हेल्थ टुडे,
काठमाडौं, १२ जेठ : दैनिक साडे ९ हजारसम्म पुगेको कोरोना संक्रमितको संख्या बुधबार ६ हजारको लाइनमा ओर्र्लिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिगत २४ घण्टामा ६ हजार ७१४ नयाँ संक्रमित थपिएका छन । बुधबार नयाँ संक्रमित भन्दा निको हुनेको संख्या धेरै रहेको छ । ६ हजार ७१४ जना नयाँ संक्रमित थपिदा ६ हजार ७१६ संक्रमणमुक्त भएका छन् ।
देशभरका प्रयोगशालामा १९ हजार ३० नमुनाको पीसीआर टेष्ट गर्दा ६ हजार ६७७ जना र ३२२ एन्टिजेन टेष्टमा ३७ जनामा संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा १४९३ संक्रमित थपिएका छन्, जसमध्ये काठमाडौंमा ११३९, ललितपुरमा २४१ र भक्तपुरमा ११३ जना छन् । पछिल्लो २४ घण्टामा १४५ जनाको मृत्यु भएको छ । निको हुनेको संख्या धेरै हुनु संक्रमण बिस्तारै नियन्त्रणमा आउने संकेत भएको जनस्वास्थ्य विज्ञहरुले बताएका छन् ।
कोरोना संक्रमण रोक्नका लागि सरकारले गत बैसाख १६ गतेदेखि उपत्यका सहित देशका अधिकांश जिल्लामा निशेधाज्ञा जारी गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले सोमबार पत्रकार सम्मेलन मार्फत कोरोना संक्रमण नियन्त्रणमा आउन अझै ४ हप्ता लाग्ने बताएका थिए ।
Leave a Reply