हेल्थ टुडे,
काठमाडौं, १४ असार : नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व मन्त्री रमेश लेखकले कञ्चनपुर र बैतडीमा पिपिईलगायत कोरोना नियन्त्रणका लागि स्वास्थ्य सामग्री पठाएका छन्। लेखकले पठाएको स्वास्थ्य सामग्री जिल्लास्थित पार्टीका नेताहरूले कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडामार्फत जिल्ला प्रहरी कार्यालय कञ्चनपुरलाई १० थान पिपिई, पाँच लिटर सेनिटाइजर तथा शशस्त्र प्रहरी बल शैलेश्वरीलाई १० थान पिपिई, पाँच लिटर सेनिटाइजर हस्तान्तरण गरे ।
लेखकले भीमदत्त र महाकाली नगरपालिकाका क्वारेन्टिनका लागि एक हजार थान सर्जिकल मास्क र १० लिटर सेनिटाइजर पनि उपलब्ध गराएको कांग्रेस कञ्चनपुरका सभापति हरिप्रसाद बोहराले जानकारी दिए । उनका अनुसार लेखकले कञ्चनपुरका तीनवटै निर्वाचन क्षेत्रका स्वास्थ्यकर्मीका लागि ५७ थान पिपिईसहित स्वास्थ्य सामग्री यसअघि उपलब्ध गराएका थिए ।
यस्तै बैतडीमा २० थान पिपिई पठाएको लेखकका सहयोगी जनक भट्टले जानकारी दिए । भट्टले भने, ‘कोरोना महामारीमा अग्रभागमा रहेर खटिएका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई पिपिईलगायत स्वास्थ्य सामग्री पठाइएको हो,’
Leave a Reply