हेल्थ टुडे,
काठमाडौं, १ असोज : कोरोना संक्रमित भएपछि देशका विभिन्न अस्पतालका आईसियू ( सघन उपचार कक्ष) हरुमा उपचार गराईरहेका गम्भिर प्रकृतिका विरामीहरुको उपचारको अवस्था बुझ्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले क्रिटिकल केयरका विज्ञहरुको टोली खटाउने निर्णय गरेको छ ।
बिहीबारसम्म देशका विभिन्न अस्पतालका आईयूसीहरुमा १७३ जना कोरोना संक्रमित उपचाररत छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले विज्ञ सम्मिलित टोलीले सातवटै प्रदेशका विभिन्न अस्पतालका आईसियूमा उपचाररत बिरामीहरुको उपचारको अवस्था अध्ययन गरि प्रतिवेदन मन्त्रालयलाई दिने बताए । डा. गौतमका अनुसार सबै भन्दा बढी आईसियूमा उपचाररत संक्रमित बाग्मती प्रदेशमा छन् । बाग्मती प्रदेशमा १२३ जना आईसियूमा छन् ।
त्यसैगरि प्रदेश १ मा ४ जना, प्रदेश २ मा ९ जना, गण्डकी प्रदेशमा ७ जना, कर्णाली प्रदेशमा ९ जना र प्रदेश ५ मा २२ जना आईसियूमा उपचाररत छन् । त्यसैगरि बाग्मती प्रदेशमा २५ जना र सुदूरपश्चिम प्रदेशमा १ जना गरि २६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्यांक अनुसार कुल संक्रमितको साडे ७१ प्रतिसत संक्रमित निको भएर घर फर्किसकेका छन भने १६ हजार २४२ जना सक्रिय संक्रमित छन।
Leave a Reply