हेल्थ टुडे,
काठमाडौँ, ९ भदौ : उपत्यकामा फेरि एक हप्ता निषेधाज्ञा थप्न जिल्ला संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी) ले सिफारिस गरेको छ । उपत्यकामा जिल्ला संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी) को बैठकले जारी निषेधाज्ञा भदौ १७ गतेसम्म थप्न सिफारिस गरेको छ । उपत्यकामा भदौ ३ गते राती १२ बजेदेखि एक हप्ताका लागि प्रषेधाज्ञा जारी छ ।
काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरु सहभागी मंगलबार बसेको बैठकले यस्तो सिफारिस गरेको काठमाडौं जिल्ला प्रशासनका एक अधिकारीले बताएका छन । यो सिफारिसलाई तीनै जिल्लाका सुरक्षा समितिले अनुमोदन गरिसकेका स्रोतले बताएको छ । निषेधाज्ञाका क्रममा अत्यावश्यक काम बाहेकमा मानिसहरुको आवतजावत रोकिएको छ । निषेधाज्ञा जारी गर्ने अधिकार सरकारले स्थानिय प्रशासनलाई दिएको छ । त्यसैको आधारमा उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले निवेषज्ञा जारी गर्ने गरेका छन । स्रोतका अनुसार गृह मन्त्रालय र प्रधानमन्त्री कार्यालयबाट आवश्यक राय सुझाव लिएर प्रशासन कार्यालयहरुले भदौ १७ सम्म निषेधाज्ञा थप्ने निर्णय गर्ने तयारी गरेका छन् ।
Leave a Reply