• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 6th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
अन्तर्वार्ता

प्रत्यारोपण केन्द्रलाई प्रतिष्ठान बनाउने प्रस्ताव लामो समयदेखिको सपना : डा पुकारचन्द्र श्रेष्ठ

June 6th, 2022 अन्तर्वार्ता 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
प्रत्यारोपण केन्द्रलाई प्रतिष्ठान बनाउने प्रस्ताव लामो समयदेखिको सपना : डा पुकारचन्द्र श्रेष्ठ

सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत् सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रलाई विशेषज्ञ उत्पादन गर्न सक्षम प्रतिष्ठानको रुपका विकास गर्ने घोषणा गरेको छ । नेपालमा मिर्गौला प्रत्यारोपण सेवाको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गरेका केन्द्रका कार्यकारी निर्देशक डा पुकारचन्द्र श्रेष्ठले सरकारको यो घोषणालाई आफ्नो लामो समयदेखिको सपना पूरा भएको रुपमा लिइरहेका छन्। प्रस्तुत छ हेल्थ टुडेले केन्द्रका कार्यकारी निर्देशक डा पुकारचन्द्र श्रेष्ठसँग गरिएको अन्तरवार्ता :

सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रलाई विशेषज्ञ उत्पादन गर्न सक्षम प्रतिष्ठानको रुपका विकास गर्ने घोषणा गरेको कुरालाई केन्द्रको नेतृत्वका रुपमा यसलाई कसरी लिनु भएको छ?
गत वैशाख ११ गते केन्द्र सुरुवात भएको १० वर्ष पूरा भएको छ। यो अवधिमा भएको प्रत्यारोपणको संख्या र गुणस्तरका हिसाबमा यो संसारको स्तरीय प्रत्यारोपण केन्द्रका रुपमा स्थापित भएको छ।अहिलेसम्म हामीले ८६४ जनाको मिर्गौला प्रत्यारोपण गरिसकेका छौं भने कलेजो प्रत्यारोपण पनि हामीले नै सुरु ग¥यौं। अहिलेसम्म ८ जनाको प्रत्यारोपण भइसकेको छ।
यस्तै, मस्तिष्क मृत्युबाट हुने अंगदानबाट पनि ६ जनाको मिर्गौला प्रत्यारोपण र एक जनाको कलेजो प्रत्यारोपण भएको छ। यसका अलावा दैनिक एक सय जनाको डायलिसिस हुँदै आएको छ। समग्रमा हेर्दा १० वर्षमा संस्थाले प्रत्यारोपणमा ९९ प्रतिशत सफलता हासिल गरेको छ। सरकारले यसलाई मूल्यांकन गरेर बजेटमा समावेश गर्दै प्रतिष्ठान बनाएर उच्चस्तरीय जनशक्ति उत्पादन गर्ने घोषणा गरेको छ। यसमा हामी खुसी छौं।
केन्द्रलाई प्रतिष्ठानका रुपमा अगाडि बढाउन अबको योजना के छ?
यो काम गर्ने चुनौती आएको छ। अब बल हाम्रो कोर्टमा आएको छ। कति गर्ने भन्ने कुरा हाम्रो क्षमतामा भर पर्ने कुरा हो।
बजेट आइसकेपछि स्वास्थ्य मन्त्रालयमा प्रारम्भिक छलफल गरिसकेँ। उहाँहरुले प्रस्ताव ल्याउन भन्नु भएको छ। त्यो दुई वटा विषयमा केन्द्रित हुनेछ। एउटा प्रत्यारोपण केन्द्रलाई प्रतिष्ठानका रुपमा कसरी अगाडि बढाउने र अर्को सातै प्रदेशमा कसरी बिस्तार गर्न सकिन्छ भन्ने विषय प्रस्तावमा समेटिनेछन्। प्रस्ताव तयार पार्न मैले टोलीलाई भनिसकेको छु। सम्भवतः हामी एक हप्ताभित्रै प्रस्ताव लिएर जान्छौं। मन्त्रालयले आवश्यक ठाने त्यसलाई परिमार्जन गर्न पनि सक्छ।

प्रतिष्ठानको रुपमा विकास भइसकेपछि प्रत्यारोपणसम्बन्धी जनशक्ति कसरी उत्पादन गर्ने योजना छ?

सातै प्रदेशमा मिर्गौला प्रत्यारोपण सेवा बिस्तार अहिलेको होइन, पहिलेदेखिकै सपना हो। हामी सरकारलाई थप व्ययभार दिन चाहँदैनौं। अहिले उपलब्ध जनशक्ति र बिरामीको सेवा नै शैक्षिक कार्यक्रमका लागि पुग्ने खालको छ। खाली चुनौती भनेको स्थान अभावको हो।

अहिले राष्ट्रिय प्रत्यारोपण केन्द्रको एक सय बेडको भवन छ। यसलाई तीन सय बेडको बनाउन पाइयो भने र जग्गा प्राप्ति गरेर क्षमता बढाउन सकियो भने धेरै संख्यामा उच्चस्तरीय जनशक्ति उत्पादन गर्न सकिन्छ। जस्तो, नेफ्रोलोजीमा डिएम, युरोलोजीमा एमसीएच, प्रत्यारोपणमा फेलोसीप, एनेस्थेसियामा डिएम गर्न सकिन्छ। बिस्तारै पेट, कलेजो, मुटु, नर्सिङमा पोस्टग्राजुयेटको पढाई गर्न सकिन्छ।
तत्कालका लागि प्रिफ्याब भवन बनाएर सय बेडको डायलिसिस सेवा उपलब्ध गराउने र अहिलेको भवनमा उब्रिएको स्थानमा प्रत्यारोपण संख्या बढाउन सकिन्छ। अहिले बर्सेनि २ सयको संख्यामा प्रत्यारोपण गरिरहेका छौं भने त्यसपछि ५, ६ सयको संख्यामा प्रत्यारोपण गर्न सकिन्छ। यस्तै, डायलिसिस दैनिक एक सय जनाको गर्ने गरिएको छ भने त्यसपछि दैनिक ४ सयसम्म पु¥याउन सकिन्छ।

प्रदेशस्तरमा मिर्गौला प्रत्यारोपण सेवा बिस्तार गर्ने योजना के छ?

सरकारले बजेटमा सबै प्रादेशिक अस्पतालहरुमा डायलासिस सेवा उपलब्ध गराउन डायलिसिस मेसिन खरिद गर्न बजेट छुट्याएको छ। विपन्न मिर्गौला रोगी नागरिकका लािग निःशुल्क मिर्गौला प्रत्यारोपण गर्ने पनि भनेको छ।तर बजेट आउनुअघि नै हामीले गण्डकी प्रदेश अस्पताल पोखरा र कर्णाली प्रदेश अस्पताल सुर्खेतसँग मिर्गौला प्रत्यारोपण सेवा सुरु गर्न सम्झौता गरिसकेका छौं। यसबारेको जानकारी सरकारलाई दिएका पनि थियौं।

अहिले त्यसैको निरन्तरताका लागि सरकारले हामीलाई थप जिम्मेवारी दिएको हो। अब आवश्यक औपचारिकता पूरा भएपछि हाम्रो जनशक्ति गएर प्रत्यारोपण सुरु गर्छ र त्यहाँको जनशक्ति आएर हामीकहाँ तालिम लिन्छ। ‘साइड बाइ साइड’ त्यहाँको जनशक्तिलाई बिस्तारै सक्षम बनाएर हामी हस्तान्तरण गर्नेछौं।तालिम सर्जन तथा फिजिसियनका लागि एक वर्ष र अरु प्राविधिकका लागि तीन महिना लाग्छ। तालिम सम्पन्न नभएसम्म हाम्रो जनशक्तिले प्रत्यारोपण सुरु गर्छ।यस्तै, प्रत्यारोपण बिस्तारकै लागि हामीले कोसी अस्पताल, भरतपुर अस्पताल, हेटौंडा अस्पताललगायतका अस्पतालसँग कुरा अगाडि बढाइरहेका छौं। एकै पटक नसकिएला। तर बिस्तारै हामीले प्रदेशस्तरमा पनि सेवा बिस्तार गर्नेछौं। अहिले हामीसँग केन्द्रमा ८ सर्जन, ८ नेफ्रोलोजिस्ट, ८ एनेस्थेसिस्ट र अरु पुग्ने खालको जनशक्ति छ। यही जनशक्ति आलोपालो गरेर जान्छ। र, अहिलेको सेवामा कुनै कमी नहुने गरी सेवा बिस्तार गर्न हामी तयार छौं।

अहिले मुलुकमा बर्सेनि मिर्गौला फेल हुनेको संख्या कति छ? सेवा तथा क्षमता बिस्तारपछि मुलुकको प्रत्यारोपणको आवश्यकता पूर्ति होला त?
नेपालमा बर्सेनि मिर्गौला हुनेको संख्या ३ हजार छ। केन्द्रले अहिले २ सय जनाको प्रत्यारोपण गर्छ। आवश्यकता र आपूर्तिमा ठूलो खाडल छ। कोही विदेश जान्छन्, बाँकीले देशकै अस्पतालमा सेवा लिन्छन्।यो हिसाबले हेर्ने हो भने अब १५–२० जनाको प्रत्यारोपण गरेर पुग्नेवाला छैन। अब सय–दुई सय जनाकै प्रत्यारोपण गर्ने हिसाबले जानुपर्छ, ताकि केन्द्र आफैं सक्षम होस्। अनि, कामको रिजल्ट राम्रो हुन्छ र बिरामीले पनि विश्वास गर्छन्। संख्या जति बढ्यो, गुणस्तर पनि बढ्दै जान्छ। निरन्तर हुने गरी स्वाभाविक हिसाबले कार्यक्रम बनाउनुपर्छ। त्यसका लागि केन्द्र अग्रणी भूमिका खेल्न तयार छ। एडभोटोरियल

 

 

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article समलिङ्गी विवाहलाई कानूनी मान्यता दिन सरोकारवालाको माग
Next article चुरोटमा बढ्यो कर, स्वास्थ्य जोखिम कर यथावत,

Health Today Nepal

Related Posts

सामाजिक  स्वास्थ्य सुरक्षा

सामाजिक स्वास्थ्य सुरक्षा

शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरको – सूचना

शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरको – सूचना

पत्रकार उपचारका लागि प्रेस युनियनले खडा गर्यो एक करोडको कोष

पत्रकार उपचारका लागि प्रेस युनियनले खडा गर्यो एक करोडको कोष

Leave a Reply Cancel reply

Timeline
Oct 5th 12:33 PM
समाचार

काँक्रोमा भेटियो अत्यधिक विषादी

Oct 4th 1:13 PM
समाचार

पुस १ गतेदेखि स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य

Sep 19th 3:05 AM
समाचार

नेस्कमको चौथो सम्मेलन : जलवायु र विपद्सँग जुध्न स्वास्थ्य प्रणालीमा जोड

Sep 17th 10:32 AM
समाचार

कोटेश्वर बहुमुखी क्याम्पसमा स्नातक तहका नवआगन्तुक विद्यार्थीको भव्य स्वागत

Sep 17th 7:36 AM
समाचार

ह्यूमन लाइफ साइन्स र जीसीबीसीद्वारा डेढ करोड बढीको हैजा विरुद्वको खोप सहयोग

Sep 16th 10:24 AM
समाचार

आउँदो चैतमा नेपालमा दोस्रो हिमालयन इन्टरनेशनल भास्कुलर समिट हुँदै

Sep 10th 4:36 PM
समाचार

डा. झाको नेतृत्वमा वीरमा दुर्लभ न्यूरोसर्जरी, एउटै बिरामीका ६ वटा एन्युरिज्म सफल क्लिपिङ

Sep 10th 1:47 PM
समाचार

बाढी प्रभावितकालागि युएसभी फर्मास्युटिकल्सको चिकित्सक संघ मार्फत डेढ करोड रुपैया सहयोग

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134423
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

31
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

29
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

24
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web