• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 6th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

पाठेघरको मुखको क्यान्सर परीक्षणमा मेरी स्टोप्स नेपाल र रोटरी क्लब बिच सहकार्य

July 10th, 2023 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
पाठेघरको मुखको क्यान्सर परीक्षणमा मेरी स्टोप्स नेपाल र रोटरी क्लब बिच सहकार्य

हेल्थ टुडे,
काठमाडौं, २४ असार : पाठेघरको मुखको क्यान्सर परीक्षणमा मेरी स्टोप्स नेपाल र रोटरी क्लब अफ राजधानीले सहकार्य गरेका छन् । मेरी स्टोप्स नेपालले रोटरी क्लब अफ राजधानीको सहकार्यमा महिला स्वास्थ्य उपहार कार्यक्रम सुभारम्भ गरेको हो । आईतबार ललितपुरमा आयोजना गरिएको कार्यक्रममा स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महासाखाका निर्देशक डा.विवेक कुमार लालको उपस्थितिमा मेरी स्टोप्स नेपालका कार्यकारी निर्देशक तुषार निरौला र रोटरी क्लव अफ बागमतीका अध्यक्ष केपी उपाध्यायले सहकार्य गरेका हुन ।
यो कार्यक्रम अन्तगत मेरी स्टोप्स नेपालले आफ्ना देश भरि रहेका क्लिनिकहरुमा पाठेघरको क्यान्सर जाँच गर्नका लागि नि:शुल्क कुपन उपलब्ध गराउने छ । यो उपहार कुपन हो । यसलाई रोटरी क्लवका सदस्यहरु मार्फत मात्र बितरण गरिने छ । यो सेवा प्राप्त गर्नका लागि कुपन भएको महिलाले एमएसएन वा एसपिएन केन्द्रलाई ११४३ टोल फ्रि हेल्प लाइनमा फोन गर्नु पर्छ । फोन मार्फत महिलाले आफुले चाहेको क्लिनिकमा पाठेघरको मुखको क्यान्सरको परीक्षणका लागि समय मिलाउन सक्छन र उपयुक्त समयमा परीक्षण गर्न सक्ने छन ।
कार्यक्रममा परिवार कल्याण महासाखाका निर्देशक डा. विवेक लालले पाठेघरको मुखको क्यान्सरको संक्रमण घटाउन यसको रोकथाम सबैभन्दा महत्वपूर्ण कदम भएको बताउदै यो कुपन कार्यक्रमले महिलाको स्वास्थ्य परिक्षण गर्ने दर बढाउने विश्वास व्यक्त गरे । विश्व स्वास्थ्य संगठनले सन् २०३० सम्म पाठेघरको मुखको क्यान्सर उन्मूलन गर्ने लक्ष लिएको जानकारी दिदै डा. लालले यो कुपन कार्यक्रमले नेपालबाट पाठेघरको मुखको क्यान्सर उन्मूलनमा सकारात्मक कदम भएको बताए । रोटरी क्लव अफ राजधानीका अध्यक्ष केपी उपाध्यायले रोटरीको सञ्जाल मार्फत यो उपचार कुपनको पहूँचलाई अधिकतम महिलाको पहूचसम्म पु्र्याउने लक्ष्यका साथ कार्यक्रम सुरु गरिएको बताए । महिलाको पाठेघरको मुखको क्यान्सरको सहज पहूच स्थापित भइ परीक्षणको संख्या अत्यधिक बढ्ने उपाध्यायले बताए । अष्टेलियन राजदुतावासकी विकास प्रमुख कविता कास्यानाथनले पाठेघरको मुखको क्यान्सरको रोकथाम अष्टे«लियन एडको प्राथिमिकताको कार्यक्रम भएको बताउदै यो उपचार कुपन कार्यक्रमलाई सक्दो सहयोग गर्ने योजना बनाएको जानकारी दिइन । मेरी स्टोप्स नेपालका कार्यकारी निर्देशक तुषार निरौलाले नेपालमा महिलामा पाठेघरको मुखको क्यान्सरको अवस्था चिन्ताजनक भएको बताउदै यसको रोकथामका लागि चालिएका कदममा सबैको सहकार्य हुनु आवश्यक रहेको बताए । नेपालमा महिलाहरुमा हुने क्यान्सर मध्ये पाठेघरको मुखको क्यान्सर प्रमुख रहेको छ ।
नेपालमा बिगत ५ वर्षमा हरेक १० मा एक जनाको काम पाठेघरको मुखको क्यान्सर परीक्षण गरिएको हो ।
मेरी स्टोप्स नेपालले नेपाल सरकार र रोटरी क्लव अफ राजधानी जस्ता समाजिक संस्थाहरुको सहकार्यका नेपाल भरिनै महिलाको पाठेघरको मुखको क्यान्सर परीक्षण कार्यक्रमलाई अभियानका रुपमा अगाडि बढाउने जनाएको छ । मेरी स्टोप्स नेपालका एमएसएन क्लिनिकहरु काठमाडौं उपत्यका भित्र चुच्चेपाटी, सातदोवाटो, पुलतीसडक, गंगबु र उपत्यका बाहिर इटहरी, लहान, विराटनगर, बिर्तामोड, लालबन्दी, वीरगन्ज, नारायणघाट, बर्दघाट, पोखरा, सुर्खेत, दाङ, बुटबल, भैरहवा, कोहलपुर र कैलालीको अत्तरियामा रहेका छन् ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article एनएमए र डब्लूएचओको अगुवाईमा ‘स्वास्थ्य पत्रकारिताको पाठ्यक्रम’ तयार, स्वास्थ्यमन्त्रीले गरे अनुमोदन
Next article आयुर्वेदको विकास गर्ने कार्ययोजना लिएर आउनुहोस, तत्काल कार्यन्वयन गर्छु : मन्त्री बस्नेत

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Oct 5th 12:33 PM
समाचार

काँक्रोमा भेटियो अत्यधिक विषादी

Oct 4th 1:13 PM
समाचार

पुस १ गतेदेखि स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य

Sep 19th 3:05 AM
समाचार

नेस्कमको चौथो सम्मेलन : जलवायु र विपद्सँग जुध्न स्वास्थ्य प्रणालीमा जोड

Sep 17th 10:32 AM
समाचार

कोटेश्वर बहुमुखी क्याम्पसमा स्नातक तहका नवआगन्तुक विद्यार्थीको भव्य स्वागत

Sep 17th 7:36 AM
समाचार

ह्यूमन लाइफ साइन्स र जीसीबीसीद्वारा डेढ करोड बढीको हैजा विरुद्वको खोप सहयोग

Sep 16th 10:24 AM
समाचार

आउँदो चैतमा नेपालमा दोस्रो हिमालयन इन्टरनेशनल भास्कुलर समिट हुँदै

Sep 10th 4:36 PM
समाचार

डा. झाको नेतृत्वमा वीरमा दुर्लभ न्यूरोसर्जरी, एउटै बिरामीका ६ वटा एन्युरिज्म सफल क्लिपिङ

Sep 10th 1:47 PM
समाचार

बाढी प्रभावितकालागि युएसभी फर्मास्युटिकल्सको चिकित्सक संघ मार्फत डेढ करोड रुपैया सहयोग

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134424
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

29
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

29
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

24
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web