• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • May 23rd, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

विपन्नको उपचारका लागि संघीय अस्पतालले छुट्याए २ हजार २८ वटा निशुल्क शैय्या

June 29th, 2023 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
विपन्नको उपचारका लागि संघीय अस्पतालले छुट्याए २ हजार २८ वटा निशुल्क शैय्या

हेल्थ टुडे,
काठमाडौ, १३ असार : स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले सरकारी अस्पतालमा विपन्न, असहाय र बेवारिसे बिरामीको उपचार निःशुल्क गर्ने अभियालाई निरन्तरता दिएका छन् । उनको निर्देशन पछि विपन्नको उपचारका लागि भन्दै छ वटा संघीय अस्पतालले २०२८ वटा निशुल्क शैय्या छुट्याएका छन् ।
बुधबार मात्रै उपत्यकाका गंगालाल हृदयरोग केन्द्र, परोपकार प्रसूति गृह, कान्ति बाल र शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले पनि विपन्नका लागि शैय्या निःशुल्क दिने निर्णय गरेका छन् ।
मन्त्री बस्नेतका अनुसार बुधबार देखि कान्ति बाल अस्पतालले ६० शैय्या, परोपकार प्रसुति तथा स्त्री रोग अस्पतालले ४५० शैय्या, ट्रमा सेन्टरले १५० शैय्या र शहिद गंगालाल हृदय केन्द्रले ९० शैय्या निःशुल्क गर्ने निर्णय गरेका छन् ।
यसअघि नै वीर अस्पतालले आफ्नो ७०० शैय्या र कोशी अस्पतालले ३३० शैय्या विपन्नका लागि निःशुल्क हुने घोषणा गरिसकेका थिए ।
यो संगै अब विपन्नका लागि विभिन्न अस्पतालमा निःशुल्क घोषणा गरिएको शैय्याको संख्या २ हजार २८ पुगेको छ ।
मन्त्री बस्नेतले बिस्तारै अरु केन्द्रीय अस्पतालहरुमा पनि विपन्नका लागि निःशुल्क शैय्या थप्दै जाने बताए ।
उनले ती शैय्यामा रहेर उपचार गर्दा अन्य शुल्क पनि नलाग्ने बताए । शैय्या निःशुल्क गरेपछि अस्पतालहरु माथि पर्ने आर्थिक भार कम गर्ने केहि बजेट सम्बन्धीत अस्पतालले व्यवस्थापन गर्ने र अपुग रकम स्वास्थ्य मन्त्रालयले बेहोर्ने गरि काम भईरहेको मन्त्री बस्नेतले बताए ।
स्वास्थ्य उपचार पाउनु जनताको संवैधानिक अधिकार भएकाले बजेट अभाव भयो भन्दै सरकार पन्छिन नमिल्ने भएकाले यो निर्णय सबै अस्पतालहरुले कार्यन्वयन गरेरै छाडेने दावी मन्त्री बस्नेतले गरे ।
निजी अस्पतालहरुलाई पनि जिम्मेवार बनाउन नियम अनुसार उनीहरुले पनि कुल शैय्याको १० प्रतिसत शैया विपन्नका लागि निःशुल्क छुट्याउनु पर्ने नियम पनि कडाईका साथ आफूले लागु गराई रहेको मन्त्री बस्नेतले बताए ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article किशोरावस्थाको मानसिक स्वास्थ्यका बिषयलाई मिडियाले महत्व दिनु पर्ने विज्ञको सुझाव
Next article भक्तपुर क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा डा.चालिसे

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
May 15th 7:41 AM
समाचार

इलाममा बर्ड फ्लु नियन्त्रणका लागि लगाइएको प्रतिबन्ध हट्यो

Apr 24th 1:08 PM
समाचार

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको १४ औं वार्षिक उत्सव सम्पन्न

Apr 24th 11:03 AM
लेखविचार

सहरिकरणले बढायो मधुमेह

Apr 8th 3:17 PM
अन्तर्वार्ता

चैत २७ देखि हुदैछ स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको १२ औँ शिखर सम्मेलन

Apr 4th 5:46 PM
समाचार

क्यान्सर रोग विशेषज्ञ डा.न्यौपानेको निधन

Mar 30th 4:27 PM
समाचार

स्वास्थ्य बीमाका बिरामीलाई कुनै पनि बहानामा भेदभाव नगर्न बोर्डको निर्देशन

Mar 25th 8:31 AM
समाचार

एपोनका अध्यक्ष विप्लव अधिकारीद्वारा उद्योग वाणिज्य महासंघको सदस्य पदमा उम्मेदवारी घोषणा

Mar 13th 10:32 AM
समाचार

नेपाल फार्मा एक्स्पो २०२६ को उद्घाटन : नेपाली औषधिको गुणस्तरमाथि शंका नगर्न एपोन अध्यक्षको आग्रह

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132898
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

26
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

26
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

27
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web