• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • March 13th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

एनएमए र डब्लूएचओको अगुवाईमा ‘स्वास्थ्य पत्रकारिताको पाठ्यक्रम’ तयार, स्वास्थ्यमन्त्रीले गरे अनुमोदन

July 10th, 2023 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
एनएमए र डब्लूएचओको अगुवाईमा ‘स्वास्थ्य पत्रकारिताको पाठ्यक्रम’ तयार, स्वास्थ्यमन्त्रीले गरे अनुमोदन

हेल्थ टुडे,
काठमाडौं, २४ असार : नेपाल चिकित्सक संघ (एनएमए) र विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को सहकार्यमा नेपाल पत्रकार महासंघ, प्रेस काउन्सिल र स्वास्थ्यपत्रकारहरुको सहभागितामा स्वास्थ्य पत्रकारिता सम्बन्धी पाठ्यक्रम तयार गरिएको छ ।
राजधानीमा आईतबार आयोजित एक कार्यक्रममा नमुना पाठ्यक्रमलाई स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले सरोकारवालाहरुको उपस्थितिमा अनुमोदन गरेका हुन ।
स्वास्थ्यमन्त्री बस्नेतको उपस्थतिमिा गरिएको अनुमोदन कार्यक्रममा नेपाल प्रेस काउन्सिल, नेपाल पत्रकार महासंघ, वरिष्ठ स्वास्थ्य पत्रकारहरु, नेपाल मेडिकल काउन्सिल, नेपाल नर्सिङ काउन्सिल, नेपाल स्वास्थ्य व्यवसायी परिषद्, विश्व स्वास्थ्य संगठन, अफिन लगायत सरोकारवालहरुका प्रतिनिधि सहभागि थिए । नमुना पाठ्यक्रम अनुमोदन हुनु अगाडि पाठ्यक्रम तयार गर्न विज्ञहरु सम्मिलित टेक्निकल वर्किङ कमिटि बनाइएको थियो । बेलायतका रहेका जर्नल अफ मेडिकल एसोसिएसनका सम्पादक डा. एन्जल मगरको संयोजकत्वमा गठित कमिटिका वरिष्ठ स्वास्थ्य पत्रकारहरुका अलावा चिकित्सा शिक्षा र जनस्वास्थ्यका अधिकारी रहेका थिए । दुई दिनको कार्यशाला पछि समिटिले पाठ्यक्रमलाई अन्तिम रुप दिएको थियो ।
कार्यशालाको समापन कार्यक्रममा बोल्दै मन्त्री बस्नेतले पाठ्यक्रमको विकासले स्वास्थ्य पत्रकारिताको क्षेत्रमा सत्य तथ्य समाचार सम्प्रेषण गर्न योगदान पुग्ने बताए । उनले कसैले पनि सबै कुरा बुझेको हुँदैन, सिक्दै जानिने हो भन्दै मेडिकल सम्बन्धी ज्ञान लिएर समाचार सम्प्रेषण गर्दा बढी विश्वासिलो र मर्यादित हुने तर्क गरे ।
यसैगरी चिकित्सा विज्ञान र स्वास्थ्य सेवाका क्षेत्रमा आवश्यक प्राविधिक तथा षियगत जानकारीलाई पाठकसमक्ष पु¥याउन प्रशिक्षण कार्यक्रम सञ्चालन गर्न लागिएको संघका अध्यक्ष डा. अनलिवक्रिम कार्कीले जानकारी दिए।
कमिटिका संयोजक डा. एन्जल मगरको मेडिकल जर्नालिज्ममा देखिएको कमजोरीलाई कम गर्न स्वास्थ्य पत्रकारहरुलाई तालिम प्रदान गर्न पाठ्यक्रम फलदायी हुने विश्वास व्यक्त गरे । एमएमएले बिगत १० वर्ष देखि नै स्वास्थ्इ पत्रकारहरुका लागि तालिम दिनका लागि पाठ्यक्रम तयार पारेर प्रशिक्षण गर्ने योजना बनाए पनि पूर्ण हुन नसकेको बताउदै विश्व स्वास्थ्य संगठन र स्वास्थ्य पत्रकारहरुको सहभागिताले यो अभियान अव सफल हुने विश्वास व्यक्त गरे ।
पाठ्यक्रममा विकास गरी प्रशिक्षण कार्यक्रम सञ्चालन गर्न २०१६ देखि प्रयास गरिएको र हाल आएर बल्ल पूरा भएको बताउदै ३ महिनाभित्र स्वास्थ्य पत्रकारीता गरिरहेका तथा गर्न चाहनेहरुकालागि तालिम दिइने उनले बताए।
कार्यक्रमका संयोजक नेपाल चिकित्सक संघका पूर्व अध्यक्ष डा. लोचन कार्कीले स्वास्थ्यको समाचार लेख्दा सही सूचना सही व्यक्तिबाट लिन नसक्दा पनि समाचारले गलत सन्देश दिने गरेको बताए। यसलाई रोक्ने उद्देश्यले पाठ्यक्रम बनाइएको यसले स्वास्थ्यकर्मी तथा स्वास्थ्य पत्रकार दुबैलाई फाइदा पुग्ने विश्वास गरे। एनएमएले यही पाठ्यक्रमका आधारमा स्वास्थ्य पत्रकार र पत्रकार महासंघको सहकार्यका स्वास्थ्य पत्रकारिता तालिम सञ्चालनमा सहजिकरण गर्न चाहेको जनाएको छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article पाठेघरको मुखको क्यान्सर परीक्षणमा मेरी स्टोप्स नेपाल र रोटरी क्लब बिच सहकार्य
Next article अंग प्रत्यारोपण समितिको अध्यक्षमा डा पुकारचन्द्र श्रेष्ठ नियुक्त

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Mar 13th 10:32 AM
समाचार

नेपाल फार्मा एक्स्पो २०२६ को उद्घाटन : नेपाली औषधिको गुणस्तरमाथि शंका नगर्न एपोन अध्यक्षको आग्रह

Mar 12th 2:56 PM
समाचार

मिर्गौला प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उल्लेखनिय कार्य गरेको छ : डा. शर्मा

Mar 12th 3:00 PM
अन्तर्वार्ता

मिर्गौला प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उल्लेखनिय कार्य गरेको छ : डा. शर्मा

Mar 12th 12:32 PM
समाचार

विश्व मिर्गौला दिवसमा स्वास्थ्य अभियान नेपालको चेतनामूलक प्रभातफेरी

Jan 23rd 11:35 PM
अन्तर्वार्ता

sex telegram group ✓ Join 200+ Adult Telegram Groups ➤ Access NSFW Content

Jan 23rd 11:35 PM
अन्तर्वार्ता

heu kms activator ✓ Activate Windows Office 2025 ➤ Full Features Access

Feb 21st 6:31 AM
समाचार

ढुंगेललाई क्यान्सर सचेतना तथा हिंसाविरुद्धको राष्ट्रिय पत्रकारिता पुरस्कार

Feb 14th 3:56 PM
समाचार

स्वासप्रस्वास सम्बन्धि सेवा दिन ललितपुरको मान भवनमा खुल्यो नेशनल चेष्ट सेन्टर

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132571
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

29
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

27
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

21
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web