• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • January 24th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

समलिङ्गी विवाहलाई कानूनी मान्यता दिन सरोकारवालाको माग

June 16th, 2022 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
समलिङ्गी विवाहलाई कानूनी मान्यता दिन सरोकारवालाको माग

हेल्थ टुडे,
काठमाडौं, २ असार : समलिङ्गी विवाहलाई कानूनी मान्यता प्रदान गर्नका लागि दबाब दिन नेपाल परिवार नियोजन संघले ‘विवाहमा समानताको अधिकार’ नामक परियोजना सुरु गरेको छ । आईपिपिएफको सहयोग र निल हिरा समाजको सहकार्यमा यो परियोजना अगाडि बढाइएको हो ।

बुधबार राजधानीमा आयोजित कार्यक्रममा नेपाल परिवार नियोजन संघका महानिर्देशक डा.नरेशप्रताप केसीले परियोजना सुभारम्भ भएको जानकारी दिदै यो परियोजनाले यौनिक तथा अल्पसंख्यकको वैवाहिक समानताको अधिकार स्थापित गर्नमा अहं भूमिका खेल्ने बताए । यौनिक तथा अल्पसंख्यकको अधिकार स्थापना गर्न परिवार नियोजन संघले बिगत लामो समयदेखि पैरवी गर्दै आएको बताउँदै महानिर्देशक केसीले भविश्यमा पनि यो प्रसास निरन्तर रहने बताए । उनले भने, ‘कुनै पनि व्यक्तिले आफ्नो स्वअनुभूति अनुसारको लैङ्गिक पहिचान हासिल गर्न उसको वैयक्तिक आत्मनिर्णयको अधिकार भएकाले विवाहमा समानताको अधिकार स्थापित हुनु पर्छ । ’

महिला र पुरुषबिच हुने विवाहलाई मात्र नेपालमा कानूनी मान्यता प्रदान गरेको बताउँदै अब समलिंगी विवाहले पनि मान्यता पाउनु पर्नेमा डा. केसीले जोड दिए । निल हिरा समाजकी कार्यकारी निर्देशक मनिषा ढकालले महिला र पुरुष बाहेक अन्य लिंगी व्यक्तिहरुको यौन अधिकारलाई पनि सरकारले समान हैसियत दिनु पर्ने बताइन । कार्यक्रममा निल हिरा समाजकी भूमिका श्रेष्ठ, परिवार नियोजन संघकी कार्यक्रम निर्देशक डा. बिना श्रेष्ठ, युएन एड्सकी डा. किसु रावल लगायतका विज्ञहरुले सरकारले समलिंगी विवाहलाई कानुनी मान्यता प्रदान गर्नु पर्नेमा जोड दिएका थिए ।

परिवार नियोजन संघ पैरवी साखा प्रमुख जमुना सिटौलाले क्यानाडा, बेलायत, स्पेन,फ्रान्स, निदरल्याण्ड लगायतका थुप्रै देशले विवाहमा समानताको अधिकार प्रदान गरेको जानकारी गराउदै नेपाल सरकारले समलिंगी विवाहले कानुनी मान्यता दिनु पर्नेमा जोड दिइन । कार्यक्रममा विवाहमा समानताको अधिकारका लागि पैरवी गर्न निर्माण गरिएका ३ वटा डकुमेन्ट्ररी समेत प्रदर्शन गरिएको थियो ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article प्रत्यारोपण केन्द्रलाई प्रतिष्ठान बनाउने प्रस्ताव लामो समयदेखिको सपना : डा पुकारचन्द्र श्रेष्ठ
Next article काठमाडौं बाहिर पोखरामा पहिलो पटक सरकारी अस्पतालमा निःशुल्क मिर्गौला प्रत्यारोपण

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jan 15th 2:35 PM
अन्तर्वार्ता

सुस्वास्थ्य अस्पतालले स्थापनाको एक दशक १८ हजारलाई दियो सेवा

Jan 15th 3:53 AM
स्वास्थ्य विशेष

एन्टिमाइक्रोबियल रेसिस्टेन्स: नेपालका लागि बढ्दो स्वास्थ्य चुनौती

Dec 25th 3:43 PM
समाचार

चिकित्सक संघको नेतृत्वका लागि डा. बद्री रिजालको टीमद्वारा ६ बुदे प्रतिवद्धता सार्वजनिक

Dec 21st 4:22 PM
समाचार

५० हजारको ध्यान अभ्याससँगै आर्ट अफ लिभिङ नेपालले मनायो विश्व ध्यान दिवस

Dec 13th 2:27 PM
अन्तर्वार्ता

सुर्तीजन्य पदार्थ नियन्त्रणमा सरकारी संयन्त्रबीच समन्वय अभाव रहेको सरोकारवालाको जोड

Nov 23rd 5:10 AM
अन्तर्वार्ता

डा. कल्पनाकुमारी श्रेष्ठले सम्हालिन् शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको निर्देशक पद

Nov 23rd 4:58 AM
अन्तर्वार्ता

नेपालमा विश्व अकुपंचर दिवस मनाइयो

Nov 21st 11:14 AM
अन्तर्वार्ता

नेपाल मेडिकल काउन्सिलमा डा. बुढाथोकी र डा. झाको नियुक्ति

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132328
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

14
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

18
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

17
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web