• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • August 18th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

६ हजारको लाइनमा ओर्लियो नयाँ संक्रमितको संख्या, काठमाडौंमा ह्वात्तै घट्यो संक्रमण, नयाँ संक्रमित भन्दा निको हुने बढी

May 26th, 2021 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
६ हजारको लाइनमा ओर्लियो नयाँ संक्रमितको संख्या, काठमाडौंमा ह्वात्तै घट्यो संक्रमण, नयाँ संक्रमित भन्दा निको हुने बढी

हेल्थ टुडे,

काठमाडौं, १२ जेठ :   दैनिक साडे ९ हजारसम्म पुगेको कोरोना संक्रमितको संख्या बुधबार ६ हजारको लाइनमा ओर्र्लिएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिगत २४ घण्टामा ६ हजार ७१४ नयाँ संक्रमित थपिएका छन । बुधबार नयाँ संक्रमित भन्दा निको हुनेको संख्या धेरै रहेको छ । ६ हजार ७१४ जना नयाँ संक्रमित थपिदा ६ हजार ७१६ संक्रमणमुक्त भएका छन् ।

देशभरका प्रयोगशालामा १९ हजार ३० नमुनाको पीसीआर टेष्ट गर्दा ६ हजार ६७७ जना र ३२२ एन्टिजेन टेष्टमा ३७ जनामा संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा १४९३ संक्रमित थपिएका छन्, जसमध्ये काठमाडौंमा ११३९, ललितपुरमा २४१ र भक्तपुरमा ११३ जना छन् । पछिल्लो २४ घण्टामा १४५ जनाको मृत्यु भएको छ । निको हुनेको संख्या धेरै हुनु संक्रमण बिस्तारै नियन्त्रणमा आउने संकेत भएको जनस्वास्थ्य विज्ञहरुले बताएका छन् ।

कोरोना संक्रमण रोक्नका लागि सरकारले गत बैसाख १६ गतेदेखि उपत्यका सहित देशका अधिकांश जिल्लामा निशेधाज्ञा जारी गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले सोमबार पत्रकार सम्मेलन मार्फत कोरोना संक्रमण नियन्त्रणमा आउन अझै ४ हप्ता लाग्ने बताएका थिए ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article चिनले नेपाललाई थप १० लाख डोज कोरोना विरुद्धको खोप निशुल्क उपलब्ध गराउने
Next article ललितपुरमा फ्रन्टलाइनरलाई कोभिशिल्डको दोस्रो डोज जेठ १२ देखि  

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Aug 17th 10:05 AM
समाचार

स्थानीय चुनाव आउन ९ महिना बाँकी, स्वास्थ्यमन्त्री मेहताको ‘भोट अभियान’

Aug 15th 1:00 PM
समाचार

८० प्रतिसत जलेका विरामीको पनि प्लास्टिक सर्जरी मार्फत निको बनाउछौ : डा. कुलदीप सिंह

Aug 14th 1:27 PM
समाचार

बेड नपाएर त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्ष बाहिर बिरामीको मृत्यु

Aug 13th 2:02 PM
समाचार

ग्लोबल फण्डको पिआरमा युएनडिपीलाई निरन्तरता

Aug 13th 10:27 AM
समाचार

मिर्गौला फेल हुने मध्ये ३० प्रतिसत वैदेशिक रोजगारीबाट फर्केका

Aug 11th 12:01 PM
समाचार

नारायणी अस्पतालमा विगत दुई दिनदेखि एन्टी स्नेक भेनम अभाव

Aug 9th 10:46 AM
समाचार

नेत्र ज्योति संघलाई डब्लुएचओ दक्षिण–पूर्वी एसिया क्षेत्रीय ‘पब्लिक हेल्थ च्याम्पियन्स’ अवार्ड

Aug 9th 7:37 AM
समाचार

डा. नुतन शर्मासंग प्रहरीले लियो बयान

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134103
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

132
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

21
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

138
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web