हेल्थ टुडे,
काठमाडौँ, २३ असार : मुटु उपचारका लागि प्रख्यात बासबारीस्थित सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रले मंगलबारदेखि अर्को व्यवस्था नभएसम्मका लागि आकस्मिक सेवा बाहेकका सबै सेवाहरु बन्द गरेको छ ।
कोरोना भाइरसले महामारीको रुप लिइरहेको र अस्पतालमा उपचारका लागि भर्ना भएका विरामीहरुमा समेत कोरोना पोजेटिभ देखिएकाले सेवा अर्को व्यवस्था नभएसम्मका लागि उपचार सेवा बन्द गर्नु परेको केन्द्रले विज्ञप्ति मार्फत जानकारी गराएको छ । सहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रका कार्यकारी निर्देशक डा. चन्द्रमणी अधिकारीले उपचार सेवालाई पुन सन्चालन गर्न सक्ने विकल्पहरुका बिषयमा कोरोना संक्रमण नियन्त्रण कमिटि र विज्ञहरुसँग छलफल जारी रहेको जनाएका छन । केन्द्रका सेवा बन्द भएपछि देश भरिबाट मुटु उपचारका लागि आउने सयौं विरामी मर्कामा पर्ने देखिएको छ । पछिल्ला दिनमा उपत्यकाका सरकारी र निजी अस्पतालमा उपचाररत विरामीहरुमा समेत कोरोना संक्रमण पोजेटिभ देखिन थालेपछि अस्पतालहरु थप तनावमा छन ।
Leave a Reply