हेल्थ टुडे,
काठमाडौं, १२ जेठ : केही समय पहिले नेपाललाई अनुदानमा ८ लाख डोज भेरोसेल खोप उपलब्ध गराएको उत्तरी छिमेकी चिनले नेपाललाई थप १० लाख डोज कोरोना भाइरसविरुद्धको खोप अनुदान दिने भएको छ ।
बुधबार नेपाल र चीनका राष्ट्रपतिबीच भएको टेलिफोन कुराकानीमा चिनियाँ राष्ट्रपति सी जिनपिङले १० लाख डोज खोप नेपाललाई उपलब्ध गराउने घोषणा गरेका हुन् ।
दुई राष्ट्रपतिबीचको टेलिफोन संवादपछि नेपालका लागि चिनियाँ राजदूत हाउ यान्छीले चीनले नेपाललाई अनुदानमा खोप दिएको घोषणा समाजिक सञ्जाल मार्फत गरेकी छन् । उक्त खोप कहिले नेपाल आइपुग्छ भन्ने बिषयमा भने कुनै कुरा उल्लेख गरिएको छैन ।
Leave a Reply