने र सजिलै चिन्न सकिने गरि बनाइएका उक्त पातलो ज्याकेट सोमबार नेपाल औषधि उत्पादक संघका पदाधिकारीले नेपाल चिकित्सक संघका पदाधिकारीलाई हस्तान्तरण गरेका हुन । उक्त अबसरमा नेपाल उत्पादक संघका तर्फबाट वरिष्ठ उपसभापती महेश प्रधान, उपाध्यक्ष सन्तोश बराल र महासचिब बिप्लब अधिकारीले उक्त ज्याकेट हस्तान्तरण गरेका थिए । नेपाल चिकित्सक संघको तर्फबाट अध्यक्ष डा.लोचन कार्की, महासचिव डा.बद्री रिजाल, कोषाध्यक्ष डा. प्रकाश बुढाथोकी लगायतको उपस्थिति थियो ।
चिकित्सकहरुको लागि मात्र प्रयोग गर्ने र चिकित्सकहरुलाई सबैले सजिलै चिन्न सकिने गरि बनाइएकोले यी ज्याकेटको प्रयोगले चिकित्सकहरुको पहिचान र सुरक्षामा थोरै भएपनि सहयोग पुग्ने नेपाल औषधि उत्पादक संघका महासचिब विप्लव अधिकारिले बताए । नेपाल औषधि उत्पादक संघका बरिष्ठ उपाध्यक्ष प्रधानले औषधिको अभाव हुन नदिन आफूहरु अहोरात्र खटिरहेको जानकारी दिए । नेपाल चिकित्सक संघका अध्यक्ष डा.लोचन कार्कीले नेपाल चिकित्सक संघ सधै सबै चिकित्सकहरुको सुरक्षा र पहिचानको लागि लडिरहेको जानकारी गराउदै औषधि उत्पादक संघको सहयोगका लागि धन्यवाद व्यक्त गरे । प्राप्त ज्याकेटहरु सकेसम्म चाडो देश भरिका चिकित्सकहरुमाझ पुर्याउने उनले बताए । बिगत केही दिन अगाडि चिकित्सकहरु माथी पहिचान नभएको कारणले भएको विभिन्न दुव्र्यवहारका घटना नदोहोरिउन भन्ने अभिप्रायले चिकित्सकहरुको सम्मान र पहिचानका लागि उक्त ज्याकेटहरु उपलब्ध गराएको औषधि उत्पादक संघले जनाएको छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article ओम्नी समूहसँग स्वास्थ्य सामाग्री खरिदबारे लेखा समितिले स्वास्थ्यमा थाल्यो छानबिन
Next article राती गाडी चल्दा पनि कोरोना बोकेका मान्छे त आएनन् भन्दै झस्किन्छन् रोङवासी

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Nov 2nd 9:44 AM
समाचार

निजी अस्पतालका नर्सहरुले पनि सरकारीसरह तलब पाउने

Oct 29th 3:35 PM
समाचार

लुक्ला अस्पतालको २० वर्षे यात्रा : ३ लाख बिरामीको उपचार र १,५०० शिशुको जन्म

Oct 29th 3:20 PM
समाचार

काठमाडौं महानगरका ५६ हजार बढी नागरिक स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध

Oct 29th 3:01 PM
समाचार

उपेन्द्र देवकोटा फाउण्डेशनद्वारा विश्व स्ट्रोक दिवसमा स्वास्थ्य परिक्षण सहितका कार्यक्रम सम्पन्न

Oct 27th 5:20 AM
समाचार

डा. शर्मा स्वास्थ्य मन्त्रीमा नियुक्त

Oct 9th 8:04 AM
समाचार

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्वउपकुलपति डा. संगीता सहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

Oct 7th 6:33 AM
स्वास्थ्य सुझाब

घर पालुवा जनावरले समेत सार्न सक्छ रोग

Oct 7th 6:10 AM
स्वास्थ्य सुझाब

मोटोपन घटाउदा अपनाउनुपर्ने सावधानी

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132082
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

22
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

24
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

28
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web