• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 17th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको सम्मेलन असार २२ र २३ मा

June 30th, 2020 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको  सम्मेलन असार २२ र २३ मा

हेल्थ टुडे,

काठमाडौं,  १६ असार :  स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको छैटौं राष्ट्रिय सम्मेलन यही असार २२ र २३ मा अनलाईन मार्फत हुने भएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले चैत २८ देखि ३० सम्म सम्मेलन आयोजना गर्ने मिति तोकिसकिएको भए पनि कोरोना भाइरसको महामारीका कारण स्थगित गरिएको थियो । सम्मेलन स्थगित गर्नु भन्दा अनलाईन (भर्चुअल ) मार्फत गर्नु सान्दर्भिक हुने निश्षर्क परिषद्ले निकाले पछि कोरोना संक्रमणकै बेला सम्मेलन हुन लागेको हो ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का सदस्य सचिव डा. प्रदीप ज्ञवालीले सम्मेलन नगर्नु भन्दा भर्चुअल भए पनि गर्नु राम्रो हुने सल्लाह भएपछि सम्मेलन गर्न लागिएको बताए । डा. ज्ञवालीका अनुसार सम्मेलनमा ५० वटा अनुसन्धानमूलक प्रस्तुतिकरण कोरोना भाइरस सम्बन्धी र ५० वटा कोरोना बाहेक स्वास्थ्य र जनसंख्या सम्बन्धी अनुसन्धानमूलक प्रस्तुतिकरण गरिने छन् । स्वास्थ्य र जनसंख्याका क्षेत्रमा अध्ययन र कार्यरत अनुसन्धानकर्ताहरुलाई आफूले गरेका तथ्यपरक अनुसन्धानलाई नीति निर्माता समक्ष प्रस्तुत गर्ने अवसर प्रदान गरेर देशमा स्वास्थ्य अनुसन्धानलाई प्रोत्साहन गर्न सम्मेलन आयोजना हुदै आइरहेको परिषद्का वरिष्ठ अनुसन्धानविज्ञ डा. मेघराज धिमालले बताए । यस पटक भइरहेको सम्मेलन नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को फेसबुक पेजबाट र युट्यूवबाट प्रत्यक्ष प्रशारण हुने छ । सम्मेलन बिहान ९ देखि साझ ५ बजेसम्म चल्ने छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article लेखकले पठाए कञ्चनपुर र बैतडीमा कोरोना नियन्त्रणका लागि स्वास्थ्य सामग्री
Next article स्वास्थ्य बिमा बोर्डका कार्यकारी निर्देशक पोखरेलको राजीनामा

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Oct 9th 8:04 AM
समाचार

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्वउपकुलपति डा. संगीता सहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

Oct 7th 6:33 AM
स्वास्थ्य सुझाब

घर पालुवा जनावरले समेत सार्न सक्छ रोग

Oct 7th 6:10 AM
स्वास्थ्य सुझाब

मोटोपन घटाउदा अपनाउनुपर्ने सावधानी

Sep 23rd 1:07 PM
समाचार

मानव अंग प्रत्यारोपण केन्द्रलाई शून्यबाट शिखरमा पुगाएर सेवा निवृत भए डा. पुकार

Sep 20th 9:57 AM
स्वास्थ्य विशेष

पिसाब चुहिने समस्या र त्यसको निदान

Sep 20th 9:13 AM
समाचार

वीर अस्पतालमा गरिएको अध्ययनले भन्यो, समयमै पहिचान गरे ९० प्रतिशत मिर्गौला बचाउन सकिन्छ

Sep 20th 8:54 AM
समाचार

बजेट अभावमा अलपत्र अस्पताल

Sep 17th 12:22 PM
समाचार

चाया किन हुन्छ ? र यसको उपचार के ?

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131970
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

24
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

28
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

20
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web