हेल्थ टुडे,
काठमाडौं, २९ बैसाख : नेपालका ५ जिल्लामा कोरोना संक्रमितको संख्या १०० भन्दा कम रहेको छ । नेपालमा कोरोना संक्रमण देखिएपछि अहिलेसम्म सबै भन्दा कम संक्रमण देखिएको जिल्ला मनाङ हो । मनाङमा अहिलेसम्म २३ जनामा कोरोना संक्रमण देखिएको छ । ती मध्ये १० जना पुरुष र १३ जना महिला छन् । त्यसैगरि मुगुमा ५० जना, मुस्ताङमा ५६ जना, हुम्लामा ६६ जना र डोल्पामा ७३ जनामा कोरोना संक्रमण देखिएको छ । नेपालका अन्य ७२ जिल्लामा कोरोना संक्रमितको संख्या १०० भन्दा बढी छ । सबै भन्दा बढी काठमाडौंमा १ लाख ५० हजार ५५७ जनालाई अहिलेसम्म कोरोना संक्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिलेसम्म ४ लाख २२ हजार ३४९ जना कोरोना संक्रमित भएका छन । ती मध्ये ३ लाख १६ हजार ४६३ निको भइसकेका छन भने सक्रिय संक्रमितको संख्या १ लाख एक हजार ६३४ छ । अहिलेसम्म ४ हजार २५२ जनाको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भइसकेको छ ।
Leave a Reply