हेल्थ टुडे,
काठमाडौं, २५ पुष : अंग प्रत्यारोपण समाज, नेपाल (नेपलिज सोसाइटी अफ अर्गान ट्रान्सप्लान्टेसन) को नयाँ अध्यक्षमा वरिष्ठ अंग प्रत्यारोपण सर्जन डा.पुकारचन्द्र श्रेष्ठ निर्वाचित भएका छन् । समाजको हालै बसेको बार्षिक साधारण सभाले शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक समेत रहेका डा. श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यससमिति चयन गरेको हो ।
समाजको उपाध्यक्षमा डा.गुणकुमार श्रेष्ठ, महासचविमा डा. कल्पना श्रेष्ठ र कोषाध्यक्षमा डा. दिपेश श्रेष्ठ चयन भएका छन् । त्यसैगरि समाजको सदस्यहरुमा डा. बिशेष पौडेल, डा. लुसन सिंह, डा. सोभित थापा, डा. ललित दाश र डा. गोपी अर्याल रहेका छन् । नयाँ कार्यसमितिको कार्यकाल दुई वर्ष रहने छ । समाजले कम्तिमा पनि देशका सबै प्रदेशहरुमा मिर्गौला र कलेज प्रत्यारोपण सेवाका साथै डायलासिस सेवा उपलब्ध गराउन पहल गर्ने समाजकी महासचिव डा. कल्पना श्रेष्ठले बताइन् । नयाँ कार्यसमितिले निवर्तमान अध्यक्ष डा. निरज जोशीलाई धन्यवाद ज्ञापन गरेको छ ।
Leave a Reply